एकाबिहानै, त्यो सानो गाउँको वातावरण नै अति रमणीय थियो । आज धेरै वर्षपछि सबैको अथक प्रयासले खोल्टी गाउँमा पानीको धारा पुग्दै थियो । कसैको तल्लो गडोबाट अनि कसैको मल्लो गडोबाट पानीको पाईप लाईन जादैँ थियो । पुर्खौ देखि तल्लो गाँउको पुछारबाट पानी बोकेर ल्याउनुपर्थ्यो ।
अनि जस्को घरमा पानी बोक्न सक्ने ब्यक्ती थिएन उस्ले झनै सास्ती पनि बोक्नु पर्थ्यो । अब नजिकै गोरा पर्ब पनि आउने वाला छ । कमेरोले घरमा रङ्ग लाउन सजिलो हुने भयो भन्दै तिखुरे र उसकी श्रीमती सन्ध्या सार्है खुशी थिए ।
तिखुरे : जाँडे त, निको भयो पानी आयो, अब हम्ले पानी बोक्ने दुःख गर्नु पर्दैन, मालईमा (दैलोमा) नै अबधारा हुन्छ ।
सन्ध्या : ईसरी नै बिजुली आई दिए हुन्थ्यो, नाई होत ।
तिखुरे: मुखिया, गाउँले लागिर्यान्, हेरकि हुन्छ्, देबता निकोई गरालो ।।
त्यतिकैमा झालुवार काले गोरु अघि–अघि लाउँदै, दामोदर त्यताबाट आएको देखेर तिखुरे र सन्ध्याको ध्यान त्यतातिर जान्छ, अनि तिखुरे सोध्छ,
तिखुरे : कब आए दामे, भारत बठे । अब के यतै बस्ने हो ?
दामोदर : अब यहि बसेर गाउँको बिकास गर्ने हो, उता धेरै बसियो, सिकियो अब यतै बसी कालो चुकको ब्योपार गर्दे हुँ । कालो चुकको राम्रो माग छ, सबैतिर ।
तिखुरे : अला, कालो चुकको पनि ब्यौपार हुन्छ र ? योत हाम्रो गाउँ तिर मात्रै खान्छन् त ? शहर बजारको मान्छेले त यस्लाई मन पराउँदैनन होला ?
दामोदर : त्यसो नाई हो, तिखुरे दाई, हामीले एउटा कुरा के बुझ्नुपर्छ भने, आजकल शहर बजारका मान्छे, प्राकृतिक र शुद्ध खानेकुरा तिर आकर्षित भएका छन् । गाउँमा पाईने खाध्य बस्तु, पैदावर, दुध, दहि, घ्यु, गेँडागुडी, अन्न पात जे पनि त्यहाँ राम्ररी बेच्न र पैसा पनि कमाउन सकिन्छ । हामीलाई यस्तो बस्तु तयार गर्न धेरै पैसा पनि चाहिँदैन । हामीले बिदेशको भुमीमा गएर गर्ने श्रम जत्तिकै यहाँ मेहेनत गरे पुग्छ । घरै बसीबसी रोजगार पनि पाईन्छ । अब मैले बुझीसकेँ, बिदेशको मोटा डसनाको ओछ्यान भन्दा हाम्रै पाँड(बार्दली) को खाटको निद्रामा बढी मजा छ । यहाँ के गर्ने भन्ने कुरोमा पनि आफुले नै पहिले गरी राखेको कुरालाई ब्यवस्थित रुपमा ब्यवसायिक तरिकाले अघी बढाउन सके पुगी हाल्यो नि । देश पनि आत्म निर्भर हुने, आफुलाई पनि स्वरोजगारले टेवा पुर्याउने ।
ति दुबैको यत्रो बेरको कुरो सुनेपछि, सन्ध्याले पनि मनमनै भनि, एक किसिमले दामोडर बाबुको कुरो अति उत्तमछ । हामी परिवारलाई पनि बिदेशिएकाहरुको चिन्ता नहुने, रोजगार पनि हुने, घरपरिवार पनि सँगै बस्न पाईने ।
म पनि घरमा पालेको दुई वटा बाख्रालाई बढाएर दसबिस वटा पुर्याउँकी क्या हो ? यस्ले पनि त राम्रै आम्दानी हुनसक्छ होला । गाउँको वरिपरी फागला (चरन)को कमी पनित छैन ।
दामोदर फेरी भन्दै थिए,आफुले खाने उब्जाउने, पाल्ने, बुन्ने, जे को नि ब्यापार हुनसक्छ, यो के कम हो ।
आज नेपालगँज तिरका हाम्रा नेपाली दाजुभाईले तरकारी खेती गरेर राम्रै आम्दानी गरेकाछन् त, उनीहरुको जस्तै हामीले यता तिर फल्न सक्ने तरकारी, फलफुल उत्पादन गर्न सके के बिक्री हुँदैन र ?
तिखुरे : ए साँच्चै एउटा कुरो सोध्ने मन थियो, तिमी देश बिदेश पुगेकालाई पक्कै थाहा होला । यो कालापानी, लिम्पियाधुरा र लिपुलेखको के कुरो हो ?
दामोदर : ए तिखुरे दाई सन्ध्या बौज्यु –भाउजु) कालापानी मात्रै होईन्, सुस्ता लगायत अन्य कतिपय ठाउँमा हाम्रो मुलुकको जग्गा छिमेकीले आफ्नो हो भनेर भनीरहेको अवस्था छ, यथार्तमा त्यो हाम्रो जग्गा हो अनि हामीसँग यथेष्ट प्रमाणहरु पनि छ । हामी सबै मिली त्यो भू–भाग आफ्नोतर्फ ल्याउनुपर्छ । यो देश हाम्रो हो, हामीलाई अरुको जमिन चाहिएको छैन, तर आफ्नो भूमी अरुलाई दिँदा पनि कदापी दिन्नौ ।
यसरी र यस्तै कुराहरु गर्दै, दुबै टोली आ–आफ्नो बाटो लाग्छ, अनि दामोदर चाहिँ पुरै गाउँ र छिमेकी गाउँबाट समेत सम्पूर्ण निबुवा र कागती किनेर त्यसलाई राम्ररी पकाएर कालो चुक उत्पादन गरी काठमाण्डौ, पोखरा लगायत ठूलो शहरहरुमा बिक्री गरी पैसा कमाउने उच्च मनसा तर्फको योजना बनाउँदै खेत तर्फ जान्छ ।
होहो माले होहो, होहो काले होहो,
मुठ्ठीको शक्ती होहो, देशको भक्ती होहो...