भेरीमा ल्याब तयार : भोलीदेखि कोरोना परीक्षण


भेरीमा ल्याब तयार : भोलीदेखि कोरोना परीक्षण

भेरीमा कोरोना भाइरस जाँचका लागि तयार पारिएको ल्याब । तस्विर सौजन्यः मेसु डाक्टर प्रकाशबहादुर थापा

नेपालगन्ज : लामो प्रतिक्षापछि अब बाँकेमै कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लाग्ने भएकोछ । कोरोना भाइरस संक्रमण जाँचका लागि प्रयोग हुने मेसिन पीसीआर भेरी अस्पताल नेपालगन्ज आएको करिब दुई हप्तापछि सञ्चालनमा आउने भएकोछ ।

लामो प्रतिक्षापछि गत चैत्र २४ गते सोमबार राती काठमाण्डौंबाट बा ८ च ४५५७ नम्बरको पिकअप गाडीमा लोड गरि ल्याइएको उक्त मेशिन प्राविधिक तथा पूर्वाधारको तयारी समयमै हुन नसक्दा ढिलो गरि सञ्चालनमा आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाले सेतोखरीलाई जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर थापाका अनुसार कोरोना भाइरस संक्रमण जाँचका लागि ल्याब तयार गरिएको छ । भेरीमा कोरोना भाइरस संक्रमण जाँच हुने भएपछि अब स्वाव परीक्षणका लागि बुटवल वा काठमाण्डौं पठाउनु पर्ने बाध्यता हटेकोछ ।

कोरोना भाइरस संक्रमणको जोखिमका बेला नेपालगन्जको भेरी अस्पतालमै जाँच हुनेभएपछि बाँके, बर्दिया लगायतका क्षेत्रका आम नागरिकलाई राहत हुनेछ । अस्पतालका मेसु डाक्टर थापाले सेतोखरीसंग कुरा गर्दै भने–‘कोरोना भाइरस संक्रमणको परीक्षण आज ७ बजेबाटै सुरु गरिएकोछ । यद्यपी परीक्षणका लागि नमुना भोलीबाट संकलन गरिने बताए ।’

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका विभिन्न क्वारेन्टिनमा रहेका नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै कोरोना भाइरस आशंकित ब्यक्तिको नेपालगन्जमै परीक्षण हुनेछ । मेसु डाक्टर थापाका अनुसार सुरुवातमा त्यती धेरै कामको चाप नभएपनि म्यानपावर बढाएर भएपनि कामलाई तिब्रता दिइनेछ । 

कोरोना भाइरस संक्रमण जाँचका लागि भेरीमा स्थापना गरिएको ल्याबमा रहेको पिसिआर मशिनबाट कम्तिमा पनि एकदिनमा एक सय जनाको नमुना परीक्षण गरिनेछ ।

लामो प्रतिक्षपछि नेपालगन्जमा कोरोना जाँच मेशिन आइपुगेको हो । कोरोना भाइरस संक्रमण जाँचका लागि आएको मेशिन पीसिआर सञ्चालन भएलगत्तै क्वारेन्टिनमा मात्र नभइ यसक्षेत्रका अन्य कोरोना भाइरस आंशकित ब्यक्तिको समेत जाँच हुनेछ ।

कोराना भाईरस संक्रमण थाहा पाउन सजिलो र विश्वासिलो आधार भनेकै पीसिआर मेशिनबाट परीक्षण गरिनु हो । उक्त मेशिन जडानका लागि शनिबारमात्रै काठमाण्डौंबाट प्राविधिक टोली आएको थियो । उक्त टोलीले शनिबार दिनभर गरेको प्रयासका कारण बेलुकी ७ बजे प्रयोगशालामा कोरोना परीक्षणका लागि सवै तयारी पुरा भएको मेसु डाक्टर थापा बताँउछन् ।