File Photo
नेपालगन्ज : देशमै पहिलो पटक क्वारेन्टिनबाट भागेका कोरोना संक्रमितलाई डिस्चार्ज गरिदैँछ । कोरोना पोजेटिभ देखिएका संक्रमितलाई आइसोलेसनको व्यवस्था नभएपछि केही दिनका लागि क्वारेन्टिनमै राखिएको थियो । क्वारेन्टिनमा रहेका कोरोना संक्रमित भागेपछि उनको खोजी गरिएपनि उनलाई बाँके प्रहरीले फेला पार्न सकेन ।
क्वारेन्टिनबाटै फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका ३५ वर्षिय कोरोना संक्रमितलाई आज डिस्चार्ज गरिन लागेको हो । बाँकेको जानकी गाउँपालिका वडा नम्बर–१, साइगाउँ स्थित आइसोलेसनबाट जेठ २७ गते ती पुरुष भागेका थिए ।
जानकी गाउँपालिका वडन नम्बर–१, साईगाउँ स्थित श्री माध्यमिक बिद्यालय जोगागाउँको आइसोलेसनमा रहेका नेपालगन्ज १२, कोरियनपुर निवासी ती संक्रमितले रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर भागेका थिए । लगत्तै बाँके प्रहरीले उनको खोजी गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।
जानकी गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष मोहमद राजा राईका अनुसार उनी भारततिर भागेको अनुमान गरेका छन् । आइसोलेसनबाट भागेका ती ब्यक्ति नियन्त्रणमा नआउनु र कोरोना मुक्त भएको भन्दै कागजी रुपमा डिस्चार्ज गरिदाँ यसले बाँकेको स्वास्थ्यमाथि ठूलो चरम लापरबाही भएकोछ ।
यसरी क्वारेन्टिनबाटै कोरोना संक्रमित भागेको बाँके जिल्लामा पहिलो घटना हो । अझ देशमै क्वारेन्टिनबाट भागेकालाई डिस्चार्ज गरिन लागेको पहिलो घटना हो ।
यसबीच बाँकेको जानकी गाउँपालिकामा रहेका फरार ती संक्रमितसहित ४१ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिदैंछ । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ स्कुलमा बसेका ४१ जनालाई आज घर पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टिनमा बसेकाहरु १५ औं दिनमा डिस्चार्ज गरिदैछ । यसरी आज डिस्चार्ज गरिन लागेकोमा जानकी गाउँपालिकामा शुरुवातदेखि भेटिएका कोरोना संक्रमितसहितलाई डिस्चार्ज गरिन आवश्यक तयारी पुरा गरिएको फोकल पर्शन श्रेष्ठ बताँउछन् ।
यद्यपी जानकी गाउँपालिकाको जोगाउँमा रहेको क्वारेन्टिनबाट भागेका नेपालगन्ज– १२ कोरियनपुरका कोरोना संक्रमित भारतमा रहेको बताइएको छ । उनको पनि डिस्चार्जको लिष्टमा नाम परेकाछ ।
बाँकेमा यो ४१ जना सहित अहिलेसम्म २ सय ५० जना डिस्चार्ज हुने फोकल पर्शन श्रेष्ठले बताए । उनीहरुको रिचेक नगरि घर पठाइन लागेको हो ।
यो समाचार पनि पढ्नुहोस्