केही बेरमा काँग्रेसले विरोध प्रर्दशन गर्दै


केही बेरमा काँग्रेसले विरोध प्रर्दशन गर्दै

नेपालगन्ज : दुई तिहाईको दम्भले ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज बाँकेमा विरोध प्रदर्शन गर्दैछ । नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा विरोध प्रदर्शनका बारेमा जानकारी हिजो (आईतबार) पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो ।

ओली नेतृत्व सरकारको ११ महिना वितिसक्दा पनि राष्ट्र र जनताप्रति जिम्मेवार ढगले दायित्व निर्वाह नगरेको नेपाली काँग्रेस बाँकेकी सभापती किरण कोइरालाले बताईन् । उनले पत्रकारसंग कुरा गर्दै भनिन्–‘देशमा दण्डहीनता बढेकोछ, बलात्कारका घटना बढेकोछ, महंगी, भ्रष्टाचार लगायत विकासको कामले गति लिन सकेकोछैन, सरकार गैरजिम्मेवारढंकबाट अधिनायकबादतर्फ उन्मुख भइरहेकोछ ।’ सभापती कोइरालाले ‘सत्तासिन सरकारले प्रतिपक्षलाई कमजोर सोचेर मनोमानि ढंगबाट अघि बढिरहेकोछ, समयमै सचेत नभए सरकारलाई नै नोक्सन हुने चेतावनी समेत दिइन् ।’

सभापती कोइरालाले माघ ११ गते भएको संसदमा विपक्षको रोष्ट्रम घेराउका बाबजुद बलजफ्तीको असंसदीय व्यवहार, प्रधानमन्त्री स्वयमको अग्रसरतामा भएको संम्झौताविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य, डा. गोविन्द केसीको अनसनप्रति सम्वेदनहीन व्यवहार, प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवको उपस्थिती बिना संवेधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका निर्णय गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरितका चरित्र प्रदर्शन गरको भन्दै सरकारको आलोचना गरिन् ।

सञ्चारकर्मीसंग कुरा गर्दै पार्टी सभापति कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना वितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, बाँकेको सिक्टा सिचाँई आयोजना, हुलाकी राजमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनाको वेथिती र कार्यप्रगति, जनतामाथि मनोमानी ढंगबाट करको भार थुपार्नु, स्वतन्त्र प्रेसको अधिकार कुण्ठित पार्नु, न्यापालिकामाथि हस्तक्षेप लगायतका कार्यले सरकार देश र जनताप्रति जिम्मेवार नरहेको प्रष्टछ । आफ्ना कमीकमजोरी औल्याउनेप्रति प्रधानमन्त्री र मन्त्रीहरुबाट कटाक्षयुक्त प्रतिवाद गर्नु र स्वयंम प्रधानमन्त्रीबाट सरकारको विरोध गर्नेहरुमाथि अरिंगाल बनेर जाइलाग्न उत्प्रेरित गर्नुले दुई तिहाईको दम्भ र अधिनायकबाद पथमा सरकार हिडेको पुष्टि भएको बताईन । उनले सत्तापक्षको यस्तै रबैया चलिरहे आफूहरु सडक आन्दोलन सशक्त पार्ने चेतावनी समेत दिएकी छिन् ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारका अधिनायक तथा अलोकतान्त्रिक क्रियाकलापका विरुद्ध नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुरुप बाँके जिल्लामा आज माघ २१ गते विरोध प्रर्दशन गरिन लागेको हो । नेपाली काँग्रेस पार्टी सभापति किरण कोइरालाको सभाध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा प्रदेश सांसद सुरेन्द्र हमाल, पूर्व सांसद बादशाह कुर्मी, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापामगर पार्टी सचिवद्वय तप्त पौडेल र कपील शर्माको सहभागिता रहेको थियो ।

यस्तो छ काँग्रेसले संसद अवरुद्ध गर्नुको कारण
काँग्रेसले संसद अवरुद्ध गर्नुको मूल कारण केही दिन अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्ने छ ।

यसरी गरिनेछ विरोध प्रर्दशन
नेपाली काँग्रेसको केन्द्र तथा जिल्लाले तय गरेको माघ २१ गते सरकारका कृयाकलाप विरुद्ध आयोजना गरिने बृहद बिरोध कार्यक्रम आज विहान ११ बजे नेपाली काँग्रेस पार्टी कार्यालयबाट शुरु हुनेछ । नेपाली काँग्रेस सचिव शर्माका अनुसार जिल्लाभरबाट सयौंको सख्यामा काँग्रेस निकट व्यक्तिहरुको पार्टी कार्यलयमा उपस्थितीमा भईरहेकोछ । उनले भने कार्यकर्ताहरु आउनेक्रम जारी छ, हामी केही बेरमा विरोध ¥याली निकाल्नेछौं ।
सरकारको विरोधमा नाराबाजी गर्दै विरोध ¥यालीले नगर परिक्रमा गर्नेछ । ¥यालीले विपी चोक हुदैँ वीरेन्द्र चोकबाट घरबारी टोल भएर त्रिभुवनचोकमा कोण सभामा समेत गर्ने सचिव शर्माले जानकारी दिए । जनताको सहजताका लागि र ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै कोण सभा छोटो हुने उनले बताए । सचिव शर्माले काँग्रेस क्रियाशिल सदस्यहरु, पार्टी तथा भातृ एवं सुभेच्छुक संगठन, किसान, नागरिक अगुवा, उद्योगी व्यवसायी, स्वास्थ्यकर्मी, कानून ब्यवसायी, बुद्धिजिवि, सञ्चारकर्मी तथा आम जनसमुदायको सक्रिय सहभागिताका लागि अपील गरे ।