स्वर्ण पदक विजेता खेलाडी सम्मानित


स्वर्ण पदक विजेता खेलाडी सम्मानित

नेपालगन्ज  : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सातौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई पुरस्कृत गरेको छ । समितिका अध्यक्ष भीम वलीले उक्त प्रतियोगितामा गरिएको प्रतिबद्धता अनुसार र ८ औं मा सहभागी खेलाडीको हौसला वृद्धिका लागि नगद पुरस्कारबाट सम्मानित गरिएको बताए ।

एथ्लेटिक्समा दुई स्वर्ण पदक विजेता यमसाजन सुनार (जाजरकोट), सुटिङ्को समूह विजेता रहेको टोलीका सदस्यहरु बाँकेका संयोगकृष्ण श्रेष्ठ र दाङ्का अर्नव घिमिरे र पवन घिमिरे, सुटिङकै कृष्णा थापा (बाँके), भारत्तोलनका प्रकाश केसी (बाँके), उसुका दीपक हमाल (सुर्खेत), जुडोका सोनु भट्ट (बाँके), कुस्तिका रमेश न्यौपाने (बाँके) र सफ्टट टेनिसका मेघा श्रेष्ठ बाँकेलाई सम्मान गरिएको हो ।


सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता साविक मध्यपश्चिम विकास क्षेत्रका खेलाडीलाई समितिले प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा जनही १० हजारसहित सम्मान गरेको समितिका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।


पदक विजेता खेलाडीसँगै प्रशिक्षक र जिल्ला खेलकुद विकास समितिलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद कृष्ण केसी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, राखेप सदस्य शान्ति सिंह, तत्कालिन मध्यपश्चिम क्षेत्रका सबै जिल्ला अध्यक्षको सहभागीता रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj