माघे झरीले जनजिवन कष्टकर बन्दै

बाजुरामा पुनः हिमपात, ट्रेकिङ्ग नजान मौसविद्को सुझाव


माघे झरीले जनजिवन कष्टकर बन्दै

हिमपात : प्रतिकात्मक तस्विर

नेपालगन्ज : मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले यतिवेला नेपालगन्ज सहित देशको पश्चिमी क्षेत्रमा वर्षा हुनुका साथै हिमपात भइरहेको छ । आज विहान नेपालगन्ज, पूर्व काठमाण्डौं लगायतका देशभरका क्षेत्रमा वर्षा भइरहेको मौसम विद्हरुले बताएकाछन् । उनीहरुले यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ सर्ने र वर्षा हुने बताए । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ । बाजुरा, दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा भने भारी हिमपात भएको छ ।

बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा बढ्दै गएको छ । हिमपात र वर्षासँगै बढेको चिसोले यहाँको जनजीवन कष्टकर बनेकोे छ ।
एकसाता अघिदेखि हिमपात रोकिएर बाजुरामा घाम लाग्न थालेपनि पुनः बुधबारबाट हिमपात शुरु भएपछि बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सीमानाको पोरखे लेकमा बाक्लो हिउँ पर्दा सडक ढाकिएर सेताम्मे भएकोे छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुनः अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बताउछन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पार्नेछ । काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभाव हुने छ । सुदूरपश्चिमका जिल्ला बाजुरा, दार्चुला, हुम्ला, डोल्पा लगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यसक्षेत्रको जनजीवन कष्टकर भएको छ ।

माघे झरीले नेपालगन्जमा चिसो बढ्यो
मङ्गलबार विहानदेखि मौसममा आएको परिर्वतनले यसक्षेत्रको जनजिवन कष्टकर बनेकोछ । मङ्गलबार विहान अबेरसम्म बाक्लो कुहिरो लागेसगैं ह्वात्तै चिसो बढेकोछ । पश्चिमी बायूको प्रभावले हिजो बुधबार नेपालगन्ज लगायतका क्षेत्रमा वर्षा भयो । केहि बेर पानी पर्ने र रोकिने गर्दा यसक्षेत्रको जनजिवन कष्टकर बनेकोछ । आज (बिहीबार)विहानैदेखि परेको सिमसिमे पानीले यहाँका जनतालाई चिसोको अनुभूति दिलाएकोछ । यतिवेला आकाशमा बादल रहेतापनि मौसममा सुधार हुने छाँट देखिदैन ।

Kanti Aarogya Hospital Nepalgunj

सतर्क रहन र ट्रेकिङ नजान सुझाव
पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा मौसम पूर्वानुमान महाशाखाले औंल्याउँदै केही दिनका लागि ट्रेकिङ नजान सुझाव दिएका छन् । मौसमविदका अनुसार सो क्षेत्रमा हिम पहिरो जाने, चिसो बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् खतरा हुने भन्दै यस्तो सुझाएको हो ।

न्यानो बन्न सुझाव
माघको अन्त्यतिर भएको वर्षाले यस क्षेत्रको जनजिवन थप कष्टकर भएकोछ । यस वर्षको चिसो समयमा पनि हुनुपर्ने चिसो नभएपछि गर्मी बढि हुने अनुमान लगाइरहेका नेपालगन्ज लगायत यस क्षेत्रका स्थानीयले यतिवेला चिसो महसुस गरिरहेकाछन् । चिसोले बालबालिका, बृद्धबृद्धा र विरामीलाई बढि प्रभाव पार्ने भएका कारण यसवेला शरीरलाई न्यानो बनाई राख्न चिकित्स सुझाव दिन्छन् । पानीमा नरुझ्न पनि उनीहरु सुझाउँछन् ।

हवाई उडान प्रभावित
यतिवेला हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरीने हवाई सेवा अवरुद्ध बनेको छ । बिहीबार मौसममा आएको बदलीका कारण नेपालगन्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको हो । कर्णालीको राजधानी सुर्खेत र नेपालगन्जबाट कर्णालीको हुम्ला, डोल्पा लगायतका जिल्लामा हवाई सेवा ठप्पछ । मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ ।