मानवअधिकारबादीको चिन्ता: अलपत्र नेपालीलाई व्यवस्थापन गर !


मानवअधिकारबादीको चिन्ता:  अलपत्र नेपालीलाई व्यवस्थापन गर !

भारतीय पक्षले मध्यरातमा सीमानाका कटाएपछि अलपत्र परेका नेपाली । तस्विर: विजय मल्ल / सेतोखरी

नेपालगन्ज: नेपाल–भारत सीमानाकामा अलपत्र परेका सयौं नेपालीको उचित व्यवस्थापन हुन नसकेको भन्दै बाँकेका मानवअधिकारबादी संघसस्थाले चिन्ता ब्यक्त गरेकाछन् ।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला भएको लकडाउनकाबीच नेपाल–भारत सीमानाकामा रहेका नेपालीहरुको उचित ब्यवस्थापन हुननसकेको भन्दै बाँके स्थित मानवअधिकारबादी संघस्थाले गम्भीर ध्यानाकर्षण भएको बताएकोछ ।

सेतोखरीले मंगलबार विहान ‘मध्यरातमा भारतीय एसएसबीले नेपालीलाई ट्रयाक्टरमा लोड गरेर सीमानाका कटायो’ शीर्षकमा समाचार सम्प्रेषण गरेपछि जिल्ला स्थित मानवअधिकारबादी तथा सम्बद्ध संघसस्थाले सीमानाकामा रहेका नेपालीको उचित ब्यवस्थापन गराउन सरकारलाई आग्रह गरेकोछ ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज, नेपाल बार एशोसियसन, उच्च बार नेपालगन्ज, इन्सेक नेपालगन्ज, हिमराईटस नेपालगन्ज, आईएचआरसी र उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै यस्तो आग्र गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘कोभिड–१९ का कारण भारतका विभिन्न स्थानहरुबाट घर फर्केका मजदूरहरु हाल नेपाल–भारत सीमानाका जमुनाहमा अलपत्र परिरहेको र उनीहरुको हालसम्म पनि कुनै उपयुक्त व्यवस्थापन हुन नसकेको घटना प्रति हाम्रो ध्यानाकर्षण भएकोछ ।’ उनीहरुद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ।

सीमानाकामा नेपालीहरु अलपत्र परेको विषयलाइ गम्भीरतापूर्वक लिएको भन्दै उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘आज विहान लगभग १ सय २० जनाको संख्यामा रहेका नेपालीहरुको खानपिन, स्वास्थ्य र क्वारेन्टाईनमा राख्ने व्यवस्था हुननसक्दा जोखिम बढ्ने सम्भावना देखिन्छ ।’

नेपाल बार एशोसियसनका केन्द्रिय बरीष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च बार नेपालगन्जका अध्यक्ष विकास आचार्य र इन्सेक प्रदेश संयोजक भोला महत लगायतले यो संकटको घडीमा सवैजना संयमित भइ एक आपसमा सहकार्य र मानवीय कार्यमा लाग्न आग्रह गरेकाछन् ।

 

उनीहरुले कठिन परिस्थितीमा आफ्ना नागरिकहरुको सुरक्षा, उनीहरुको स्वास्थ्य र खानपिनको व्यवस्था गर्न स्थानीय प्रशासन, स्थानीय नगर तथा गाँउपालिकालाई जोडदार माग समेत गरेकाछन् ।

यद्यपी जिल्ला स्थित मानवअधिकारबादी तथा सम्बद्ध सरोकारवालाले सीमानाकामा अलपत्र परेका नेपालीलाई उचित व्यवस्थापन गर्न माग गरिरहदाँ बाँकेस्थित पालिकातह सम्बद्ध सरोकारवाला मौन देखिएका छन् ।

यो पनि पढ्नुहोस्

मध्यरातमा भारतीय एसएसबीले नेपालीलाई ट्रयाक्टरमा लोड गरेर सीमानाका कटायो