नेपालगन्जमा थप ६ सहित १६ जना कोरोना संक्रमित


नेपालगन्जमा थप ६ सहित १६ जना कोरोना संक्रमित

नेपालगन्जः बाँकेको नेपालगन्जमा आईतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसगैं थप ६ जनामा कोरोना पुष्टि भएकोछ । पहिलो कोरोना संक्रमित भेटिएसगैं बाँके प्रशासनले संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ९० जना ब्यक्तिहरुको शनिबार स्वाब संकलन गरेको थियो ।

उक्त स्वाबमध्ये ३० जनाको आईतबार परीक्षण गर्दा आईतबार बेलुकासम्म ९ जनामा कोरोन संक्रमण पुष्टि भएको थियो । यसअघि परीक्षण गरिएकोमा संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला थिए । जसमा ७ देखि ५८ वर्ष उमेरका ब्यक्ति संक्रमित थिए ।

यसअघि शुक्रबार मात्रै नेपालगन्जमा पहिलोपटक एक जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै बाँके प्रशासनले उच्च सर्तकता अपनाउदैं हिजो शनिबारमात्रै ९० जनाको स्वाब परीक्षणका लागि संकलन गरेको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । भने बाँकेमा मात्रै १६ जना कोरोना संक्रमित भेटिएकाछन् । बाँकी ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभरका कुल कोरोना संक्रममित मध्ये १६ जना निको भएर घर फर्किएका थिए । तर त्यसमध्ये एक जना पुनः अस्वस्थ भएपछि उपचारमा फर्किएका छन् ।