शनिबार थप ७ संक्रमित
नेपालगन्ज : विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पहिलो केस गत वर्ष माघ १० गते भेटिएको थियो । तर, २०७६ को अन्तिम समयदेखि नेपालको तराई क्षेत्रमा कोरोनाले आफ्नो केन्द्र बनाउदै गएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार थप नयाँ सात जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका युवाहरु, पर्सा छपकैया निवासी ६२ वर्षका बृद्ध हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ९ पुगेकोछ । जसमध्ये नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइसकेका छन् । तर, कोरोना भाइरसकै कारण नेपालमा कसैको मृत्यु भएको भने छैन । उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।
पछिल्लो पटक तराईको पर्सा जिल्लामा एक जनामा कोरोना संक्रमण देखिएको छ । विशेष गरि नेपाल–भारत सीमानाकासगं जोडिएका नेपालका तराई जिल्लाहरु पछिल्लो समय कोरोना भाइरसको संक्रमणको केन्द्र विन्दु भएको प्रष्ट हुन्छ ।
नेपाल–भारत सीमानाकाबाट अझैपनि लुकिछिपी नेपाल आउने क्रम रोकिएको छैन । विहीबारमात्र कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरुसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । यसले पनि नेपाल–भारत सीमानाकामा राज्यको उपस्थिती दयनिय रहेको प्रष्ट छ ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जानुमा भारत प्रत्येक्षरुपमा जोडिएकोछ । अझ नेपालमा संक्रमित भएका मध्ये केही भारतीयहरुनै भएको तथ्यांकले नेपालको तराई क्षेत्र कोरोना भाइरस संक्रमणको मुख्य केन्द्र नै भएको रहस्य लुकेकोछैन ।
नेपालमा कोरोना संक्रमणको दर हेर्दा यतिबेला प्रदेश १, प्रदेश २ र प्रास्तावित लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएकाछन् ।
तथ्यांकगत हेर्दा सुदूरपश्चिमको कञ्चनपुरमा एकजना कोरोना भाइरस संक्रमित भएका थिए । उनी यतिबेला निको भएर घर फर्किसकेकाछन् । यस्तै कैलालीमा पनि ४ जना कोरोना भाइरस संक्रमित भेटिएको थियो । जसमध्ये चारैजना पूर्णरुपमा निको भएर घर फर्किसकेकाछन् ।
यस्तै पछिल्लो पटक प्रस्तावित लुम्बिनी प्रदेशको बाँके जिल्ला त्यसमा पनि नेपालगन्जमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । यी २४ जनालाई बाँकेको खजुरा स्थित शुसिल कोइरला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएकोछ । उपचारार्थ नेपालगन्जका २४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुमा कोरोना भाइरस सम्बन्धि कुनैपनि लक्षण नदेखिएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकास थापाले बताए । लक्षणविनाको कोरोना संक्रमित भेटिएपछि बाँकेमा उच्च सर्तकता अपनाइएकोछ ।
यस्तै प्रस्तावित लुम्बिनी प्रदेशको कपिलबस्तुमा ५ जना, रुपन्देहीमा १ जना कोरोना भाइरस संक्रमित फेला परेकाछन् । यस्तै नेपालको तराई क्षेत्रको चितवनमा २ जना कोरोना भाइरस संक्रमित भेटिएका थिए जसमध्ये १ जना निको भएर घर फर्किसकेकाछन् ।
यसैगरी प्रदेश २ कै पर्सामा २५ जना संक्रमित भेटिएका छन् । जसमा ३ जना निको भएर घर फर्किसकेकाछन् । भने बारामा भेटिएका २ जना कोरोना संक्रमित उपचारार्थ रहेको बुझिएकोछ ।
यस्तै रौतहटमा ३ जना कोरोना संक्रमित भेटिएका थिए जसमा १ जना निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
तराईक्षेत्रकै धनुषा जिल्लामा १ जना संक्रमित भेटिएका छन् । यस्तै हालसम्म देशकै सवैभन्दा बढी उदयपुरमा ३१ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । जसमा १४ जना निको भएर घर फर्किसकेकाछन् ।
त्यसैगरि भोजपुरमा १ जना कोरोना भाइरस संक्रमित भेटिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएकोछ । पूर्वी जिल्ला नेपाल–भारत सीमासगं जोएिको झापामा २ जना संक्रमित भेटिएका छन् ।
यस्तै नेपालको राजधानी काठमाण्डौंमा यसअघि ५ जनामा कोरोना संक्रमण देखिएको थियो । भने उनीहरु सवैजना निको भएर घर फर्किसकेकाछन् । भने पहाडी जिल्ला बाग्लुङ्गमा २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरु सवैजना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएकोछ ।
नेपाल सरकारले कोरोना भाइरस नेपालमा देखिएसगैं संक्रमित ब्यक्तिको ट्राभल हिस्ट्र अध्ययन गरि उनीहरुको ट्रेसिङ्गको दायरा बढाएकोछ । यसका साथसाथै संक्रमित ब्यक्ति र उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको परीक्षण गर्दा नेपालमा कोरोना संक्रमण बढेको बताइएकोछ ।
हालसम्म नेपाल सरकारले देशभर पीसिआर र किट मार्फत १५ हजार ४ सय ९९ जनाको परीक्षण गर्दा १ सय ९ जना संक्रमित भेटिएका हुन् ।
जसमध्ये महिला ३० जना र पुरुष ७९ जना छन् । भने निको भएका ३१ जनामध्ये महिला ६ पुरुष १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
नेपालमा सवैभन्दा कम उमेरको कोरोना संक्रमित पर्सामा रहेकाछन् । उनी २ महिनाका शिशु हुन् । योे भन्दा पहिले सवैभन्दा कम उमेरकी ७ वर्षिया बालिका नेपालगन्जकी हुन् ।
यी तथ्यांकगतरुपमा हेर्दा नेपालको तराईक्षेत्र कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु भएको प्रष्ट छ । अझ यसअघि नेपालको पूर्वी तराईमा भेटिएका कोरोना संक्रमितमध्ये उदयपुरमा जमातीकै कारण संक्रमण फैलिएको हो । जसलाई सरकारले आधिकारिकरुपमा नभनेपनि अनौपचारिकरुपमा बताइसकेकोछ ।
नेपालमा हालसम्म देखिएका कोरोना संक्रमित मध्ये केहीमा पुनः संक्रमण देखिएपछि उनीहरु उपचारमा आएका थिए । तर, हालसम्म कोरोना भाइरसकै कारण नेपालमा कसैको मृत्यु भने भएको छैन ।