क्लियर टिभीमा अनलाइन कक्षा शुरु


क्लियर टिभीमा अनलाइन कक्षा शुरु

नेपालगन्ज : नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले यस बिषम परिस्थितिमा बिद्यार्थीबर्गहरुको पठन–पाठनमा अबरोध नहोस् भनि क्लियर टिभी सेवामा ई–कक्षा प्रसारण शुरु गरेको छ ।

ई–कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारित छ । कक्षा ४ देखि १० कक्षा सम्मका बिद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिच्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समाबेस गरि च्यानलको प्रसारण शुरू गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

विज्ञान, समाजिक शिक्षा, अगँे्रजी, हिसाब र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई–कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि शुरु हुनेछ । बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारीका लागि ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्राप्त गर्न सक्नेछन् ।

क्लियर टिभी सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सेवा हो जसले पीइजी–४ स्टाण्र्डड डेफिनेसन र हाइ डेफिनेसन च्यानल केबल मार्फत कन्डिसनल एसेस सिस्टम (क्यास) को प्रयोग गरि सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।