सतिश निरौला
कार्यक्रम संयोजक
‘सद्भाव डटकम टूर दी ठाकुरद्वारा–२०७५’
नेपालगन्ज साइक्लिङ्ग क्लबले आफ्नो साधारणसभा मा १ बर्ष अघि ‘टूर दी ठाकुरद्वार–२०७५’ आयोजना गर्ने निर्णय गरेको थियो । यसको कार्यक्रम संयोजक हुने अवसर मलाई जुर्यो । साथीहरूले गर्नुभएको बिश्वास हरसम्भव पुरा गर्न कुनै कसर बाँकी नराखी कामको थालनी गरेँ ।
हामीले तय गरेको साईकल यात्रालाई सहयोग पु¥याउन ‘टाइटल स्पोन्सर’ बन्न सद्भाव डटकम तयार भएको जानकारी अभियानका महत्वपूर्ण सदस्य सुरेन्द्र कार्कीले दिनुभयो । हर्षको सीमा रहेन । हामी तत्काल सद्भाव मिडियाका एमडी दामोदर भण्डारीलाई भेट्न गयौं । टुर दी ठाकुरद्वारा अभियानका बारेमा विस्तृतरुपमा छलफल भयो । छलफल उपलब्धी मुलक रह्यो । केही नयाँ आयामलाई जोड्ने काम पनि शुरुवात ग¥यौं हामीले । अन्तत अभियान गर्ने तय भयो हामीहरुले सो विषयमा औपचारिक सम्झौता ग¥यौं ।
ततपस्चात अभियानको सुरुवात भयो ‘सद्भाव डटकम टूर दी ठाकुरद्वार–२०७५’ । पश्चिम नेपालकै ईतिहासमा पहिलो पटक गर्न लागेको यो अभियान हाम्रा लागि कोषे ढुङ्गा नै थियो । देशमै मोफसलको मिडियाले सम्भवत यति ठूलो लगानी गरेर गर्न लागिएको साईकल यात्रा कार्यक्रमले हामीमा थप हौसला, प्रेरणा र जोस थुपारिदियो । काठमाण्डौं, पोखरा लगायतका क्षेत्रभन्दा पर, पश्चिम नेपालमा गरिने यो ठूलो साईकल यात्रा भब्य र सभ्यताका बीच सफल पार्ने एक चुनौती र यो अभियान पहिलोपटक गर्न पाउनु हाम्रा लागि गौरवको विषय बन्यो ।
यात्रा तय गर्नु एक सफलता हो । यात्रा सफल पार्न चालिने कदम र त्यससगं जोडिएकालाई होस्टेमा हैसें गराउनसक्नु अर्को सफलता हो । यही मान्यताका साथ हामी साथीहरु आगामी रणनीतिक योजनामा लाग्यौं, जुट्यौं । हरसम्भव प्रयासका बाटाहरु औल्याऔं । हाम्रो अभियानमा साथ र सहयोग गर्ने ब्यक्ति, निकायको खोजीमा जुट्यौं । विभिन्न सरकारी, संघसस्था, ब्यक्तिसंगको लामो प्रयास र छलफलपछि हामीलाई साथ र सहयोग गर्ने सहयोगी हाथहरु हाम्रो अभियानमा अग्रसर भए ।
पश्चिम नेपालमै गरिनलागेको ठूलो अभियान । यसक्षेत्रको प्रर्बद्धन र विकासका लागि उत्तिकै आवश्यक । देशको ध्यायन हामीमाथि केन्द्रित पार्ने र विकासका नयाँ आयामका बाटाहरु पहिल्याउने काम थियो । त्यतीकै हामीलाई आर्थिक र प्राविधिकको कमीले पनि चुनौती थपिरहेको थियो । भनिन्छ, प्रयास नगरेसम्म केही हुदैन । हामी पनि त्यहीरुपमा थियौं । धेरै खाले टिकाटिप्पणी पनि भइरहेका थिए । त्यसका बाबजुत पनि हाम्रो दृढ विश्वास र संकल्पले गर्दा सह्रायिन कार्यमा थप पृष्ठपोषण गर्न सहयोगी हाथहरु अघि बढे ।
नेपालगन्जबाट हिडेको साईकलयात्रीलाई एक रात बस्न र दुई छाक खाना खुवाउने कार्यमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र पर्या पर्यटन मन्च ठाकुरद्वार सहमत भई सवै व्यवस्थापन ग¥यो । नेपालगन्जदेखि ठाकुरद्वारासम्मको यात्रा १ सय किमी, निर्धारित समयमा पुग्नका लागि विहानै यात्रामा हिड्नुपर्ने, बिहानको खानाको चिन्ता । त्यसका लागि बर्दियाको बाँसगढी नगरपालिकाले दिवा खानाको ब्यबस्थापन ग¥यो । यसैगरी यात्रालाई थप प्रोत्साहन र बल दिने काम नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकाको साथ र सहयोगले पृथक रह्यो । हाम्रा यात्राका स्वर्णीम गतिविधिका तस्विरलाई जुगौंजुगका यादगार सम्झना योग्य बनाउन नेपालगन्ज फोटोवाकरको टिमले साथ रह्यो । बिजया स्टिल र नेपालगन्ज बाइसाइकल प्रालिको सहकार्यले थप यात्रामा मलजल ग¥यो ।
यति भैसकेपछी हामीले ७५ जना साइकल यात्रीहरुलाइ नेपालगन्ज देखि ठाकुरद्वार पु¥याउने लक्ष्य सहित अघि बढ्यौं । यसैबीच क्लबका सचिव गगन थापाले विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह दाजुलाइ कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्नुभयो र उहाँले सहभागिता जनाउने प्रतिबद्धता गरेसङ्गै कार्यक्रममा नयाँ आयाम आयो ।
विश्व साईकलयात्री पुष्कर शाह देशकै ईतिहासमा पहिलो पटक पश्चिम नेपाल चिनाउन हाम्रो यात्रामा सहभागि हुने खबरसगैं यो कार्यको गरिमा एकाउक चुलियो । पुष्कर शाहसहितको नेपालगन्ज टू दी ठाकुरद्वारा यात्रा हुने भनेपछि यसक्षेत्रका थुप्रै साइक्लिष्टहरु उत्साहित भए । उनीहरुमा नयाँ जोस अनि जागर थपियो ।
यात्राकै तयारीमा हामीबीच प्यारा साइक्लिस्टद्वय यमलाल रसाइली र युवक लामाले सहभागिता जनाउन राजी भए । उनीहरुको सहभागिता हुने भएपछि यात्राको गरिमा झन् बढ्यो । हाम्रा सम्र्पकमा आएका साईक्लिष्टहरु पनि प्यारा साक्लिष्टद्वय र विश्व साइकल यात्रीको सहभागिता हुनेभनेपछि यात्रामा सहभागि हुन लालयित भए । यसैबीच, मेचीमहाकाली यात्रा पुरा गरेका दाङका रेशम केसि, ६८ जिल्ला भ्रमण गरिसकेका धरानका ओम बानियाँ, भर्खरै ७७ जिल्ला भ्रमण सकेका भोजपुरका तेजप्रसाद पराजुली अनि सुदूरपश्चिमका साहसिक साइक्लिस्ट भरत विक्रम शाह लगायत २ बिदेशी समेत गरि १५ जिल्लाका ४२ साइकल यात्रीले विश्व साइकल यात्री पुष्कर शाहसङ्गै नेपालगन्ज टू दी ठाकुरद्वाराको एक सय किलोमिटर दूरी तय गरे । अझ हाम्रो साइकल यात्रालाई सुन्दर बनाउन ६४ वर्षीय जेष्ठ साइक्लिष्ट नीलले कुनै धक नमानी वयस्क सरह मस्तसगं रमाउदै साइकल चलाउदा यात्रामा सहभागि सबै युवाहरु दङ्ग परे, अझ रोचक किशोर अवस्थाका १९ बर्षे युबक लामा र ४० कटेका यमलाल रसाइलीको जोश, जाँगर, साईकल चलाउने ज्ञान र अनुभवका अगाडी अन्य यात्री चकित भए । उनीहरुको रफ्तार, कन्फिडेन्स र स्फूर्तीबाट सवै दङ्ग परे किनकी ती दुई प्यारा साइक्लिष्ट हुन ।
दुवैजनाको एक–एक खुट्टा छैन । जब उनीहरुले आफ्नो एक खुट्टाका भरमा प्रतिस्प्र्रधीरुपमा साईकल चलाउँदा अन्य साईकल यात्रीहरुलाई आफैसगं प्रतिस्प्रर्धा गर्न थाले । सबैलाई उत्प्रेणा दियो । ५० पुगेका रमेश मल्ल साइकलको पाइडल मार्दै कतिखेर पछाडि पट्टीबाट फोटो, भिडियो खिचिरहेका हुन्थे भने उत्तिखेरै अगाडि पट्टीबाट सेल्फी खिच्न भ्याइ हाल्थे भने कैलालीका भरतविक्रम शाह बेला बेला स्टन्ट दिदँै साइकल कुदाउदै सबैलाई रोमान्चित पार्थे । यात्राका क्रममा सहभागि भएका १३ बर्षीय साया थापाले यसअघि सिङ्गो महिलाहरूको प्रतिनिधित्व गर्दै कर्णाली सम्म साहसिक यात्रा तय गरेकि थिइन् ।
कोहलपुरमा नेपाली क्रिकेटका पूर्व कप्तान एलबि क्षेत्रीको स्वागत, बर्दियाको बाँसगढीमा जमा भएका जनताको स्वागत सङ्गै केदारेस्वर धाममा खाइएको मीठो खाना बिर्सन कहाँ सकिएला ? ठाकुरद्वार पुग्दा मेयर घननारायण श्रेष्ठ, उपमेयर कृस्णा कुस्मी, पर्या पर्यटन मन्चका अध्यक्ष मोहन चौधरी, वडा अध्यक्ष राधा चौधरी र स्थानीय जनताको भब्य र न्यानो स्वागतले दिनभरको सारा थकाइ मेटाइदियो ।
यात्राका क्रममा पुष्कर दाइसङ्ग निकैबेर बातमार्ने अवसर पनि जुर्यो । पाइडलको मार्दै, चक्काको बेगमा जब हामी बबई नजिक पुग्दै थियो पुष्कर दाजुले आफ्नो अतीत सुनाउनु भयो ।
(म जनआन्दोलन २०४६ मा बहुदलीय ब्यबस्थाका लागि गोली खाएको मान्छे, मैले विश्वलाई भूमध्ये रेखाबाट नाप्दा साढे ५ पटक फन्को मारे जति पाइडल मार्दै १५० देशमा नेपालको झण्डा फहराए अनि सगरमाथाको चुचुरो उभिएर गिनिज बुकमा विश्व किर्तीमान कायम गरे । राज्यको नजरमा पर्न सकिन ।) पुष्कर दाजुका भाबुक यी भावनासङ्गै म पनि एकछिन भक्कानिए बास्तवमा आज देश चिनाउने मान्छे रास्ट्रको नाममा रेकर्ड बनाएको मान्छे राज्यबाट कुनै मानसम्मान र अवसर नपाएर पीडित छ । यस्ता तमाम किर्तीमानी नेपालीलाई राज्यले गरेको वेवास्ता प्रति चिन्तित भए । मनमनै सोँचे आज भ्रमण वर्ष २०२० को जिम्मा टोयोटा गाडी बेच्ने बेफुर्सदी उधोगीले पाउँछ । जसको पीआर बिश्वभर छ । तर, जो नेपाली विश्वभर साइकल गुडाएर नेपाल चिनायो उ रित्तो छ । के राज्यलाई विश्वभर चिनाउने एउटा ब्यक्ति सद्भाव दूत बन्नु हुँदैन वा पर्यटन प्रबद्र्धधन सम्बन्धि कुनै निकाय वा कार्यक्रमको जिम्मेवारी दिनुपर्दैन । कहिले डन्डीबियो वा गुच्चा नखेल्ने खेलकुदमा नियुक्त हुने, क्रिकेट नबुझ्ने क्यानको ठुलो पदमा पुग्ने यस्तै–यस्तै प्रवृत्तिले के देश उभो लाग्ला ? मनोबाद गर्दै बबई पुगेको थाहा पाएन ।
यो साइकल यात्राले नेपालगन्ज र ठाकुरद्वारलाई मात्र जोडेन हामीले बागेश्वरी मन्दिर, जुङ्गे महादेव, बाँसगढिमा निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाई हाम्रो प्रदेशको एउटा महत्वपूर्ण र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापित गर्ने प्रयास गरेका छौं । देशको ध्यायन पश्चिम नेपालमा तानेका छौं । हामी प्रमाणित गरिसकेका छौं कि साईकल यात्रा ती काठमाण्डौ, पोखरा लगायतका क्षेत्रमा मात्र सिमित राख्नुहुदैन । एक पटक पश्चिम फर्केर त हेर, यहाँ पनि सम्भावनाका थुप्रै आयामहरुछन् ।
स्वास्थ, पर्यावरण र पर्यटनलाई एउटै शुत्रमा बाँध्ने एकमात्र कार्यक्रम साइक्लिङ्ग नै हुन्सक्छ भन्ने हामीले बुझेका छौं । हाम्रो प्रदेशमा साइकल पर्यटन सम्भव छ, भन्ने बिषयको उठान मात्र होइन प्रमाणित पनि गरेको छ यो यात्राले । यो अभियानबाट हामी धेरै उत्साहित भएका छौं । प्रेरणा र अनुभव प्राप्त गरेका छौं । आगामी दिनमा यसलाई निरन्तरता दिने थप पृथकखाले काय गर्ने संकल्प लिएका छौं । अन्तमा हामीसगं सहकार्य गर्ने सवैलाई हृदयदेखि धन्यबाद । हाम्रो यात्रा जारी छ ।