हाल तिव्र र व्यापक रुपमा फैलिरहेको कोरोनाले विज्ञानको विकास र मानव सभ्यतालाई नै चुनौती दिईरहेको छ । विकसित मुलुकलाई नै आफ्ना जनतामा संक्रमण र मृत्युदर न्यून पार्न हम्मे परिरहेको छ भने श्रोत, साधनको कमी र व्यवस्थापकिय चुस्तता नभएको अल्पविकसित हाम्रो नेपाल जस्तो देशमा संक्रमण व्यापक भयो भने स्थिति के होला भन्न सकिँदैन ।
हाल सरकारले न्यूनीकरणका केही उपाएहरुको प्रचार–प्रसार गरेको छ र देशमा लकडाउन घोषणा गरि जनतालाई उनकै सुरक्षाको लागि लकडाउनको प्रभावकारी पालना गर्न आह्वान गरेको छ । तर, घरबाट केही दूरीमा रहेका र लकडाउन लागु भएपछि त्यो ठाउँमा रहन नसक्ने परीस्थिती भएकाहरुलाई प्रयाप्त समय दिएर पूर्व सूचना नदिएकोले ठूलो समूह जुन बिचल्लि हालतमा विभिन्न ठाउँमा अलपत्र पारिएका छन् त्यसले संक्रमण तथा मृत्यु प्रभावकारी रुपमा नियन्त्रण गर्ने हाम्रो उद्देश्य प्राप्ती प्रभावकारी नहुने कुरा जिम्मेवारहरुले अझै आँकलन नगरीरहेको यथार्थ हामी सामु प्रष्ट छ । यसमा यथाशीघ्र सचेत बनेर कैयौं दिन कठिन यात्रा गरि सीमानामा पुगेका नागरिकलाई मानवीय भावना तथा जिम्मेवारी बोधका साथ यथाशीघ्र अशल व्यवस्थापनकासाथ क्वारेन्टाईनमा राख्न म दुवै देशका सरकारहरुलाई हार्दिक अपील गर्दछु ।
संक्रमणबाट कसरी बच्ने
अब हामी सवै संक्रमणबाट बच्न र बचाउन तथा संक्रमण भइहाले जीवन रक्षा गर्न जानकार हुनु पर्ने तथा प्रयोगमा ल्याउनुपर्ने थाहा भएका र थाहा नभएका बाँकी सजगताका उपाय बारे बताउन चाहान्छु ।
मास्क लगाउने, स्यानीटाईजरले निर्मलिकृत गर्ने त थाहा भएकै हो । डल्लो साबुनपानीले हात धुँदा संक्रमणको खतरा रहिरहन्छ तसर्थ झोल साबुनपानीले वा झोल नभए सरफ पानीले हात धुनु सुरक्षित हुन्छ । स्यानीटाईजर सुबिधासम्पन्न भनिएका शहरमा त अभाव देखिएको छ गाउँ तथा दूरदराजमा के होला ? तसर्थ तयारी स्यानीटाईजर नमिल्ने अवस्थामा कागतीको रस वा चुकमा हल्का पानी मिसाईएको झोल वा घरमा निर्मित १००% अल्कोहल (तिनपाने रक्सी) स्यानीटाईजरको रुपमा प्रयोग गर्न सरकारले स्रोत र साधनको कमी भएका जन्तालाई सिकाउन आवश्यक देखिन्छ । १००% अल्कोहलले हात निर्मलिकृत गर्ने हो । तर, अल्कोहल पीउनु भने हुँदैन ।
त्यसो त अहिले आर्थिक रुपले संकटमा भएका जनता धेरै छन् । अझ समस्या लम्बियो भने, जुन निश्चित छ, आर्थिक रुपले पनि स्थिति बिकराल हुन्छ, त्यस्तो अवस्थाका जनतालाई सफा खरानी पानीले मिची मिची धुनु पनी निर्मलिकृत हुने अन्तिम विकल्प अपनाउन बाध्यता हुन सक्छ । साबुन बाहेकका यी सबैले पनि किटाणुको बाहिरी पत्रलाई ध्वस्त पारी उसले हामीलाई संक्रमण गराउन नसक्ने बनाउन सकिन्छ ।
जहाँकहीं खाली खुट्टा नहिंड्ने र घरमा जहाँ जुत्ता चप्पल खोलिन्छ त्यो ठाउँमा खाली खुट्टाले नटेक्ने तथा खाली खुट्टाले टेक्नु पर्ने ठाउँमा जुत्ता चप्पलले नटेक्ने सावधानी पनि कडाईका साथ पालना गर्न आवश्यक छ । किनभने जुताले टेक्ने ठाउँमा खाली खुट्टाले टेक्दा किटाणु भित्र ओछ्यान लगाएतका ठाउँमा पुगेर संक्रमित हुने प्रवल सम्भावना रहन्छ । तसर्थ यसमा पनि सावधानी अनिबार्य छ ।
अब हर कसैको गलामा अँगौछा (ठूलो रुमाल) आवश्यक छ । किनकि हाच्छिउँ एक्कासी आउँछ र अँगौछा भयो भने त्यसकै सहयोगले अरुलाई संक्रमणबाट बचाउन सकिन्छ । हत्केलामा र कुहिनोले छेकेर खोक्दा वा हाच्छिउँ गर्दा पनि अरुलाई संक्रमण हुने धेरै खतरा हुन्छ तसर्थ खोक्दा वा हाँच्छिउ गर्दा आफ्नै घाँटीमा भएको रुमालले मुख पुर्ण रुपमा छोप्न अत्यावश्यक छ । उक्त रुमाल अरुलाई छुन नदिई समय समयमा सफा गर्नु पर्ने कुराप्रति भने सजगता अपनाउनु पर्छ ।
घरमा र बाहिर पनि संक्रमणले व्यापक रुप नलियोस भनी हातले छुने कुरामा पनि सजगता अत्यावश्यक छ । धेरैले छुने सम्भावना भएका सार्वजनिक ठाउँहरु, गेटहरु र गाडी तथा घरका ढोकाहरु लगाएतका ठाउँहरुमा अक्सर अनुहारमा नजाने हातले छुने र यसरी सार्वजनिक ठाउँमा छोएको हात निर्मलिकृत गरेर मात्र अर्को हात र अनुहारमा छुवाउने सावधानी अपनाउने । बाहिर जाँदा लगाएका कपडा सधैं धुन अनुकुल हुँदैन भने नी ३–४ घण्टा घाममा सुकाउने लगाएतका सावधानी अपनाऔं ।
लकडाउन रहँदा र खुल्दा पनी अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौ । अब बाहिर निस्केर घर फर्किदा संक्रमण भित्रिदैन भन्ने कुनै ग्यारेण्टी हुँदैन । तसर्थ अनावश्यक भीड बढाउन बाहिर नजाऔं । बाहिर वा घरमै पनि आमने सामने मौन रहँदा ३ फिट र बोल्दा ढाई मिटरको दुरीमा रहांै । हिंडदा दुई व्यक्तिको दूरी कमसेकम ४ मिटर कायम राखांै साथै हावाको वहावको दिशा र गति हेरेर थप दूरीमा रहनु नै सुरक्षित हुन्छ । यो कुरा पनि मननयोग्य छ । सार्वजनिक ठाउँमा नियतपुर्वक लापर्बाही देखाउनेप्रति सजग बनौ र प्रहरीलाई खवर गरौं तथा त्यस्तालाई नियन्त्रणमा लिन पनि प्रहरीलाई सहयोग गरौं ।
रोगलाई हराउन सवैभन्दा पहिले सहि खानपिन हुन अत्यावश्यक हुन्छ । तसर्थ उपलव्ध भएसम्म सफा, ताजा, सन्तुलित, सुपाच्य सात्वीक भोजन लिउँ । भोजन गरिष्ट नहोस् र विरुद्द आहार पनि नहोस, गरिष्ट वा विरुद्द आहारले समस्यामा जटिलता थप्न सक्छ । यो विषयमा जानकारी लिएर लाभ लिन सकिन्छ । भोजन नसा दिने वा वढी आलस्य बनाउने खालको भयो भने समस्याले च्याप्न सक्छ । तसर्थ यसमा हेक्का राख्न आवश्यक छ । नियमितको खानपिनका अलावा निम्न उपाए अपनाउदा कोरोना टेष्ट पोजेटिभबाट नेगेटीभ भएको कुरा चिनमा सिद्द भएको छ र हजारौंको जीवन रक्षा भएको छ । यो कुरा गहिरो गरि वुझौं र लागू गरौं ।
उनिहरुका अनुसार, ६–६ घण्टाको अन्तरालमा तातो झोलिको पदार्थको सेवन गरौं । झोलिलो पदार्थमा विहानै खाली पेट मनतातो पानीसित बोक्रा फालेको सफा करीव १५ ग्रामको अदुवाको टुक्रा लिने । त्यसको आधा घण्टापछि विरेनुन सहितको मनतातो कागतिपानी र पश्चात् हर चार घण्टामा विरे नुन मिश्रित कागती पानी पीउनुहोस् । गेडागुडी वा दालको तातो सुप, हरियो सव्जिको तातो सुप, दिनको एकपटक सलसुन ,मरिच, टिमुर वा मरौटी, ज्वानो र जाईफल प्रयोग भएको सुत्केरी झोल प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
ज्ञातव्य के छ भने सामान्य रुघा खोकी लगाउने भाईरसले पनि दूध, दहि लगाएतका डेरी प्रोडक्टस् प्रयोग गर्दा अरु च्याप्ने देखिन्छ । कोरोना पनि करिव त्यस्तै अझ ससक्त भाईरस हो र यसको कारणले फोक्सो तथा श्वास नलिमा हुने म्युकसमा डेरी प्रोडक्टसले अरु वढोत्तरी हुन्छ र विमारीको स्थिती अझ खतरापुर्ण हुनसक्छ । तसर्थ दूध र त्यसबाट निर्मित पदार्थ त्यति राम्रो हुँदैन ।
साथै ६–६ घण्टाको फरकमा तातो पानीमा वोझोमिन्ट वा सुईचु हालेर ५–६ दिनसम्म वाफ लिने गर्नु पनि आवश्यक छ । निरासा, तनाव, उत्तेजना, भयत्रास आदिले हामिमा नकारात्मक स्थिती पैदा गर्छ र रोग प्रतिरोधी क्षमता घटाउछ भने ,शान्त रहि आशावादी एवं प्रसन्न रह्यौ भने रोगप्रतिरोधी क्षमता शसक्त हुने तथ्य प्रमाणित छ ।
शान्त र प्रसन्न कसरी रहने
शान्त र प्रसन्न रहनलाई सहयोग हुने व्यवहारीक विधिहरुछन् । त्यो विधी अपनाएर मैले वर्षौदेखी लाभ पाईरहेको हुनाले सबैको कल्याण निम्ति यो विधि मैले वाँडन श्रेय्स्कर ठान्दछु । थाहा पाएदेखी नै यो विधि अपनाउनुस् र लाभ लिनुहोस् अर्थात जीवन शान्त र प्रसन्न गराउनुस् भन्ने सदासयताले यो विधि सबैको लागि अनावरण गराउदै छु । तपाईले राम्रो महसुस गर्नु भयो भने, आजीवन अपनाएर लाभ लिन र अरुलाई नि अपनाएर लाभान्वित बनाउन मार्गदर्शन गर्न सक्नुहुनेछ ।
अलि समय सात्वीक आहारका र ब्रम्हचर्य पालनका साथ होस्मा रहेको व्याक्ती चाहे शारिरीक काम गरोस् तर कुनै मानसिक काम नगरीरहेको अवस्थामा विशेषतः विहान ब्रम्ह मुहुर्त देखि क्यै खाजा नखाईसकेको अवस्थामा आफ्नो ध्यान वर्तमानमा र आफैमा केन्द्रित गरेर भावका साथ ञञहरि ओम प्रभु हरि हरि हरि ओम झझकण्ठ वा ओठ क्यै नचलाई केवल मनै मन स्मरण गर्दा आफुमा सहज, सरल र प्राकृतिक रुपमै शान्ति तथा प्रसन्नता छाएको र राम्रो भएको अनुभव सहजै गर्न सकिन्छ । जीवनमा यस्को ठूलो महत्व छ र यो रोग प्रतिरोधी क्षमता वृद्धि गराउन सहयोगी बन्न सक्छ ।
उक्त सुमिरणको फाईदा विशेषत प्रात भ्रमणमा अझ प्रष्ट रुपमा थाहा पाउन सकिन्छ । भ्रमणबाट फर्किसकेपछि योगा, प्रणायम र ध्यानमा नी प्रभावकारी हुन्छ । योगाको सुरुमा ४–५ मिनेट जगिङ्ग अनि सवासन अनि सुप्त बज्रासन अनि अर्ध मत्स्यन्द्रासन अनि पवन मुक्तासन अनि कपालभाँती अनि नाकबाट निस्किएको छिटाले कसैलाई संक्रमित नगराउने सम्भावना भएका ठाउँमा गएर भास्त्रीका प्रणायाम गर्ने । यी सबैले विशेषत श्वास प्रस्वास प्रणालीमा संक्रमणले वनाएको म्युकस वाहिरायर श्वास मार्ग खुलाएर श्वास लिन सहज वनाउछ । कोरोना भाइरसले पनि श्वास आवतजावतमा नै समस्या पार्ने भएकाले यो अत्यन्त महत्वपूर्ण रहेको छ । त्यस पछि भ्रामरी प्रणायाम अनि अनुलोम विलोम र अन्तमा लामो गहिरो स्वासका साथ ध्यानमा रहने ।
यसरी सम्यक आहार, सम्यक व्यायम, योग, प्रणायाम र ध्यान तथा प्रसन्नता र आशावादिता सहित वताईएका तातो झोल पदार्थको सेवन आदिले जीवन रक्षामा अहम् योगदान दिन सक्ने, जीवन रक्षा हुन सक्ने प्रवल सम्भावना रहन्छ । आशा छ यसबाट सबैजना लाभान्वित हुनुहुने छ । धेरैको जीवन रक्षा हुने छ ।
भवस्तु सव मंगलम । (लेखक सुदीप गिरी त्रि. वि. वि. मा उप प्राध्यापक एवं मानव कल्याण हेतु अनुसन्धानदाता हुन् ।