खजुरा बाँके : आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै मंगोलियन जुडो क्लबले आयोजना गरेको प्रदेश नं ५ स्तरीय जुडो प्रतियागिताको उदघाटन भएको छ । शान्ति नेपाल राष्ट्रिय प्रावि खजुराको मैदानमा भएको प्रतियोगिताको उदघाटन कार्यक्रमका प्रमुख अथिति तथा लायन्स क्लब ३२५ बि २ का पुर्ब गर्भनर शेम शाक्यले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी शाक्यले खेलाडीहरुलाई बेल्ट प्रदान गरेर कार्यक्रमको सुरुवात गरेका थिए । शाक्यले कार्यक्रममा बोल्दै लायन्स क्लब दिन दुखी र गरिबको मानवीय सामाजिक सेवा गर्ने संसारको उत्कृष्ट संस्थाको रुपमा प्रसिद्व छ र यो सामाजिक संस्थाले दैवि प्रकोपको अवस्थामा सवै भन्दा पहिला राहत प्रदान गर्ने र तत्कालै उद्वार गर्ने बताए ।
यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बाँकेलाई खेलमय बनाउन र आठौं राष्ट्रिय खेलकुदको प्रचार प्रसार गर्न यो खेलको महत्वपुर्ण भुमिका रहने विश्वाश लिएको बताए । देवराज बुढा निर्णायक रहेको प्रतियोगितामा मंगोलियन जुडो क्लब खजुरा बाँकेका अध्यक्ष विजय गुरुङको अध्यक्षता भएको थियो ।
राष्ट्रवादी विकाशसिल अभियान नेपालको सह–प्रायोजनमा भैरहेको प्रतियागितामा प्रथम द्वितिय र तृतिय स्थान हासिल गर्नेलाई प्रमाणपत्र र ट्रफिको व्यवस्था गरियको छ । कार्यक्रममा जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य श्रेष्ठ, राष्ट्रवादी विकाशसिल अभियान नेपालका केन्द्रिय सदस्य अशोक थापा मगर, शान्ति नेपाल राष्ट्रिय प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगिरथ सुनार, लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष युवराज ढकाल लगाएतको सहभागीता थियो ।