नेपालगन्जमा जारी निशेधाज्ञाका क्रममा सुनसान देखिएको नेपालगन्ज–वेतहनी सडक । तस्विर सौजन्य: भिष्म लोध
नेपालगन्जः संघीय सरकारले लगाएको बन्दाबन्दीकाबीच नेपालगन्जमा कोरोना भाइरस संक्रमण देखिएपछि यहाँको जनजिवन थप कष्टकर बन्दै गएकोछ ।
नेपालगन्जमा ठूलो मात्रामा कोरोना भाइरस संक्रमित भेटिएपछि उच्च सर्तकता अपनाएको बाँके प्रशासनले आज मङ्गलबार विहान ११ बजेदेखि वैशाख २५ गते मध्यरातीसम्म नेपालगन्जलाई निशेधित क्षेत्र घोषणा गर्दै निशेधाज्ञा जारी गरेकोछ । यसको अर्थ हो घरभित्रै बसौं,, सुरक्षित होऔं ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाए भनेकै घरभित्र बस्ने र सामाजिक दूरी कायम गर्नु हो । तर, लकडाउन लागेको र नेपालगन्जमै कोरोना भाइरस संक्रमित भेटिरहदाँसम्म नेपालगन्जियाले अझपनि गम्भीर नभएको देख्दा प्रकृतीले नेपालगन्जियालाई घरभित्र बस्न बाध्य बनाएकीछन् ।
हो म तिनै प्रकृतिको कुरा गर्दैछु । जो मानव जिवनसंग मात्र नभई समग्र ब्राह्मण्डलाई नियन्त्रण गरिरहेकीछन् । उनै प्रकृति सायद नेपालगन्जमा कोरोना संक्रमित भेटिएका दिनदेखि नै रुन थालेकीछन् । आफ्नो आँशु बगाउन थालेकी छन् । तर, त्यो आँशु र पीडा नभइ प्रकृतीको माया हो जो नेपालगन्जियाले बुझ्न सकेको छैन । बुझेर पनि आफू अगाडीको देखिएका पीडालाई लुकाउन सकेको छैन र त प्रकृतीले हसाईरहेको, मन भुलाईरहेको हामी नेपालगन्जियाले बुझ्न सकेका छैनौं ।
बाँके प्रशासनले निशेधाज्ञा जारी गरेसगैं बाँकेमा आजविहानैदेखि पानी परिरहेकोछ । अपत्यारिलो, अविस्मरणीय र यादगारमय वातावरण दिइरहेको छ प्रकृतीले । यसका बाबजुत नेपालगन्जमा कोरोना भाइरस संक्रमित थपिएको थपैछ । बाहिरी माहोल तातेको तातै छ । तरपनि प्रकृती मन्ध मुस्कानमा लगातार नेपालगन्जियालाई शीतलता प्रदान गरिरहेकी छन् । झिमझिम वर्सिरहेकीछन् । अनि भनिरहेकी छन्, ऐ नेपालगन्जिया घरमै बस्, सुरक्षितसाथ बस् ।
यो बेला देशकै प्रचण्ड गर्मी हुने नेपालगन्जलाई प्रकृतीले आफ्नो न्यानो अङ्गालोमा बाँधेकी छन् । घरी चिसो हावा, घरी सिमसिम पानी अनि घरि खुल्ला आकाशले नेपालगन्जको दृष्य मनोरम र उत्साहपूर्ण बनेकोछ ।
लाग्छ साउने झरीको समय हो यो ? मेघगर्जन भइरहेकोछ, हावा चलिरहेको छ पानी परिरहेको । तर, त्यसो होइन यो वैशाखको महिना हो । प्रचण्ड गर्मी हुने समय हो । प्यास र गर्मीले काकाकुल हुने समय हो । प्रकृतीले वैशाखकै महिनामा नेपालगन्जियालाई शितलता प्रदान मात्र गरेको छैन घरभित्र बस्न अनुरोध गर्दै माया गरिरहेकोछ ।
निशेधाज्ञा सुरु हुनु केही समयअघि नेपालगन्जको त्रिवेणीमोडमा भएको स्थानीय र प्रहरीबिचको झडपले नेपालगन्जको माहोल अस्तव्यस्त बनायो । सवैले आ–आफ्ना सामाजिक सञ्जालमा अडकलबाजी र टिप्पणी गरिरहे । तर, प्रकृतिले भने यी सवै द्वेष, रिस र तनावलाई कम गरौं है नेपालगन्जिया भन्दै मेघगर्जनसहित वर्षा गराउने, हावाको सुशेलीसगैं चिसो ल्याएर सवैलाई घरभित्र लखट्ने काम दिनभर गरिरहिन ।
सम्भवतः वैशाखको महिनामा त्यो पनि नेपालगन्जमा प्रकृतिको यस्तो रुपदेखेर मोहित र मग्न नहुने कोही थिएनन् । यकातिर कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । त्रास र भयको वातावरण छ । अर्कोतिर एक महिना भन्दा बढिसमयदेखि लागेको बन्दाबन्दीले आजित बनेका सर्वसाधरणलाई भुलाउन र आफैमा हराउन बाध्य बनाइरहेको यी प्रकृतीलाई एकपटक नजिकबाट बुझौं, यीनको तालमा लय मिलाऔं, यीनले सिकाएको र देखाएको पथमा पाइला चालौं । हामी माझ देखिएका, आएका तमाम ती सवै समस्या र चुनौतीहरु पनि एकाएक हराएर जानेछन् । त्यसको सवुत प्रकृतीले हामीलाई दिइरहेकी छन् ।
प्रकृतिप्रेमीका लागि हिजोआजको दिन औधी मन पर्ने दिन बनेकोछ । अझ आफूलाई मन पर्ने दृष्य कैद गर्न माहिर फोटोग्राफरका लागि यो समयको विछट्टै महत्व छ । साहित्यकारलाई आफ्नो साहित्य सिर्जनाका लागि, लेखकलाई नयाँ पुस्तकका लागि अझ मौसम (आकाश) हेरेर खेती गर्ने ती महान् नेपाली किशानका लागि प्रकृतीले आफूतिर लोभ्याइरहेकी छन् । तानिरहेकी छन् ।
मलाई लोभ लागिरहेको छ नेपालगन्जियाप्रति प्रकृतीको यस्तो माया देखेर । मलाई ईष्र्या लागिरहेको छ, प्रकृतीको माया मैले कम पाउँछुकी भनेर । हो यी र यस्ता थुप्रै अनगन्ति शब्द प्रष्फुटनबाट एउटा कुरा के भने प्रकृतीले हामी सवैलाई समयसमयमा झकझकाईरहेकी छन् । उनले भनिरहेकी छन्, सुन हो ! नेपालगन्जिया म आफै परिर्वतनशील छु । समयसापेक्ष छु । तिमीहरु किन आत्तिएको । सुन ! तीनमहिना अघि म कस्तो थिए ? आज कस्तो छु ? दुई महिना पछि कस्तो देखिन्छु ? तिमीहरुले बुझ्न सकेका छैनौ । मलाई बुझ्, मनन् गर, यो ब्राह्मण्डमा कोही पनि अजम्बरी छैन । स्थिर छैन । सवै परीर्वतनशील छ । सवैमा परिर्वतन अवश्य आउँछ । तर...तर... ढिलो चाँडो मात्र हो ।
यो कोरोना पनि यस्तै हो । चारमहिना अघिसम्म नेपालगन्जमा देखिएन भन्दै सडक, गली–गली, चोक–चोकमा उफ्रिने तिमी नेपालगन्जिया नै हो नी । अब चुप लाग, शान्त बस्, गम्भीर बन । आफु र आफ्नो परिवारको जिम्मेवारी पुरा गर नेपालगन्जिया । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या हेर्दा तिम्रो के औकात छ । यहाँ जम्मा २३ भेटिए । अझ नेपालकै कुरा गर्छौ भने पनि यो संख्या विश्वका अगाडी केही होइन । नगन्न बराबर हुन् । तर, यसलाई नजरअन्दाज नगर । अहिले तिम्रा आँखा अगाडी देखिदाँ तिमिलाई छटपटी भयो, तड्पन भयो, पीडा भयो, औडा अनि उकुसमुकुस भयो । हो ! मलाई नि शताब्दीऔंदेखि विश्वभरका मनुष्यहरुले दिएको पीडा के कम छ ? तरपनि म अनवरत आफ्नो लयमा अघि बढिरहेकोछु । सवै समस्याहरु समाधान हुन्छन् ।
भन्न त धेरै मन थियो तर, मबाट केही सिक नेपालगन्जिया । घरमै बस्, सुरक्षितसाथ बस् । तिमिहरुलाई शितलताप्रदान गर्न, खुसी पार्न म नेपालगन्जमै छु । ३–४ दिन तिमीहरुलाई रुझाईरहन्छु, सेतोकालो बादलकोबीचबाट तिमिसगै लुकामारी खेल्छु । घरीघरी शीतल हावासगैं तिमिहरुसगं गुनगुनाउछु । तिमिहरुलाई तर्साउन मेघगर्जन गराउँछु । म तिमीहरुसगैं हुन्छु । लकडाउनमा घरमै रहेर मसंग रमाउ नेपालगन्जिया ।