राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि.सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।