सामाजिक दूरी विपरित राहत वितरण गर्दै वडा नम्बर ९ को कार्यालय । तस्विर: कमल न्यौपाने /सेतोखरी
नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा यतिबेला राहत वितरण चलिरहेको छ । लकडाउनका बीच उपमहानगरपालिकाले राहत वितरण गर्ने नाममा सामाजिक दूरी पालना गरेको छैन ।
संघीय सरकारले देशभर दोस्रो चरणको लकडाउन गरेकोछ । भने बाँके प्रशासनले जनता कफ्र्यु जारी गरेकोछ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले २५ जना भन्दा बढी जमा हुन नपाउने भन्दै सामाजिक दूरी पालना गर्न निर्देशन दिएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा राहत वितरणका नाममा सर्वसाधरणको भीड नै लागेकोछ । तर, सरकारकै निर्देशनको विरुद्ध नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाले राहत वितरण गर्ने निहुँमा सामाजिक दूरी पालना गरेका छैनन् । सरकारले कोरोना भाइरसबाट बच्न र बचाउन सामाजिक दूरी पालना गर्नुपर्ने भन्दै २५ जना भन्दा बढिको भीडभाड गर्न गराउन रोक लगाएकोछ ।
लकडाउनकाबीच गरिब तथा ज्यालामजदुरी गर्ने आम नागरिकलाई उपमहानगरपालिकाले राहत वितरण गर्ने निर्णय गरेको छ । तर, सरकारकै निर्देशनको विरुद्ध नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाले राहत वितरण गर्ने निहुँमा सामाजिक दूरी पालना नगरेको पाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ ले आफ्नो वडाका गरिब, ज्यालामजदूरी गर्ने आम नागरिकलाई राहत वितरण गर्ने नाममा सामाजिक दूरी कायम गरेको छैन । शुक्रबार विहान राहत लिन पुगेका स्थानीयहरुको भीडले सोही कुरालाई पुष्टि गरेको छ ।
जिल्ला अदालत बाँकेको पछाडी पूर्वतर्फ रहेका जिभिएन स्कुल प्राङ्गणमा वडा नम्बर ९ वडा कार्यालयले राहत वितरण गरेकोछ । वडाका ४ सय ५० जना गरिब, ठेलागाडा, रिक्सा तथा ज्यालामजदुरी गर्ने परिवारलाई राहत वितरण गरेको थियो । तर, राहत वितरणका नाममा सामाजिक दुरी नै पालना नगरि राहत वितरण गर्दा कोरोना भाइरस संक्रमणको झन जोखिम बढेकोछ ।
सरकारद्वारा जारी निर्देशन कार्यान्वयन गराउने स्थानीय पालिका नै त्यसको विरुद्ध उभिदाँ संक्रमणको जोखिम झन बढेर आएकोछ । अझ यस विषयमा बुझ्न खोज्दा वडा नम्बर ९ का वडा अध्यक्ष विष्णुबहादुर लामाले विद्यालय प्राङ्गणमा सामाजिक दूरी कायम गरि राहत वितरण गरेको ठोकुवा गर्दै विद्यालय बाहिरको दृष्यका बारेमा चासो नभएको बताए ।
राहत वितरणमा वडा कार्यालयले सामाजिक दूरी पालन गराउन सकेन अध्यक्षज्यू, सेतोखरीले राखेको जिज्ञासा वडा अध्यक्ष लामाले कडा स्वभावमा यसका बारेमा मेयर साबलाई सोध्नुस्, हामीले राहत वितरण गर्ने हो । अरु वडाले पनि यसैगरि वितरण गरेका छन् भने ।
वडाको हकमा तपाई जिम्मेवार हो मेयरसाबलाई किन सोध्नु, सामाजिक दूरी पालना नगरिउको भेटियो त्यसलाई व्यवस्थापन गरे हुन्न भन्ने सेतोखरीको जिज्ञासामा वडाअध्यक्ष लामाले तपाई आफै राहत वितरण गर्ने ठाउँमा आउनुस्, हेर्नुस अरु थाहा छैन भन्दै अरु कसैलाई फोन थमाईदिए ।
यकातिर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा स्वयम कोरोना भाइरसको जोखिम न्यूनिकरण तथा संक्रमण रोकथामका लागि कडाईका साथ अघि बढिरहँदा वडातहमा गैरजिम्मेवारी तथा हचुवाका भरमा राहत वितरण भइरहदाँ कोरोना संक्रमणको जोखिम बढेर आइरहेकोछ ।
यस्तो कठिन परिस्थितीमा पनि निर्वाचित जनप्रतिनिधी स्वयम सचेत र सजग नहुनुले आम नागरिक उच्च जोखिममा रहेको स्थानीय विनोद श्रीवास्तवले सेतोखरीलाई बताए ।
राहत वितरणका नाममा गरिने भिडभाडले झन जोखिम ल्याएकोछ । सावधानी अपनाउनुपर्नेमा लापरबाही भइरहेकोछ राहत वितरणमा भेटिएका अनिल थापाले भने–‘लकडाउन लम्बिएसगैं बाँके प्रशासन सुस्ताएको भन्दै आमनागरिकको बजारमा भिड बढेको बताए ।’
यता नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरले लकडाउनकाबीच राहत वितरण गर्दा सामाजिक दूरी पालना गरिनुपर्ने बताउँछिन् । उनले भनिन्–लकडाउनका बीच उपमहानगरपालिका स्वय अग्रसर भएर खाद्यान्न अभाव भएका निम्न आयश्रोत तथा ज्यालादारीलाई सहयोग गरिएकोछ । त्यसको व्यवस्थापन वडातहबाट गरिएकोछ तर, राहत वितरणका लागि सम्बन्धित सवै वडालाई सामाजिक दूरी अपनाउन यसअघि निर्देशन दिइएको बताइन् ।
उपमेयर थापाले सेतोखरीसगं कुरा गर्दै भनिन्–‘राहत वितरणका लागि हामीले सम्बन्धित परिवारकै घरदैलोमा पुगेर राहत दिन भनेकाछौं, राहत वितरणका नाममा भिडभाड गराउन पाइदैन यसको हामी अनुगमन गर्छौं ।’
राहतका लागि सम्बन्धित वडाले लगत संकलन गरिसकेको अवस्थामा लगत भन्दा बाहिरका पनि आमनागरिक एकैपटक राहत वितरण स्थलमा जमा हुदाँ त्यस्तो दृष्य देखिएको होला तर, यसो भन्दैमा सामाजिक दूरीको पूर्ण पालना हुदैन ।