बाँकेमा ६ जना सहित नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि


बाँकेमा ६ जना सहित नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेका ६ जना सहित देशभर २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिका १ गरि थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । जसमध्ये बाँकेको खजुरा गाउँपालिकामा पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा बाँकेसहित विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो ।

यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबार मन्त्रालयले सार्वजनिक गरेको २५ जना कोरोना पोजेटिभ ३ वर्षदेखि ४८ वर्षका ७ महिला १८ पुरुषमा पाइएकोछ । बाँकेको खजुरा गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित फेला परेको हो । खजुरा गाउँपालिका वडा नम्बर ५ का २७ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भने बाँकेकै नरैनापुर गाउँपालिकामा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । नरैनापुर गाउँपालिकामा संक्रमण हुनेहरु क्रमश १७, २०, २८, ३० र ४० वर्षका पुरुष रहेकाछन् ।

यस्तै पूर्वी धनकुट्टा जिल्लामा ५ जना संक्रमित थपिएकाछन् । जसमा ४ पुरुष र एक महिला रहेको मन्त्रालयले जनाएकोछ । संक्रमित हुनेहरुमा २८,२९, ३५ र ३७ पुरुष तथा २४ वर्षिय एक महिला संक्रमित रहेको पुष्टि भएकोछ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफिङ्गमा कपिलबस्तुमा आज बुधबार १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा विजयनगरको क्वारेन्टिनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष रहेकाछन् ।

यस्तै कपिलबस्तुकै महारजगन्ज गाँउपालिकाका ३,४, ६ वर्षका ३ जना बालबालिका तथा एक जना १६ वर्षकी किशोरी संक्रमित रहेकाछन् । यसैगरी सोही गाउँपालिकाका २५ र ३२ वर्षकी महिला संक्रमित रहेका छन् । भने त्यस्तै सोही गाउँपालिकामा १२ वर्षका एक बालक तथा २०, २४ र ३४ पुरुष गरि १३ जना संक्रमित रहेकाछन् ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । ४५ जना उपचारपछि निको भएका छन् ।