लकडाउन कार्यान्वयनमा प्रहरी सक्रियता बढ्दो
रानीतालउ स्थित सब्जि मण्डिमा अनावश्यक भिडभाड गरेकालाई व्यवस्थित गराउँदै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेत लगायत । तस्विरः रवि कनोजिया/ सेतोखरी
नेपालगन्ज : नेपागन्जमा लकडाउन कार्यान्वयमा बाँके प्रहरीले सक्रियता बढाएकोछ । सुरुवाती दिनहरुमा ५ बजे पछि लकडाउन उल्लङ्घन भएको ब्यापक जनगुनासो आएपछि त्यसको नियन्त्रणका लागि बाँके प्रहरीले सक्रियता बढाएको हो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सरकारले गरेको लकडाउन घोषणा र बाँके प्रशासनले गरेको जनता कफ्र्युको कार्यान्वयन पक्षलाई खदिँलो बनाउदै लैजाने निर्णय गरेसगं बाँके प्रहरीले नेपालगन्जमा सुरक्षा व्यवस्था कडापारी पाँच बजे पछि बजार खुलाउने प्रविति रोकेको र लकडाउन कार्यान्वयनमा लागीपरेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताँउछन् ।
सुरुवाती दिनमा नागरिक आफै सचेत होलान भनेर प्रशासनले कडाई नगरेको बताउँदै उनले नागरिक सचेत र जिम्मेवार नभएका कारण बिहीबारदेखि प्रशासनले कडाईका साथ आफ्नो निर्णय र घोषणालाई कार्यान्वयन गर्दै आएको बताए ।
शुक्रबार र शनिबार नेपालगन्जमा पाँचबजेपछि बढि नागरिकको भिड हुने भनिएका त्रिभुवन चोक, रानी तलाउ, सदरलाईन, फुल्टेक्रा रोड, अस्पताल रोड, धम्बोझी, पुष्पलाचोक, बसपार्क रोड लगायतका क्षेत्रमा प्रहरीको सक्रियता बढेसगैं नागरिकबाट लकडाउन घोषणा उल्लंघनमा केही कमी आएको र भोलीका दिनमा पनि प्रहरीले कोरोना भाइरसबाट बाँकेबासीलाई जोगाउन अझै सक्रियता बढाउने वडा प्रहरीकार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बस्नेत बताँउछन् ।
पछिल्ला दिनमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँकेका प्रहरी प्रमुख ओलीको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगन्जले लकडाउन कार्यान्वयन गराउन सक्रिय भूमिका गर्दै आएको छ ।
आम नागरिकको समस्यालाई ध्यानमा राखेर बाँके प्रशासनले हरेक दिन दिउँसो नेपालगन्ज र आसपासका अत्यावस्यक पसलहरु सञ्चालन गर्न दिएको छ । यद्यपी प्रशासनले आम नागरिकलाई यी ब्यापरिक केन्द्रबाट प्रतिघर प्रतिब्यक्ति पालैपालो गरि आफूलाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तुहरु खरिद गर्नका लागि पनि आग्रह गरेकोछ ।
आम उपभोक्ताको तत्कालिन समस्या समाधानका लागि भाटभटेनी लगायतका केही समुहगत व्यवसायी तथा संस्थानहरुले सुपथ मूल्यमै नागरिकको घरदैलोमा तरकारी, खाद्यबस्तु लगायतका सामाग्री पु¥याउने गरेका छन् । यसले पनि आम नागरिक र विशेष गरि भाडामा बस्ने भाडावाल परिवारलाई केही राहत भएको ब्यवसायी ऋषी पोखरेल बताँउछन् ।
कोरोना भाइरसको उच्च जोखिमका बाबजुत पनि बाँके प्रहरीले उक्त भाइरसको संक्रमबाट नागरिकलाई बचाउन सक्रियता देखाईरहेकोछ । यद्यपी यसरी लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराईरहदाँ सक्रिय प्रहरीहरु सामान्य मास्क र ग्लब्सको अभावमा जोखिम उठाइरहेकाछन् ।