नक्कली स्वास्थ्यकर्मी गुट्खा सहित पक्राउ


नक्कली स्वास्थ्यकर्मी गुट्खा सहित पक्राउ

ईलाका प्रहरी कार्यालय बर्दिया बाँसगढीले नियन्त्रणमा लिएको स्कुटर र मेघाश्री ।

नेपालगन्ज: बाँकेको कोहलपुरमा लकडाउनमै निजि गाडीमा नेपाल प्रहरी लेखेर अनाधिकृतरुपमा प्रयोग भइरहेको खबर बाहिर आएसगैं बर्दियाका एक ब्यापारिले निजि स्कुटरमा ‘बर्दिया अस्पताल स्वास्थ्यकर्मी’ लेखेर गुट्खा तस्करी गरेको फेलापरेकोछ । ती नक्कली स्वास्थ्यकर्मीलाई बर्दिया प्रहरीले शुक्रबार राती ९ बजे गुट्खा सहित पक्राउ गरेको छ ।

बर्दिया मोतीपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले भे ८ प १४१८ नम्बरको स्कुटरमा ‘बर्दिया अस्पताल स्वास्थ्यकर्मी’ लेखेर स्थानीय ब्यापारि सकिल शेषले मेघाश्री (गुट्खा) ल्याउदै गर्दा उनलाई स्कुटर तथा गुट्खा सहित नियन्त्रणमा लिएको बताए । पक्राउ परेका सकिल स्वास्थ्यकर्मी नभएको प्रहरीले जनाएको छ ।

सरकारले लगाएको लकडाउनका बेला बर्दियाका ब्यापारी सकिल शेषले निजि स्कुटरमा ‘बर्दिया अस्पताल स्वास्थ्यकर्मी’ लेखेर मेघाश्री (गुट्खा) तस्करी गर्दै आएका थिए ।

लामोसमयदेखि सूर्ती तथा सूर्तीजन्य बस्तु लगायतका सामान तस्करी भइरहेको जनगुनासो बढेपछि ईलाका प्रहरी कार्यालय बाँसगढीले अनुसन्धान थालेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीको सुराकीमा शुक्रबार राती ९ बजे जिल्लाको बाँसगढी ७ डेउढाकलाबाट उनलाई नियन्त्रणमा लिइएको ईप्रका बर्दिया मोतिपुरका प्रहरी निरीक्षक ईन्द्रजीतले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार ‘बर्दिया अस्पताल स्वास्थ्यकर्मी’ लेखिएको स्कुटर र ५० पोका मेघाश्री (गुट्खा) सहित स्थानीय ब्यापारी सकिललाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक ईन्द्रजीतले सेतोखरीसंग कुरा गर्दै भने–‘निज ब्यक्तिले लकडाउन उल्लङ्घन गर्दै अत्यावश्यक भन्दा बाहिरका सामाग्री ओसारपसार गरेको पाइएकोछ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया बुझाईनेछ ।’

लकडाउनसगैं बाँसगढी बजारमा ब्यापारीले कालोबजारी गरेपनी सम्बन्धित निकाय मुकदर्शक भएको व्यापक गुनासो बढिरहेकै बेला प्रहरीले निजि स्कुटरमा ‘बर्दिया अस्पताल स्वास्थ्यकर्मी’ लेखेर गुट्खा तस्कर गरिरहेका ब्यापारिलाई नियन्त्रणमा लिएको हो ।

यो पनि पढ्नुहोस्

डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर ....