नेपालगन्ज: कोरोना भाइरसका कारण विश्वजगत त्रासमा रहेको बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेकाछन् ।
भारत महाराष्ट्र मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा उनले आत्महत्या गरेका छन् । यद्यपी उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।
बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई यो कुराको जानकारी दिएका हुन् ।
टीभीबाट आफ्नो करियर सुरु गरेका सुशान्तले पछिल्लो केही वर्षमा ठूलो पर्दामा काम गरेका थिए ।