कोरोना भाइरसबाट मृत्यु हुनेलाई १५ लाख दिने निर्णय


कोरोना भाइरसबाट मृत्यु हुनेलाई १५ लाख दिने निर्णय

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने ब्यक्तिको परिवारलाई १५ लाख राहत प्रदान गर्ने भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाको आईतबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट उपमहानगरपालिका भित्रका जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा राहत स्वरुप प्रति परिवार १५ लाख राहत प्रदान गर्ने निर्णय गरिएको छ ।

उपमहानगरपालिकाले कोभिड–१९, लाई मध्यनजर गर्दै कोरोना संक्रमण तथा रोकथाममा सक्रिय जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारी प्रति देखाएको उत्प्रेरणात्मक कार्यको यतिबेला प्रशंसा गर्न थालिएकोछ ।

यद्यपी कोरोनाको जोखिमलाई मध्यनजर गर्दै संक्रमणको जोखिममा खटिने जनप्रतिनिधी तथा राष्ट्रसेवकको भरपूर स्वास्थ्य सुरक्षामा ध्यायन दिनुपर्ने उत्तिकै आवाज उठिरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उपमहानगरपालिकाको बोर्ड बैठकले गरेको निर्णयले कोरोना भाइरस संक्रमण रोकथाममा क्रियाशिल जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीको मनोबल बढेकोछ ।