नेपाल र भारत : रोटीबेटीको सम्बन्ध


नेपाल र भारत : रोटीबेटीको सम्बन्ध

हिजोआज कहिलेकाहिँ नेपाल–भारतबिचको रोटीबेटीको सम्बन्धको पनि चर्चा हुने गर्दछ । दक्षिणतिरको सम्पुर्ण भुभाग भारत सित सिमाङ्क्रीत तथा दुबैतर्फ एकै समान भाषाभाषी एवम् जातजाती र भेशभुषाका नागरिकहरुको बसोबास नै यस्को प्रमुख कारण हुन सक्दछ । त्यस्को अलावा नेपाल र भारतको नागरिक बिच बिवाह बन्धनको हजारौ वर्षको ईतिहास पनि रहेकोछ ।

दुबै देशतर्फ मानिसहरु कामको खोजीमा निर्धक्क आउने जाने पनि गर्दछन् । विवाह पँचमी राम र सिताको बिवाहको उत्सव हो । यो मङ्गसिर महिनाको शुक्ल पक्षको पाँचौ दिनमा मनाईन्छ । मिथिला क्षेत्र तथा अन्य नेपाल–भारतका मन्दिरहरुमा यस पर्बलाई बिशेस रुपमा मनाईन्छ । भारतको अयोध्याबाट भगवान रामको जन्ति जनकपुरमा ल्याईन्छ र सम्पुर्ण बिवाहको सामाजिक कर्महरु सम्पन्न गरिन्छ । अयोध्याका राजा दशरथका जेष्ठ सुपुत्र रामसँग मिथिला नरेश जनककि सुपुत्री सितासँग बिवाह भएको ईतिहास आज पनि हामी दुई मुलुकबिच अत्यन्त भक्तीभावका साथ सम्झने र त्यसदिनलाई एक धार्मिक उत्सबका रुपमा बैदिक सनातन परम्परा अनुसार मनाउने पनि गरिन्छ । हिन्दु धर्मालवम्बीहरु राम र सितालाई भगवानको रुपमा पुजा आजा गर्ने पनि गर्दछन् ।

लिच्छवी राजकुमारी भृकुटीको बिवाह्, तिब्बतका राजा सन्चरङ्गम्पोसँग भएको थियो, तत्कालिन समयमा नेपाल र तिब्बतको अत्यन्त सुमधुर सम्बन्ध रहेको र यस बिवाह पश्चात नेपाली कलासँस्कृतीको प्रचारप्रसार त्यहाँ अझैबढी भएको पाईन्छ । ईतिहासदेखि वर्तमानसम्म आईपुग्दा नेपाली छोराछोरीहरुको बिवाह भारत लगायत बिभिन्न मुलुकका बरबधुसँग भएकोछ । तर, यसलाई सँख्यात्मक रुपमा हेर्दा सबैभन्दा बढि बिवाह भारतीयहरुसँग भएको छ । हालको प्रदेश नम्बर २, प्रदेशन १, प्रदेशन ५, प्रदेश नम्बर ७ मा यस्को चलन बिगतमा धेरै र वर्तमानमा पनि पहिले जति नभए पनि भईनै रहेकोछ ।

सामाजिक रुपमा पनि हेर्दा सीमाको दुबैतर्फ एकै किसिमको जातजाती, धर्म, सँस्कृतीका पालक, एकै किसिमको बोली भाषा हुनु पनि यसको प्रमुख कारण मध्य एक हो । दार्चुला–धार्चुला, जुलाघाट–झुलाघाट, महेन्द्रनगर–बनबासा टनकपुर, नेपालगन्ज–रुपैडिहा, नानपारा, कृष्णनगर बढनी, भैरहवा–सुनौली, वीरगन्ज– रक्सौल मोतीहारी, जनकपुर दरभँगा सितामढी, राजबिराज –वीरपुर, बिराटनगर–जोगबनी पुर्निया, झापा–पानीटँकी, ईलाम –दार्जीलिङ्ग तथा दक्षिणका अन्य थुप्रै स्थानको दुबैतर्फ एउटै परिवेश र माहोलछ । फरक यतीमात्रै छ कि ई दुईतर्फ दुई देशका नागरिकता धारी आफन्तहरु बस्दछन् । दुबैतर्फको राजनितीमा पनि दुबैतर्फका नागरिकहरु रुची पनि राख्दछन् ।

Kanti Aarogya Hospital Nepalgunj

भारतबर्षका महान सम्राट अशोकले २५० बिसीमा नेपाल भ्रमण गरेको ईतिहास छ । उक्त समयमा काठमाण्डौमा किरात बंशका १४ औँ राजा स्थुँको राज्य गर्दथे । आफ्नो भ्रमणको समयमा सम्राट अशोकले बिभिन्न स्तुपाहरुको निर्माण पनि गराएका थिए । आफ्नो राजकीय भ्रमणलाई अझै बढी प्रगाढ र महत्वपूर्ण बनाउन उनले आफ्नि छोरी चारुमतीको बिवाह क्षेत्रीय राजकुमार देव पालसँग गराएका थिए ।

शाह बंशिय राजाहरुले पनि भारतबाट बिवाह गरेको अथवा छोरीको बिवाह उता गरेको ईतिहासहरु छन् । रण बहादुर शाहले बिहार राज्य भारतको तिरहुत क्षेत्रबाट एक ब्राम्हण कन्या कान्तावतीसँग बिवाह गरेका थिए । यीनै कान्तावतीबाट राजा गिर्वाणजुद्ध वीरबिक्रम शाहदेवको जन्मभएको थियो । तिरहुत राज्यको राजधानी सिम्रौनगढमा पर्दथ्यो, जुन हाम्रो देश नेपालको बारा जिल्लामा पर्दछ । दिल्ली सल्तनतका सुल्तान गयासुद्दिनबाट पराजित भएपछि तिरहुतका राजा हरिसिङदेव भक्तपुरमा शरण लिन पुगेका थिए । भक्तपुरका तत्कालिन राजा रुद्र मल्लकि छोरी नायकदेविको बिवाह बनारसका राजकुमार हरिशचन्द्रसँग भएको थियो । तर, पछि तिनै नायकदेविको दोश्रो बिवाह हरिसिङ्देवका पुत्र जगतसिङ भएको पनि ईतिहास छ ।

महाराजा राजेन्द्र वीरबिक्रम शाहदेवकी महारानी साम्राग्य राज्य लक्ष्मी देवि चिल्वा गोरखपुरकी थिईन् । राजा त्रिभुवनकी माता दिभेश्वरी लक्ष्मीदेवि शाह काङ्गरापँजाबकी राजपुताना राजकुमारी थिईन् । राजा त्रिभुवनकी प्रथम महारानी कान्ति राज्य लक्ष्मीदेवि शाह अवधचतरा भारतका राजा अर्जन सिङ्घ् साहेबकी छोरी थिईन । तिनकै दोश्री सुपुत्री ईस्वरीसँग पनि त्रिभुवनको बिवाह भएको थियो । राजा त्रिभुवनकी सुपुत्री भारती राज्य लक्ष्मीदेविको बिवाह मयुरभन्ज उडिसामा भएको थियो ।

तत्कालिन नेपालका राणाहरुले पनि भारतका बिभिन्न राजपुत घरानाहरुसँग बैवाहिक सम्बन्ध स्थापित गरेका थिए । जसमध्ये ठिकन्न, जसमोर, पुन्डिर, बाँका, गोगुँडा, समोड, निमराणा, महेन्द्रगढ, मेधा, फतेहनगर, जोरावर, खैरिगढ ईत्यादीका राज घरानाहरु पर्दछन् । मोहन शम्सेर जबराकी नातिनी, यशो राज्यलक्ष्मि(शारदा शम्सेरकी पुत्री) को बिवाह करण सिङ्घ, महाराज ओफ जम्मु कश्मिरसँग भएको थियो ।
भर्खर मात्रै अमेरिकामा पढ्न भनेर गएकी एक परिवारकी सदस्यले एक भारतीय नौजवानसँग प्रेम बिवाह गरिन्, केहि दिनको सामान्य बहसपछि सबै कुरो सामान्य रह्यो । हामी भारतको देहरादुनमा ८० को दशकमा पढ्दा हाम्रा एक अग्रज अनि एक भाईले त्यहिँकै भारतीय कन्यालाई बधु बनाएर नेपाल भित्र्याए, यो एक राजीखुशी सामान्य बिवाह रह्यो ।

नेपालका बिभिन्न भागमा बस्ने नेपाली र नजिकको भारतका बासिन्दाबिच पनि ईतिहासदेखि वर्तमान सम्म बिवाह भईरहेकै छ । कुमाउ र सुपका बिचमा यस्तै खालको बैवाहिक सँबन्ध रहिआएको छ । कतिपय स्थानहरुमा नेपालबाटै गएकाहरुको स्थाई बसोबास हुने गरेकोले तिनिहरुसँग पनि यस्तै प्रकारको बिवाह हुनेगर्दछ । लखिमपुर भारतको सिँगाहि कस्बामा डोटी राज्यबाट बाईसे चौबिसे राज्य कै पालामा बसाईसराई गरेका नेपालीहरु बस्दछ्न्, यस्तै बिहारको रामनगर भन्ने पनि स्थानमा पनि पाल्पा राज्यबाट गएका नेपालीहरुको बसोबास छ ।

ईतिहासदेखि वर्तमानसम्म यस्ता बैवाहिक सम्बन्धहरुले दुई देशबिचको मित्रताको एउटा दरिलो पाटोलाई दर्साउँछ । हुनत दुबै आआफ्नो स्थानमा सार्वभौमिकता सम्पन्न राष्ट्रहरु हुन्, तर, पनि यस्ता दुईतर्फी नातागोता गाँस्ने चलनले मित्रताको सुखद् अनुभुती पक्कै गराउँछ । आज पक्कै पनि यसै प्रकारको नातागोता लाउने गरी बनाईएको मित्रताले गर्दा पनि होला सानो ठुलो मतभेद हुँदा पनि हाम्रो द्विदेशिय सम्बन्धको जग हल्लिएको छैन । एकप्रकारको अन्य देशहरुभन्दा भिन्नको प्रगाढ सम्बन्ध नेपाल–भारतबिच बनेको छ । हामी दुई देशबिच को यी र यस्ता कतिपय सामाजिक धार्मिक अनि रितीरिवाजहरुको सामिपत्यालाई सानो हृदय बनाएर बुझ्न सकिन्न । यसलाई हेर्ने चस्मामा राजधानी पावर हुनुहुँदैन जस्तो लाग्छ ।