१७ दिनमा ४४ संक्रमित थपिए, लकडाउन हटाउनु घातक

कोरोना संक्रमित संख्या ५८ पुग्यो, १६ जना घर फर्किए


१७ दिनमा ४४ संक्रमित थपिए, लकडाउन हटाउनु घातक

नेपालगन्जः लकडाउनबाट सिर्जित असहज परिस्थितीलाई समाधान गर्न सरकारले लकडाउनको मोडालिटि परिर्वतन गर्ने तयारी गरिरहँदा नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ दिनानुदिन बढेर गएकोछ ।

नयाँ वर्षसगैं कोरोना भाइरस संक्रमितको संख्या कम हुने अनुमान लगाईरहेका आम नागरिकमा एकाएक कोरोना संक्रमितको ग्राफ उकालो लागेपछि यसले थप त्रास उत्पन्न गरेकोछ ।

नेपालमा गत चैत्र मसान्तसम्म नेपालमा १४ जना कोरोना भाइरस संक्रमित थिए । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन २ जना थपिए । त्यसको भोली पल्ट थप २ जना हुदै वैशाख १७ गतेसम्म आईपुग्दा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८ पुग्यो ।

नेपालमा कोरोना भाइरसको हिस्ट्रि हेर्ने हो भने गत वर्ष माघ १० गते पहिलो केस सार्वजनिक भएको थियो । करिब तीन महिना पुग्नै लाग्दा चैत्र मसान्तमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर १४ पुग्यो । तर, यति लामो समयसीमा भन्दा पछिल्लो १७ दिनको अवधिमा कोरोना संक्रमित बढेर आएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरससंग विश्वजगत संघर्ष गरिरहदाँ नेपालजस्तो विकासन्मुख राष्ट्रमा पछिल्लो १७ दिनको अवधिमा ४४ जना कोरोना संक्रमित थपिए । यो नेपाल र नेपालीका लागि ठूलो चुनौती र घातक हो । अझ सरकारले पछिल्लो समय कोरोना भाइरस परीक्षणको दायरा बढाएसँगै नेपालमा कोरोना भाइरस संक्रमित भेटिन थालेका हुन् ।

यो समाचार तयार पार्दासम्म बारा र पर्सा जिल्लामा थप दुई/दुई गरि जम्मा चार जना नयाँ संक्रमित भेटिएका छन् । काठमाण्डौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे बताउँछन् ।

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टिनमा रहेका व्यक्ति हुन् । उनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टिनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

एकातिर दिनानुदिन कोरोना भाइरस संक्रमितको संख्या बढीरहेको छ भने अर्कोतर्फ सरकारले लकडाउनलाई खुकुलो पार्ने तयारी गरिरहेकोछ । यस्तो जोखिमपूर्ण अवस्थामा सरकारले निश्चित ब्यक्ति, समुदाय तथा क्षेत्रलाई मात्र लक्षित गरेर भरपूर तयारीका साथ लकडाउन खुकुलो पार्नुपर्छ । नत्र यसले निम्त्याउने जोखिम भयानक र भयाबह हुने प्रष्ट छ ।

यकातिर विश्व स्वास्थ्य संगठनले समयमै नेपालले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन प्रभावकारि भएको भन्दै
उच्च जोखिमको सूचीबाट हटाएर जोखिमको सूचीमा राखेकोछ । अर्कोतर्फ कोरोना भाइरस संक्रमण र रोकथामका लागि लकडाउन तथा सामाजिक दूरी नै प्रभावारी हुने भन्दै विशेषज्ञले सुझाईरहेकाछन् । यस्तो अवस्थामा लकडाउन खुकुलो मात्र पार्नु वा लकडाउन हटाउनु अमेरिकाको जस्तो नियती भोग्नुपर्ने हुन्छ ।

नेपालमा कोरोना भाइरस संक्रमतिको सख्या ५८ पुगीरहदाँ हालसम्म कसैको पनि मृत्यु भएको छैन । अझ खुसीको कुरा यो अवधिमा पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किसकेकाछन् भने थप केही दिन अरु संक्रमित पूर्ण निको भएर डिस्चार्ज हुने अवस्थामा पुगेका छन् । यस्तै अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सरकारले सङ्क्रमितको नजिक रहेकाहरुको ‘कन्ट्याक ट्रेसिङ’समेत गरिरहेकोछ । यद्यपी कोरोना भाइरस संक्रमणबाट बच्न कुनै भ्याक्सिन नबनिसकेको अवस्थामा प्रभावकारीरुपमा लकडाउन लगाउनु र सामाजिक दूरी पूर्णरुपमा पालना गराउनुको विकल्प छैन ।