फुटबल प्रशिक्षक केसीद्वारा सहयोग घोषणा


फुटबल प्रशिक्षक केसीद्वारा सहयोग घोषणा

नेपालगन्जः अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रदेश प्रशिक्षक जनक केसीले आर्थिक सहयोग गर्ने घोषणा गरेकाछन् । प्रस्तावित लुम्बिनी प्रदेश एन्फाका प्रदेश प्रशिक्षक केसीले आफ्नो एक महिना बराबरको तलबभत्ता सहयोग गर्ने बताएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण सिर्जित कठिन परिस्थितिमा एन्फाका तल्लो तहका कर्मचारीलाई सहयोग गर्ने उद्देश्यका साथ केसीले आफ्नो एक महिनाको तलबभत्ता सहयोग गर्ने जनाएका छन् ।

प्रदेशमै पहिलो पटक कोरोना भाइरस संक्रमणले सिर्जित कठिन परिस्थितीमा एन्फाका तल्लो तहका कर्मचारीले भोग्नु परेको सास्तीलाई मध्यनजर गर्दै उनले सहयोगी हात अघि बढाएका हुन् ।

सेतोखरीसंग कुरा गर्दै एन्फाका प्रदेश प्रशिक्षक केसीले भने–‘कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनमा एन्फाका तल्लो तहका कर्मचारी पीडित भएकाछन् ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले भने–‘मेरो यो सानो सहयोगले प्रदेश एन्फाका कर्मचारीलाई केही राहत हुनेछ ।’