कोरोना नियन्त्रण : सामुहिक प्रयासको विकल्प छैन


कोरोना नियन्त्रण : सामुहिक प्रयासको विकल्प छैन

-सुदीप गिरी

विश्वव्यापी महामारीको रुपमा कोरोना संक्रमण हुँदा विश्वनै स्तब्ध छ । जताततै कोरोनाको सन्त्रास छ । कोरोनाको पहिचान, उपचार र मृत्यु तीनवटै कार्य तीब्र रुपमा भइरहेको छ । यसबाट नेपाल पनि अछुतो छैन । निश्चित रुपमा सबै मिलेर कम भन्दा कम नोक्सानी हुनेगरी यो महामारीबाट निस्कने बुद्धिमानीपूर्वक सामुहिक प्रयासको विकल्प छैन ।

यसकालागि सम्पूर्ण संयन्त्र परिचालन आवश्यक छ । अझैं नेपालमा जटिल स्थिती आइसकेको छैन । अहिले पनि समय छ । जापान, दक्षिण कोरिया कोरोना नियन्त्रका उदाहरण हुन् । नेपालमा पनि सुरुदेखि नै सजगता अपनाएर सामुहिक प्रयास थालियो भने असंभव केही छैन ।

तर, अताल्लिएर विना तयारी र विना पूर्व सूचना गरिएको लकडाउनबाट सिर्जित अवस्थाले बाटोमा बिचल्लि परेकाहरुप्रति पनि जिम्मेवारी लिनु पर्छ । के उनीहरुको जीवनरक्षाको जरुरत छैन ? फेरि जहाँको त्यहिँ ठूलो मास अलपत्र हुँदा संक्रमणको खतरा अझै बढ्छ र स्थिती झनै भयाबह हुन जाने खतरा निम्तीन्छ । तसर्थ केवल बाटोमा अलपत्र पारिएकाहरुलाई उनकै नजिकको ठाउँमा ल्याएर क्वारेन्टाइनमा राख्न जरुरी छ । यस कार्यप्रति कत्तीपनि ढीलाई गर्न हुँदैन । यसमा दुबै देशको साझा प्रयास अनिबार्य छ ।

फेरि लकडाउन, मास्क र हात धुन सिकाउने बाहेकका अरु उपाए, सजगता, संयमता र जिम्मेवारी बोध तथा रोग प्रतिरोधी क्षमता बढाउने बारेमा पनि व्यापक जानकारी गराउनु अति आवश्यक देखिन्छ । हस्पिटलमा पुगेका कोरोना आसंकित विरामीप्रति गैर जिम्मेवार बनेर उनीहरुको जीवन रक्षाका उपलब्ध उपाय र प्रयासमा विल्कुल ध्यान दिईएन र यो म्यासेज बाहिरियो भने भोली संक्रमितहरु सकेसम्म लुक्न थाले भने स्थिति अरु भयाबह हुने निश्चित छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसकारण कोरोनाको पहिचान र उपचारसँगै जनचेतना फैलाउन जरुरी छ । कोरोनाको औषधी नबनी सकेको अवस्थामा रोग प्रतिरोधी क्षमता बढाउने खानेकुराहरु खान एकदक जरुरी छ ।

सजगताको कमी र जिम्मेवारी बोधको अभावमा मानिसहरु सहरका भित्री भाग र गाउँमा संक्रमित हुने, संक्रमित गराउने सम्भावना यथावत छन् । यसमा ब्यापक सचेतना र जिम्मेवारी बोध गर्न उत्प्रेरित गराउने कार्यक्रम पनि हुन आवश्यक छ जसबाट मान्छे स्वस्फूर्त रुपमा नियन्त्रणमा प्रभावकारी बनुन् । सुरक्षाकर्मी व्यापक परिचालन गराउँ ।

अटेरी गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई ठाउँको ठाउँ जरिवाना तिराउँ । लक डाउनले मात्र नियन्त्रणमा आउन अत्यन्त कठिन छ । तसर्थ बचाउ र उपचारका सबै उपाय अबलम्वन गर्न आवश्यक दवाव दिन जिम्मेवारसम्म यो पु¥याउन सहयोग गर्न अनुरोध साथ भवतुः सव मङ्गलम ।
(सुदीप गिरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्राध्यापक हुनुहुन्छ ।)