‘सद्भाव डटकम टूर दी ठाकुरद्वार–२०७५’ कर्णाली पुगेर समापन


‘सद्भाव डटकम टूर दी ठाकुरद्वार–२०७५’ कर्णाली पुगेर समापन

नेपालगन्ज : विश्व साईकल यात्री पुष्कर शाहसहितको सहभागितामा आयोजित ‘सद्भाव डटकम टूर दी ठाकुरद्वार–२०७५’ शनिबार कर्णाली चिसापनी पुगेर समापन भएको छ ।


शुक्रबार नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको साईकल यात्रा सोही दिन बेलुका बर्दियाको ठाकुरद्वारा पुगेको थियो । साइकल यात्रीहरुले शनिबार विहान कर्णाली चिसापानी पुगेर औपचारिक यात्रा पुरा गरेकाछन् ।


यात्रामा दुई जना विदेशी नागरिक सहित नेपालका १५ जिल्लाका ४२ जना साइकल यात्रीको सहभागी थियो । पश्चिम नेपालमै पहिलोपटक सद्भाव डटकमले टाइटल स्पोन्सर गरेको उक्त टूरमा पर्या पर्यटन मञ्च ठाकुरद्वारा, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बाँसगढी नगरपालिका र ठाकुरबाबा नगरपालिकाको विशेष सहकार्य थियो ।


नेपालगन्ज बाइसाइकल प्रालि, नेपालगन्ज फोटोवाकर र बिजया स्टिलको समेत सहयोग र सहकार्य रहेको आयोजक नेपालगन्ज साईक्लिङ क्लबले कार्यक्रममा सहयोग पु¥याउने बर्दिया राष्ट्रिय निकुञ्ज , नेपाल प्रहरी र नेपाली सेनालाई समेत धन्यवाद दिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त साईकल यात्राले बाँके र बर्दियालाई जोडी यसक्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा साइकल पर्यटन सम्भव छ भन्ने कुरालाइ समेत पुष्टि गरेको अभियानका कार्यक्रम संयोजक सतिश निरौलाले बताए । नेपालगन्ज शहरपरिक्रमा सङ्गै ठाकुरद्वारा सम्मको १०० किमिको यात्रा पूरा गरिएको उक्त साइकल ¥यालिलाइ भब्य स्वागत गर्ने बाँसगढी नगरपालिका र ठाकुरबाबा नगरपालिकालाई धन्यवाद दिदै आभार प्रकट गरिएको छ ।


आयोजकले साइकल यात्रामा सहभागी हुने सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर शाह प्रती समेत आभार प्रकट गरेको छ । यात्रामा बाँके देखि कर्णाली पुलसम्म १३३ किमिको यात्रा पूरा गरिएको निरौलाले बताए ।