भारतबाट चिनि ल्याउदैं, लागुऔषध तस्करी गर्दै


भारतबाट चिनि ल्याउदैं, लागुऔषध तस्करी गर्दै

नेपालगन्ज : ईलाका प्रहरी कार्यालय जमुनाहले लागु औषध सहित एक ट्रक चिनि सीमानाकामा पक्राउ गरेकोछ ।

भारतबाट नेपालगन्जतर्फ आइरहेको चिनि लोड गरिएको ट्रकमा लागुऔषध लुकाईछिपाई ल्याइरहेको बेला जमुनाह प्रहरीले लागुऔषधसहित आईतबार बेलुका पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई माधव रिजाल र जिल्ला प्रहरी कार्यालय बाँकेको सिभिल प्रहरीले लागु औषध राखिएको चिनि सहितको उक्त ट्रक पक्राउ गरेको हो ।

सई रिजालका अनुसार ६ सय २० बोरा चिनि लोड गरिएको यूपी ७८ बीसी/२२९५ नम्बरको ट्रक जमुनाह नाकामा चेकजाँच गर्दा चालकको सीटमुनी लुकाइराखेको लागुऔषध ९४ बोतल कोरेक्स बरामद गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ गरिएको चिनि, ट्रक, लागुऔषध र चालक भारत नानपारा निवासी २३ वर्षिय मोनु खाँलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको सई रिजालले जानकारी दिए ।