मङ्गलबार थपिए ३२३ जना, ९६ जना डिस्चार्ज, ७२ जिल्लामा संक्रमण फैलियो
नेपालगन्ज: नेपालमा कोरोना संक्रमणको सख्या चार हजार बढि पुगेकोछ । नेपालमा मङ्गलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसगैं कोरोना संक्रमणको संख्या ४ हजार ८५ पुगेकोछ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ३ सय २३ जनामा संक्रमण देखिएको हो ।
यस्तै नेपालमा हालसम्म ५ सय ८४ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका हुन् । जसमध्ये बाँकेका मात्रै २९ जनाले कोरोना जितेर घर फर्केकाछन् । योसगैं बाँके जिल्लामा कोरोना जित्नेको संखया ९७ पुगेकोछ । प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।
ईलाम जिल्लामा आज मङ्गलबा पहिलो पटक एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । हालसम्म ईलाममा संक्रमण देखिएको थिएन ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ईलाममा एक जनामा कोरोना पोजेटिभ देखिएको हो । ईलाममा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्ला ७२ पुगेको छ ।
हालसम्म नेपालमा ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार दिउँसो साढे ४ बजेसम्म नेपालमा ४ हजार ८५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये ५ सय ८४ जना उपचारपछि निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।