क्रिकेटर अभिनास बोहराको स्वागतमा आयोजित कार्यक्रममा शुभकामना दिदै प्रदेश सांसद एवं ओलम्पियन सुरेन्द्र हमाल ।( तस्विर विजय मल्ल /सद्भाव)
नेपालगन्ज: नेपाली क्रिकेट टिमका सदस्य तथा भखरै युएइ सम्पन्न टि-२० क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरिज घोषित अभिनास बोहरा आफ्नो गृह नगर नेपालगन्जमा आज भव्य सम्मान सहित नगर परिक्रमा गराइएको छ ।
बाँके जिल्ला क्रिकेट संघको अगुबाइमा बुधबार बिहान पुस्पलाल चोकबाट शुरु भएको नगर परिक्रमा धम्बोझी बिपि चोक हुँदै त्रिभुवन चोकमा पुगेर समापन भएको क्रिकेट संघका बाँके अध्यक्ष दुर्गाबहादुर थापा मगरले बताए । सम्मान कार्यक्रममा बाँकेका खेलप्रेमी, खेलाडी नगरबासीहरुको उल्लेख्य सहभागी रहेको थियो । सम्मान कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमालले आफू पनि पुर्ब खेलाडी भएकोले खेलाडी को समस्या सधै हातेमालो गरेर अगाडि जाने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नगरपालिकाको तर्फबाट पनि बोहरालाई सम्मान कार्यक्रमको आयोजना गर्ने बताईन् । थापाले अहिले कार्यबिधी निर्माणको क्रममा रहेकाले छिटै सम्मानको कार्यक्रम राख्ने बताईन् ।
संघका अध्यक्ष थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा क्यान का केन्द्रिय सदस्य संन्जयराज सिंह, खेलकुद बिकास समिति अध्यक्ष आतंक बस्नेत प्रशिक्षक दिपेन्द्र प्रताप सिह लगाएतको सहभागी रहेको थियो । बोहोराले पहिलो खेलमा एक दोस्रो खेलमा तीन तेस्रो खेलमा दुई बिकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए । बाँके जिल्लाको हुँदै मध्यपश्चिमको प्रतिनिधित्व गरेर थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।