नेपालगन्ज : बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण भेटिएकोछ । पहिलोपटक गत शुक्रबार नेपालगन्ज ६० वर्षिय बृद्धामा कोरोना संक्रमण देखिएको थियो ।
बाँके प्रशासनले शनिबार विहानदेखि संक्रमित ब्यक्तिको ट्रेसिङ्ग गरेर ९० जनाको स्वाब परीक्षणका लागि लिएको थियो । त्यसको भोलिपल्ट अर्थात आईतबार मात्रै थप १५ जनामा कोरोना संक्रमण भेटिएपछि जिल्लाको सुरक्षाका लागि बाँके प्रशासनले उच्च सर्तकता अपनाएको थियो ।
बाँके प्रशासनले उच्च सर्तकता अपनाउदै हिजो सोमबर प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आज मङ्गलबारदेखि विहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगन्ज पुरै शिल गर्दै निषेधिज्ञा जारी गरेकोछ ।
बाँके प्रशासनले निशेषधिज्ञा जारी गरेको दिन नेपालगन्जमा आज मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सगैं बाँकेको नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेकोछ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको हो ।
नेपालगन्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन् । जसमध्ये एकजना पुनः अस्वस्थ भएपछि उनी उपचारार्थ छन् ।
हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगन्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो ।
यसअघि हिजो मात्रै प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल नेपालगन्ज आई सर्वदलिय सर्वपक्षिय छलफलाम ब्यस्त भएका थिए । साथै उनले बाँकेका स्वास्थ्यकर्मीलाई कडा निर्देशन दिदै कोरोना भाइरस संक्रमणको जाँचको दायरा बढाउन निर्देशन दिदै आवश्यक स्वास्थ्य सामाग्री लगायतको ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । भने बाँकी रहेका ब्यक्तिको परीक्षण भइरहेकोले उक्त रिपोर्ट आउन बाँकी छ ।