नेपालगन्ज नर्सिङ्गहोम अगाडी बीच सडकको खाल्डोमा अड्किएको स्कारपियो गाडी । सोमबार राती साढे ९ बजे सो गाडी उक्त खाल्डोमा अड्किएको हो । नर्सिङ्गहोमको मुख्य प्रवेशद्वारमा आफूखुसी खानेपानी सस्थानले पानी पाइप मिलाउने बहानामा सडक खन्दा बनेको खाल्डोमा गाडी फसेको प्रत्यक्षदर्शी बताउँछन् । चालकको सावधानीले दुर्घटना भने हुनसकेन । चारलेनको कालोपत्रे सडकमै यसरी गाडी फसेपछि सोमबार राती उक्त सडक अबरुद्ध भएको थियो ।
गाडी फसेपछि ठूलो जनशक्तिको प्रयोग गरि खाल्डोबाट आधा घण्टापछि गाडीलाई निकालिएपनि उक्त खाल्डो पूर्ने वा मर्मत गर्ने विषयमा खानेपानि कार्यालय, सडक र नेपालगन्ज उपमहानगरपालिका यी तिनै निकायको अहिले सम्म ध्यायन दिन सकेका छैनन् ।