नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको खुल्ला मैदानलाई ब्यवस्थित गरिने भएको छ । कोहलपुर नगर क्षेत्रभित्रको एक मात्र खुल्ला मैदानलाई ‘कोहलपुर शहिद खुल्ला मञ्च’ को रुपमा विकास गर्न लागिएको हो ।
नगर विकास समिति कोहलपुरको मातहतमा रहेको उक्त मैदानलाई घेरबार गरी व्यवस्थित गरिने कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्का बताउँछन् । खुल्ला मञ्चको डिपिआर र नक्सा लगाएतका ईस्टिमेटहरु तयार भईसकेको छ । यसका लागि समितिले दुई करोड बजेट लगानी गर्ने योजना बनाएको उनी बताउँछन् ।
समितिले टेण्डर प्रक्रिया खोल्ने तयारी गरिरहेको छ । नगरभित्र सञ्चालन गरिने हरेक कार्यक्रमको एकमात्र विकल्पका रूपमा रहेको उक्त मैदान व्यवस्थित नहुँदा गतिविधि सञ्चालनमा समस्या हुँदै आएको छ ।