कोहलपुर डिएसपी काण्ड : छानविन समितिले आज प्रतिवेदन बुझाउदै

‘कोहलपुरका डिएसपी चन्दमाथि कार्वाही गर्न यो भन्दा बलियो आधर अरु के नै चाहिन्छ र’ : पूर्व एआइजी


दामोदर भण्डारी दामोदर भण्डारी   शुक्रबार, जेठ १६, २०७७
कोहलपुर डिएसपी काण्ड : छानविन समितिले आज प्रतिवेदन बुझाउदै

 

दामोदर भण्डारी
नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दमाथि छानविन गर्न गठित छानविन समितिले आज शुक्रबार प्रतिवेदन बुझाउदै छ । छानविन समितिका संयोजक जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव वहादुर सिंहले एसपी वीर वहादुर वलीलाई प्रतिवेदन बुझाउने छन् ।

कोहलपुरका डिएसपी चन्दमाथि छानविन गरिएको उक्त प्रतिवेद त्यसपछि एसपी वलीले प्रदेश न. ५ का डिआईजी रविन्द्र वहादुर धानुक समक्ष पेश गर्ने छन् ।

लकडाउनको समयमा कोहलपुरका डिएसपी चन्दले स्थानिय माइकल सापकोटालाई उनकै निजि गाडीमा ‘नेपाल प्रहरी’ लेखेर चलाउन अनुमति दिएकाको गाडीको फोटा सहितको समाचार सेतोखरी डटकमले सार्वजनिक गरेपछि डिएसपी चन्द छानविनको दायरामा परेका हुन् । सापकोटाको घर र इलाका प्रहरी कार्यालय कोहलपुर सँगै जोडिएर रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

डिएसपी चन्दले नेपाल प्रहरीको मुल्य र मान्यता विपरित नियम उल्लङ्घन गरेको भन्दै प्रदेश नम्बर ५ का डिआइजी धानुकले डिएसपी चन्द माथि छानविन गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विर वहादुर वलीलाई निर्देशन कडा निर्देशन दिएका थिए ।

डिआईजीको निर्देशन बमोजिम एसपी वलीले जिल्लाका डिएसपी सिंहको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका थिए । ‘छानविन समितिले अनुसन्धान गरी प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदन आज मलाई बुझाउँछ र मैले प्रदेशका डिआइजी संमक्ष पेश गर्ने छु ।’ एसपी वलीले भने ‘डिएसपी सिंहको पनि सरुवा भइसकेकाले सबै काम निप्टाउनु पर्ने छ । छानविनमा कुनै कन्जुस्याइ भएको छैन ।’ एसपी वलीले छानविन समितिको प्रतिवेदन आइसकेपछि दोषी भेटिए कोहलपुरका डिएसपी चन्द माथि कार्वाही हुने वताए ।

विभिन्न प्रहरी अधिकृतहरुले कोहलपुरका डिएसपी माथि कार्वाहीगर्ने प्रशस्त आधार रहेको बताउँछन् । ‘प्रमाण छरपस्टै बाहिरिएको छ, कार्वाही गर्न यो भन्दा बलियो आधर अरु के नै चाहिन्छ र ।’ नेपाल प्रहरीका एक पूर्व एआईजीले भने ‘खासमा त डिएसपीलाई निलम्बन गरेर अनुसन्धान सुरु गर्नु पर्ने हो तर त्यो भएन । सबै कुरा बाहिरिदा बाहिरिदै कार्वाही भएन भने प्रहरी संगठनको शाख गिराउनु हो, यस्ता घटनाहरु मौलाउदै जान्छन् ।’

डिआईजी धानुकले लकडाउनको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चन्दले के कति करणले स्थानीय माइकल सापकोटाको गाडीमा नेपाल प्रहरी लेख्न दिइयो ? र दुवैजनाबीचको सम्बन्ध के हो ? राम्रोसंग अनुसन्धान गरि सवै रिर्पोट तुरुन्त पठाउनु भनि बाँकेका एसपी ओलीलाई निर्देशन दिएका थिए । डिआइजी धानुकको अनुसन्धान निजि गाडीमा नेपाल प्रहरी लेखि चलाउन दिएको विषयलाई लिएर डिएसपी चन्दमाथि केन्द्रित रहेको छ ।


नेपाल प्रहरीका पूर्व डिआईजी टपेन्द्र ध्वज हमालले कुनैपनि ब्यक्तिले निजि गाडीमा नेपाल प्रहरी लेखेर हिड्नु र लेख्न दिनु दुवै कानून विपरित भएको बताए । ‘बहालवाला नेपाल प्रहरीका अधिकृतले त आफ्नो निजि गाडीमा नेपाल प्रहरी लेखेर हिड्नु कानून विपरित मानिन्छ भने, बाहिरको ब्यक्तिले पाउने कुरै भएन ।’ पूर्व डिआइजी हमालले अगाडी भने–‘कसैको निजि गाडी नेपाल प्रहरी लेखेर प्रहरीले प्रयोग गर्छ भने त्यो गाडी पुरै प्रहरीको अधिनमा रहनुपर्छ र चालकदेखि त्यसमा सवार सवै प्रहरी नै रहनुपर्छ । अन्यथा नेपाल प्रहरी लेख्न दिने ब्यक्ति र लेखेर हिड्ने ब्यक्ति दुवै कारबाहीका भागेदार बन्नुपर्छ ।’