भर्चुअल कक्षाको औचित्य कति ?


भर्चुअल कक्षाको औचित्य कति ?

देशमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाईरसको महामारीका कारण यो महामारी सकिएको अवस्स्थामा पनि सबै भन्दा ढीलो खुल्नसक्ने संस्था हुन सक्छ भन्दै गत शोमबार प्रधानमन्त्रीले अब ५० लाख बिद्यार्थीहरुले बिना कुनै समस्या भर्चुअल कक्षा वा रेडियो, टि.भि. वा ईन्टरनेट द्वारा बिद्यार्थी पढाउने घोषणा गर्नुभएको छ ।

सरकारले बैकल्पीक शिक्षा निर्देशिका २०७७ जारी गरेर बैकल्पीक सिकाई पद्धतीको गाईडलाईन अनुसार स्थानीय सञ्चार माध्यमलाई अभिमुखिकरण गर्ने र यसलाई स्थानीय तह सम्म नै पुर्याउने लक्ष्य यस पद्धतिले लिएको छ । तर, कति प्रतिशत बिद्यार्थी यी माध्यमको पहूँचमा छन् ? कर्णालीको प्रशंग जोड्ने हो भने बिद्युतको पहूँच २७ प्रतिशत जनता संगमात्र छ । कतिपय ठाँउमा रेडियो राम्रो संग टिप्दैन । सबै भन्दा बढी पहँच रेडियो नेपालको छ, तर, सबै स्थानमा टिप्दैन । धेरै बिद्यार्थी टिभिको पहुँचमा छैनन् । अझ धेरै बिद्यार्थी ईन्टरनेको पहुँचबाट धेरै टाढा छन् ।

तर, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले कोभिड–१९ को महामारीको कारण देखाउँदै घरबाटै सिक भनेर भन्यो । अन्य प्रदेश भन्दा कम विकसित प्रदेश कर्णालीले भने कक्षा १ मा बिद्यार्थी भर्ना दर ९७.३ प्रतिशत गर्न सफल भयो । यो प्रगति भने नेपालले समग्रमा रुपमा गरेको मान्नु पर्दछ (MOE 2017) । विश्वलाई हेर्ने हो भने साक्षरता दर भारतको ९१.६६ प्रतिशत, मालीको साक्षरता दर ५०.१३ प्रतिशत र नेपालको साक्षरता दर ९२.३९ प्रतिशत देखिन्छ । युवा निरक्षर जनसंख्या (१५–२४ वर्ष) हेर्ने हो भने भारत ५,०५,३७,८९७ देखिन्छ भने नेपालको ४,८१,०१५ देखिन्छ । त्यस्तै बिद्यालय उमेर समूहका दुबै लिङ्गका बिदालय बाहिरका बिद्यार्थीको जनसंख्या हेर्ने हो भने भारत २८,८७,७४८, पाकिस्तान ६०,०५,९७८ र नेपालको १,०३,३८४ संख्या अझै पनि बिद्यालय बाहिर छन् र विश्वभर बिद्यालय उमेर समूहका प्राथमिक तहका ५,९१,४०,५७१ बिद्यार्थी बिद्यालय बाहिर छन् (UIS Statics 2018) ।

यस परिप्रेक्षमा नेपालको यस वर्षको भर्ना अभियान कता जाने हो ? कति भर्ना भए र कति वा को–को भर्ना हुन बाँकी छन् जस्ता बिषयमा कस्ले निगरानी गर्ने हो ? यो कुरा थाहा छैन । हालसम्म बिद्यार्थी र शिक्षक बीच एउटै कक्षामा बसेर एक आपसमा अन्तरकृया गरेर सिकाई प्रकृयामा अभ्यस्त हाम्रा बाल बालिकाहरुले ईन्टरनेटका बिभिन्न एपहरु प्रयोग गरेर र बिभिन्न समय तालिकामा प्रशारण हुने रेडियो, टिभिका कार्यक्रम सुन्न र हेर्न समयको तालमेल मिलाउन सक्लान ? वा उनीहरुलाई भर्चुअल कक्षा लिनका लागि सिकाउनु पर्दछ कि ? किन भने कतिपयसंग एण्ड्रोईड मोबाईल पनि छैन । अभ्यास पनि फरक समयमा भएको छ र अलिकति समय घरको काममा वा बुवा आमालाई सघाउनु पर्ने बाध्यता छ ।

Kanti Aarogya Hospital Nepalgunj

अप्ठ्यारो ईन्टरनेट र टिभि च्यानल

केही नगरपालिकाहरु, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रका बिदार्थीहरुको लागि यो बैकल्पीक बिधि सहज जस्तो होला तर, अधिकांश गाउँपालिकाहरुमा बिद्युतको ब्यवस्था छैन । राष्ट्रिय योजना आयोगको तथ्याङ्क २०१८ ले भन्छ : २१ प्रतिशत जनता दैनिक एक अमेरिकी डलर भन्दा कम आम्दानी भएका चरम गरिबी र २९ प्रतिशत जनता बहुआयामिक गरिबीको चपेटामा छन् ।

यो अवस्थामा रहेका जनताको घरमा टिभि र ईन्टरनेट नभएका घरका बालबालिकाहरुले कसरी पढ्न सक्छन ? लगातार बन्दा बन्दीका कारण टिभिको रिचार्ज पाउँदैनन् । कतिका घरमा टिभिको रिचार्ज नपाएर टिभि बन्द छन् । सबैभन्दा धेरै कभरेज भएको रेडियो नेपाल नेपालको धेरै दुर्गम जिल्लामा सहजै राम्रोसंग टिप्दैन (स्याँ–स्याँ) गर्दछ रेडियोले ।

आईटिसी अभ्यास र प्रयोगमा कमी

वास्तवमा नेपाली बिद्यार्थी खासगरी सामुदायिक बिद्यालयमा पढ्ने र दुर्गमका बिद्यार्थीहरुसंग यो भर्चुअल बिधिबाट पढ्ने र पढेको कुरा बुझेर त्यसलाई ब्यवहारमा ल्याउन सक्ने अभ्यास नै कम छ । अमेरीका, चेकोस्लाभाकिया र अन्य युरोपियन देशहरुमा जस्तो हरेक बिद्यार्थीहरुको हातमा एण्ड्रोईड मोबाईल र घर–घरमा ईन्टरनेट हुनु पर्दथ्यो । त्यो अवस्था पनि हाम्रो नेपालमा छैन । बिगतमा अभिभावकहरु र बिद्यालयहरुले कक्षा १० सम्मका बिद्यार्थीहरुलाई मोबाईल नदिने अभ्यास थियो ।

कुनै एक बिद्यालयले आधारभूत र माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुको मोबाईल खोसिदिने गरेको थियो । अनि उनीहरुले मोबाईल चलाउने अभ्यास पूर्णरुपले गर्न पनि पाएनन् । दीर्घकालिन सोँचको कमी देखियो । तर, कुनैपनि चिज बस्तुको प्रयोग औचित्यपुर्ण हुनु पर्दछ । बिद्यार्थीले फेसबुक चलाउने, गेम खेल्ने र यूट्युबमा अनावश्यक कार्यक्रमहरु बढी हेर्ने पनि गरे, पुस्तक नपढ्ने मोबाईलमै धेरै समय बिताउने र यसका कारण बाल बिवाह हुने गरेका घटना बढेको तथ्यहरु प्रकाशमा आएपछी बिद्यालयहरु र अभिभावकहरुले उनीहरुलाई मोबाईलमा प्रतिबन्ध लगाएका होलान् पनि भन्न सकिन्छ । धेरैजसो बिद्यालयहरुमा कम्पुटर शिक्षकहरुको अभाव छ । देशभर कति बिद्यालयहरुले बैकल्पिक कक्षा सञ्चालन गरेका छन् सरकारसंग तथ्याङ्क पनि छैन ।

अव के गर्न सकिन्छ ?

सरकारले हरेक बिद्यालयहरुमा कम्पुटर शिक्षकको ब्यवस्था गर्नु पर्यो र बिद्युत नपुगेका बिद्यालयहरुमा ठूलो स्केलको सोलार प्यानल जडान गरेर बिद्यालयहरुमा बिद्युतकीरणको आवश्यत्ता छ । सबैको घरमा ईन्टरनेट सुबिधा दिनु पर्यो । यसका लागि प्रदेश सरकार र स्थानीय सरकारले शिक्षाको बजेट बढाएर पैसा तिर्न नसक्ने अभिभावकहरुलाई ईन्टरनेटको सुबिधा दिनु पर्यो । त्यसैले भनिएको हो शिक्षामा जम्मा बजेटको कम्तीमा २० प्रतिशत बजेट छुट्याउनु पर्दछ भनेर । जय शिक्षा