गत डिसेम्बर २०१९ देखि चीनको बुहानबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाईरस अहिले विश्वभरी झैलिरहेको अवस्था छ । यसले सबै भन्दा पहिले चीनमा असर पारेको थियो भने त्यसपछी युरोपका धेरै मूलुकमा (खासगरी इटलीमा) असर पार्दै अमेरीका, रुस र भारत समेतमा असर पारेको र हाल नेपाल पनि बिकराल रुप लिएको त सर्बवितितै छ ।
२०७६ चैत्र ११ गते देखि हामी (लकडाउन)बन्दाबन्दीमा बसेको पनि तेस्रो महिना पुग्नथाल्यो । नेपालमा नसोँचेका संख्यामा कारोना भाईरसको संक्रमण पनि फैलिरहेको अवस्था छ । संगसगँै भारतमा अप्रत्यासितरुपमा फैलिएको यो भाइरसका कारण भारतमा कार्यरत नेपालीहरुलाई भारतले रेलसेवा सुरु गरेर नेपाल पठाउने कार्य गरेपछी नेपालमा झनै त्रास फैलिरहेको अवस्थामा नेपालले पनि सजगता अपनाउनुनै पर्यो ।
राजनितिक दलका कार्यकर्ता, नेता र ठुला ब्यापारीहरुले सुरुवाती अवस्थामा सरकारबाट पास लिएर आफ्ना कार्य गरे र पछील्लो समयमा पास पनि नचाहिने भयो । त्यसपछी नेपाल सररकारका कर्मचारीहरु पनि आफ्नो परिचय–पत्र घाँटीमा झुण्डाएर काममा गए, सुरक्षाकर्मीहरु पनि सुरक्षाका लागि काममा ब्यस्त रहे, स्वास्थ्यकर्मी त प्राईम घेरामा नै बस्नुपर्यो । जुनकुरा आवश्यक पनि हो । उनीहरको तलव रोकिएन, भत्ता रोकिएन र काम पनि रोकिएन । जस्लाई आर्थिक समस्या थिएन उनैलाई रोकेन ।
लकडाउन सुरुभएदेखि घरमै बसिरहने भनेका दैनिक कामगरी खाने बर्ग, मजदूर, साना खुद्रा पसले, साना अन्य ब्यावसायीहरु, यात्रुबहाक गाडीहरु र तिनमा काम गर्ने बर्ग, बिद्यार्थी बर्ग घरमै बस्न बाध्य पारियो । यसले गर्दा कामगरी खाने बर्ग भोकले मर्नु पर्यो । आत्म हत्याका घटना भए । घरमा बस्दा मानिसहरुले धेरै समस्याहरु खेप्नु पर्यो । उनीहरुको तलव पनि भएन , साहूले पत्याउँदैन र घरमा भएको खाद्यान्न पनि सकिंदै गयो । सरकारले दिएको राहत हात्तीको मुखमा जीरा भयो । यसले गर्दा यस देशमा समस्या दिन प्रतिदिन थपिंदै गयो ।
बिदेशमा समस्या बिदेशमा रोजगारीकालागि गएका नेपाली दाजुभाइहरु पनि समस्यामा परे । कम्पनीले काम रोक्यो । आफूसंग भएको पैसाले केही दिन त धान्यो तर पछी त्यसले पनि काम गर्न छाडेपछी बिदेमा भउका नेपालीले खान समेत पाउन छाडे । भारतबाटमात्र सयौं नेपाली हिडेर नेपालको आफ्नो घरको यात्रा तय गरे । कतिपय त्यहीं बाटोमै ज्यान गुमाउन पुगे भने कतिले निकै मुस्किलले आफ्नो परिवार भेट्टाए । नेपालमा भन्दा बिदेशमा नेपालीले कोरोना भाईरसका कारण ज्यान गुमाउनु पर्यो ।
नेपालमा करिव ११ जनाले कोरोनाकारण ज्यान गुमाए भने बिदेशमा एक सय भन्दा बढीले ज्यान गुमाउनु पर्यो । त्यहां रहेका नेपालीले न नेपालको माया पाए न आफ्नो परिवारको । यस्तो अवस्थामा न आफ्ना जनता ल्याउन सक्ने न त्यही देशलाई पढाईदिन अनुरोध नै गर्न सक्ने भयो । तर अहिले सम्बन्ति देशले आफ्नै खर्चमा नेपालीहरुलाई स्वदेश पढाउने कार्य थालेको छ त्यो स्वागत योग्य पनि छ ।
वस्तवमा क्वारेन्टिनमा बसन बाध्य पनि तिनै दुःखी गरिव जो अरु देशमा गएर काम गर्ने बर्ग नै प¥यो । नेपालका धेरैजसो क्वारेन्टिनहरु पनि मापदण्डअनुरुप बन्न सकेनन् । कतै गोठमा क्वारेन्टिन बनाईएको छ भने धेरैजसो ठाउँमा बिद्यालयहरुलाई बनाईएको छ । अब्यवस्थित तरिकाले एउटै कोठामा धेरै मान्छेहरुलाई राखिएको अवस्था छ । यो अब्यवस्थित क्वारेन्टिनका कारण नबढ्ने कोरोनाको संक्रमण पनि बढीरहेको अवस्था छ ।
कोरोना टेष्टमा समस्या वास्तवमा आर.डि.टी. टेष्ट भरपर्दो छैन । यो गर्दै नगर्नुहोस भनेर बिभिन्न बिज्ञ र बिज्ञ संस्थाहरुले भनिरहँदा समेत नेपालमा भने त्यही बिधि धेरै अपनाईएको छ । संक्रमितको मृत्यु पछी कोरोना पुष्टि यसैको कारण हो । धेरैजसो केसहरु संक्रमितको मृत्यु पश्चात कोरोना पुस्टी भएका केसहरु छन । अच्चम के भने उक्त संक्रमितको संपर्कमा आएकाहरु पनि पुनः संक्रमित हुन सक्छन् र उनीहरुलाई पनि फेरी आर.डि.टी. टेष्ट नै गरिदै छ । यस्ता असुरक्षित बिधिले नेपाल झन ठुलो समस्यामा पर्ने हो की भन्ने आशंका बढीरहेको छ ।
अव नेपालमा कोरोनाका कारणले भन्दा भोकको कारणले धेरै नेपालीको मृत्यु हुन सक्छ । कर्णाली प्रदेशको प्रशंग फरक छ । यहाँ खेतियोग्य जमिन कम छ । खेति गरेर वर्षभरी खाना पुग्दैन । नेपाल सामान्य अवस्थामा रहँदा समेत (कान्तिपुर १६ पौष २०७५ मा) ७ प्रतिशत कर्णालीबासी कम्तीमा एक दिन भोकै बस्नु परेको सरकारी तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रिय तथ्याङ्क बिभागले तयार पारेको प्रतिवेदन अनुसार आय आर्जन र स्थानिय श्रोत साधन लगाएत अभावले भोकै बसनु परेकोे देखाएको छ ।
यो अवस्थामा नेपालका कतिपय परिवारहरुले बिगत हप्तादेखि खोले र जाउलो बनाएर खान थालेका छन् । वनमा गएर गिठा खनेर ल्याएर खान थालिसकेका छन् खानाकोरुपमा ।
वास्तवमा गिठा भ्याकुर पनि खाने चिज हो तर खानाकैरुपमा वा छाककै रुपमा खाएर बाँच्न भने अवश्य गाह्रो हुन्छ । यसले मात्र शरीरको पौष्टिक तत्व पुरा गर्न सक्दैन । तपाई सरकारका प्रतिनिधीहरु, जन प्रतिनिधीहरु ती बस्तीहरुमा गएर अवलोकन गर्नु भए राम्रो हुने थियो ।
नेपाल सरकारले सबै नेपाली धनी छन् भनेर आँकलन गर्यो । तर, एडिबि (एशियन डेभेलोपमेन्ट बैंक)को प्रतिवेदनले भन्छ कि अझै पनि नेपालमा २१ प्रतिशत मानिसहरु गरिवीको रेखामुनी (दैनिक १.९ अमेरिकी डलर भन्दा कम आम्दानी हुने) छन । बेरोजगारी दर १.४ प्रतिशत छ । र, राष्ट्रिय योजना आयोगको प्रतिवेदनले भन्छ २८.६ प्रतिशत जनता बहुआयामिक गरिवीमा छन । यसमा कर्णाली अझ प्रताडित छ ।
वीरेन्द्रनगर नगरपालिकाको १६ वटै वडामध्य वीरेन्द्रनगर नगरपालिका वडा नंं. १ देखि १२ सम्मको क्षेत्रमा धरै कामगरी खाने बर्गहरुको बसोवास छ । खासगरी खोर्के खोला, ईत्राम खोलाको क्षेत्रमा कामगरी खाने बर्ग धेरै देख्न सकिन्छ ।
यसैगरी वडाका अन्य क्षेत्रमा पनि गरिवी ब्याप्त नै छ । थोरै जमिन भएका र असंगठीत क्षेत्रमा काम गर्ने, दैनिक ज्याला मज्दुरी गरेर खाने जनसमुदायको संख्या ठुलै छ । त्यसैगरी कर्णाली प्रदेशभरी थुप्रै जनसमुदाय गरिवीको रेखामुनी भएको बिभिन्न तथ्याङ्कहरुले देखाउँछ ।
खरायोको गतिमा कोरोना संक्रमण , कछुवा गतिमा स्वास्थ्य मन्त्रालयको गति देखदा अच्चम लाग्छ । यसकालागि टेष्टको गति बढाउने, क्वारेन्टिनको स्तर उन्नती गर्ने र पीसिआर टेष्टलाई बढाएर नेगेटिभलाई घरमा पठाइने र पोजेटिभलाई थप उचार गर्नेरी आईसोलेशमा राखेर उपचार गर्ने गर्नु भएमा राम्रो हुने थियो भने लकडाउनलाई खुकुलो पार्दै लैजानु पर्दछ । जय जनता