लकडाउनमा सक्रिय तस्कर, कोरेक्ससहित एकजना प्रहरी फन्दामा


लकडाउनमा सक्रिय तस्कर, कोरेक्ससहित एकजना प्रहरी फन्दामा

नेपालगन्जः कोरोना भाइरसको जोखिमका बीच गरिएको बन्दाबन्दीको फाईदा उठाउदैँ तस्कर सक्रिय भएकाछन् ।

जिल्लामा सवैको कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन हरसम्भव प्रयास गरिरहेकाछन् तर, बन्दाबन्दीकाबीच लागुऔषध ओसारपसार तथा कारोबारमा लागेका ब्यक्ति सक्रियरुपमा लागिपरेकाछन् ।

लकडाउनको फाईदा उठाउँदै प्रशासन तथा प्रहरीको आँखा छलेर भातरबाट नेपाल ल्याउदै गरेको ठूलो मात्रामा कोरेक्स सहित एकजनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपाल–भारत सीमानाका डुडुवा गाँउपालिका वडा नम्बर ६, हिरमिनिया स्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शुक्रबार बेलुका प्रतिबन्धित औषधी कोरेक्स सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीले बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा बस्ने २० वर्षिय दीलिप बर्मालाई ९६ थान बोटल कोरेक्स सहित नियन्त्रणमा लिएको छ । प्रति बोटल एक सय एमएल कोरेक्स सहित प्रहरी नियन्त्रणमा रहेका बर्मालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएकोछ ।

भारतबाट नेपालतर्फ आउदै गरेका बर्मालाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको ९६ थान कोरेक्सको बोटल सहित उनलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । उनले पक्राउ परेका बर्मालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलयमा राखि अनुसन्धान सुरु गरिएको बताए ।