अघोषित आन्दोलनमा प्रहरी

संघीय र प्रदेशको चेपुवा उस्तै - अब केका लागि गर्ने : प्रहरी


अघोषित आन्दोलनमा प्रहरी

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण नेपाल यतिबेला उच्च जोखिममै छ । यसको रोकथामका लागि संघीय सरकारले लकडाउन घोषणा गरेको छ । यहि घोषणालाई पूर्ण कार्यान्वयनमा ल्याई देशलाई कोरोनाको जोखिमबाट बचाउँन नेपाल प्रहरी रातदिन, घामपानी नभनी सडकमा सुरक्षार्थ खटिदै आएका छन् ।

देशकै बुद्धिजीवी र जानकार निकायका कयौं व्यक्तिबाट सरकारको लकडाउन बेलाबखतमा उल्लघंन भैरहेको छ । प्रहरीले यसरी लकडाउन वा सरकारको निर्णयको खिलाप गर्नेलाई सम्झाउने बुझाउने र सचेत गराउँने गरिरहेको छ । यस्तो अवस्थामा प्रहरीले स्वास्थ्यकर्मी(डाक्टर) लाई कुटपीट गरेको आरोप समेत खेप्नु परेको छ ।

सरकारले लागु गरेको लकडाउन उल्लङ्घन गरेका व्यक्तिलाई को हो ? कहाँ जानलाको हो ? भन्दै परिचय माग्नु प्रहरीको कर्तव्य पनि हो । सामान्य पोशाकमा रहेका कुनैपनि मानिसको अनुहार हेरेर उसको पहिचान हुन सक्दैन् ।

यसैले परिचपय माग्दा जो सुकैले पनि सहजतापुर्वक आफनो परिचय दिनसक्नुपर्छ । यसमा कुनै अप्ठारो मान्नुपर्ने देखिदैन् । केहीदिन अघि काठमाडौंमा भएको एउटा घटनाले यतिबेला प्रहरीवृतमा निकै हलचल ल्याएको छ । उक्त घटनापछि अनावश्यक रूपमा प्रहरीमाथि आरोप लागेको भन्दै नेपाल प्रहरीले शनिबार रातीदेखि अघोषित आन्दोलनको घोषणा गरेको नेपाल प्रहरीका एक उच्च अधिकारी बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनकाअनुसार लकडाउन उल्लघंन गर्न जोकोहीलाई सोधपुछ गर्न पाउने अधिकार प्रहरीसँग छ । त्यहि अधिकारका आधारमा काठमाडौंमा पनि ती व्यक्तिसँग सोधपुछ गरेको हो ।

उनले भने ‘सोधपुछका क्रममा ती व्यक्तिले आफूहरू डाक्टर भएको बताएका थिएनन् । साथमा परिचयपत्र समेत नबोकेका डाक्टरले प्रहरीसगं कोपरेट समेत गरेनन् । प्रहरी र डाक्टरबीचको यो घटनाले अर्को रूप लिएपछि उनीहरूले आफूहरू डाक्टर भएको बताए । परिचयपत्र माग्दा दादागीरीशैली किन दिने, छैन भन्दै प्रहरीको अनुसन्धानमा असहयोग गरेका थिए ।’

तर, कुटपीटमा परेका भनिएका चिकित्सकले आफनो परिचपयपत्र देखाएको चिकित्सक संघले दाबी गरेको छ । बुधबार राती ड्युटी सकेर फर्किदैँ गरेका त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका चिकित्सकमाथि डिएसपी उमेश लम्सालको नेतृत्वमा रहेको प्रहरी टोलीले कुटपिट गरेको आरोप छ ।
घटनापछि प्रहरी प्रधान कार्यालयमा चलेको प्रहरी उच्च अधिकारीको अनौपचारिक छलफलले जनताको सुरक्षाका साथै कोरोना संक्रमण फैलन नदिन रातदिन सक्रिय रुपमा खटिएका सुरक्षाकर्मी माथि अनावश्यक लागेको आरोपका विरूद्ध नेपाल प्रहरीले अघोषित आन्दोलन गर्ने सहमति भएको प्रहरी उच्च स्रोत बताउँछ ।

स्रोतकाअनुसार तर, आन्दोलनको स्वरुप सडकमा उत्रिने नभएर कोरोना संक्रमणका लागि यसअघि प्रहरीको जुनखालको सक्रिय भूमिका थियो अब आफ्नो नियमित सुरक्षा बाहेक अरू भूमिका नरहने भएको छ ।

नियमित झै शनिबार बेलुका भएको रोलकलका क्रममा प्रहरी प्रधान कार्यालयसहित देशभरका सबै प्रहरी निकायमा जवानदेखि उच्च अधिकारीसम्मलाई त्यहिअनुसारको निर्देशन भएको छ ।

शनिबारको उच्चस्तरी निर्देशनपछि आईतबार विहान देशभरका सबै जिल्लामा नेपाल प्रहरीले आफ्नो नियमित काम बाहेक थप सुरक्षा प्रबन्धमा चासो देखाएको छैन् । सधैँ झै हरेक विहानैदेखि सडक चोक र गल्लीमा छ्याप्छ्याप्ती रहने प्रहरी सहभागीता आईतबार विहानदेखि एकदमै न्यून देखिएको छ ।

त्यसको उदाहरण नेपालगन्जको सुर्खेतरोडका विभिन्न चोक र भित्रि सडकलाई हेर्न सकिन्छ । आईतबार विहान आफ्नो नियमित ड्यूटीमा बाहेक अन्य क्षेत्रमा प्रहरी सहभागीता देखिएको छैन् । एक प्रहरी अधिकारीले भने ‘कोरोना आम नागरिकमा संक्रमण नहोस् भनेर रातदिन खटिँदा र सरकारको निर्णय उल्लङ्घन गर्नेलाई सम्झाउँदा कारबाहीमा परिन्छ भने अब प्रहरी किन, के का लागि ? र कसका लागि ? आफ्नो ज्यान जोखिममा पार्दै प्रहरी सडकमा घाम ताप्न र आउँछ ?’

हुनपनि को मानिस कुन पेशामा आबद्ध छ । त्यो उसको निधारमा लेखिएको हुँदैन । उसको पहिचान उसको पचिपयपत्र नै हो । संक्रमणकालको बेला प्रहरीले जोकोही परिचपयपत्र माग्नु कुनै अपराध होइन । यस्तो अवस्थामा शक्ति र सत्ताको भरमा दादागिरी गर्ने जोकोहीले आफू र आफूसगैं आम नागरिकलाई कोरोनाको जोखिममा पारिरहेका छन् ।

तर, प्रहरीले परिचपयपत्र माग्दा नदिनु र उल्टै पत्रकार, डाक्टर, मानवअधिकारकर्मी, स्वास्थ्यकर्मी हुँ भनेर धाक लगाउँनु आफ्नो परिचय नदिनु चाँही अपराध नै हो । अझ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको लकडाउन तथा सामाजिक दूरीको न्यूनतम मापदण्ड नै पूरा नगरि चोक–चोक, गली–गली, टोल र बस्तीमा गरिने हुलहुज्जत, अनावश्यक भीडभाड र प्रहरी देखे लुक्ने, प्रहरीलाई जिस्काउने जस्ता कार्यले आमनागरिकको राज्यप्रतिको उत्तरदायित्व नभएको प्रष्ट हुन्छ ।

सरकारले आमनागरिक र देशहितका लागि केही कुरा लागु गर्छ भने त्यसको पूर्ण पालना गर्नु र गराउनु नागरिक र सम्बन्धित निकायको काम, कर्तब्य र अधिकार हुन् । यस्तो अवस्थामा घुम्ने कुर्सीमाथि बसि एसीको हावा खाँदै सुखमा आनन्दित हुदैँ सुरक्षाकर्मीकै मनोबल कम गर्ने कार्य गरिनु न्यायसंगत र उपयुक्त होइन ।

काठमाण्डौंमा डाक्टर कुटिनुपनि यसैको एउटा परिणाम हुनसक्छ । जस्तो कि केही समयअघि नेपालगन्जमा एक जना व्यक्ति पनि एनजिओको आडमा दादागिरी देखाउँदा कुटिएका थिए । अनि एउटा पत्रकारले पनि रामधुलाई पाएका थिए । उनीहरुमाथि प्रहरीले गरेको कारबाही परिस्थिती अनुसार सही थियो ।

पेशाको मान, मर्यादा नराखि सरकारले गरेको लकडाउन उल्लघन गर्ने र सचेत बनाउँन खोज्दा आमनागरिकको सुरक्षामा खटिएका प्रहरीमाथि नानाथरी आरोप लगाउँने प्रवृत्तिले गर्दा प्रहरी यतिबेला आफूले गर्दै आएको कोरोना भाइरस रोकथामको सक्रियताबाट पछि हटेको प्रहरी उच्च स्रोत बताउँछ ।

यसले कोरोना भाइरस संक्रमणको जोखिम बढेका बेला आम नागरिक झन् जोखिममा परेकाछन् । कोरोना भाइरस जोखिमलाई मध्यनजर गरि सरकराले गरेको लकडाउन र सामाजिक दूरी कायम गराउँदा प्रहरीमाथि हस्तक्षेप गरिन्छ, प्रहरीलाई कारबाही गरिन्छ भने शक्ति, सत्ता, पहुँचका आधारमा नाङ्गो नाच नाचेर लकडाउन र सामाजिक दूरीलाई पालना नगर्ने आम नागरिक हुन् वा कुनै पेशागत ब्यक्ति उनीहरुपनि दोषी हुन् ।

यतिमात्रै होइन जिल्लाका प्रहरी प्रमुखहरू दुईवटा सरकारको चेपुवामा समेत परेका छन् । संघीय सरकार अन्तर्गतका प्रमुख जिल्ला अधिकारीको एउटा र प्रदेश सरकार र सांसदहरूको अर्को आदेशका कारण पनि ७७ वटै जिल्लाका प्रहरी प्रमुखलाई कोरोना संक्रमण विरुद्ध काम गर्न असहजता आउने गरेको प्रदेश पाँचका विभिन्न जिल्लाका प्रहरी प्रमुखहरू बताउँछन् ।

एक प्रहरी अधिकारीले भने ‘संघीय सरकारले एउटा निर्णय गर्छ र त्यहि अनुसार आदेश दिन्छ । उसको आदेश पालना गर्न पाएको हुँदैन प्रहरीलाई प्रदेश सरकार निकटका सांसदको टेलिफोन आउँछ र अर्को आदेश हुन्छ । यस्तो परिस्थितीमा प्रहरीले कसरी काम गर्ने वातावरण हुन्छ ?’ उनले थपे ‘अहिले हामी पो चेपुवामा परेका छौं त ।’ उनले भने ‘त्यसैले प्रहरीले अब आफनो नियमित काम गर्छ अरू थाहा भएन् ।’

नेपाल प्रहरीको यस्तो अघोषित आन्दोलन र अनौपचारिक निर्णयले शहर गाउँका सडकमा प्रहरी नदेखिँदा नेपालमा कोरोना जोखिमको अवस्थाले भयावह रूप लिने निश्चित रहेको छ ।

अझ विशेषगरि देशको तराई क्षेत्रका जिल्लाहरुमा देखिएको कोरोना भाइरस पुष्टिको ग्राफ र यही जिल्लाका आम नागरिकको दादागिरीले सिङ्गो राष्ट्र नै जोखिममा परेकोछ । लकडाउन र सामाजिक दूरी नै कोरोना भाइरस फैलिनबाट बचाउने एकमात्र आधार हो ।