प्रदेशको ‘ललिपप’ विश्वविद्यालय


प्रदेशको ‘ललिपप’ विश्वविद्यालय

निर्वाचनअघि बर्दियाको राजापुरदेखि नलपरासीको गैंडाकोटासम्म पायक पर्ने गरी प्रदेश राजधानी दाङ बनाउँने यहाँका उम्मेदवारले आश्वासन बाँडेका थिए । उक्त आश्वासन र भ्रमात्मक झुटको खेतीमा उत्साहित भएर आम नागरिकले आ–आफनो क्षेत्रबाट ती दलका नेतालाई निर्वाचन जिताएका थिए ।

जो अहिले प्रदेश तथा संघीय सभा सदस्य भएर कोही मुख्यमन्त्री, कोही मन्त्री त कोही सांसदका रूपमा सरकारी मानो पचाइरहेका छन् । यद्यपी कतिपय ती भोटरका घरमा आगो समेत बाल्न सक्ने अवस्था देखिदैन् । त्यसतर्फ कसैको ध्यान गएको छैन ।

नत त्यो बेलाको आश्वासअनुरूपको काम नै प्रदेशमा हुन सकेको छ । निर्वाचन ताका बोलेका र गरेका वाचा पुरा नगर्ने नेता तथा प्रदेश सरकारले अहिले बाँके बर्दियामा फेरि ‘ललिपप’ बाँडेको छ । मुख्यमन्त्री शंकर पोखरेलले त्यो बेला यस प्रदेशका साँसदहरूसँग गरेको सहमतिकै कारण आज प्रदेश नामाकरण र राजधानीका बिषयमा अझै अन्यौलमा देखिन्छ ।

अहिलेका मुख्यमन्त्री शंकर पोखरेलले त्यहि बेला आफूलाई मुख्यमन्त्री दिए प्रदेशको राजधानी वुटवल स्वीकार्ने सहमति गरेको खुलिसकेको छ । उनको यहि सहमतिले आज प्रदेश राजधानी र नामाकरणमा समस्या भैरहेको बिज्ञहरू बताउँछन् । वुटवल राजधानी हुने निश्चित भएपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले नेकपा अध्यक्ष पुष्पकमल दाहल, प्रदेशका मुख्यमन्त्री पोखरेल लगायतका नेताको सामुन्ने बाँके बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियान थालनी गरेका थिए । उक्त अभियानले केही समय उग्र रूप लियो । समिति पनि बन्यो, मिडियाबाजी पनि भयो । तर, देशमा कोभिड १९ को संक्रमण बढेसँगै उक्त अहिले उक्त अभियान सितल बनेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके बर्दियालाई कर्णालीमा मिसाउने बषियमा कर्णालीका मुख्यमन्त्री र सबै राजनीतिक दल सहमति भएका छन् । संघीय सरकारले पनि यस बषियमा संविधान हेरफेर गर्न लचक्ता देखइसकेको छ । यहि अवस्थामा प्रदेश पााच सरकारले बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय स्थापनाको ‘ललिपप’ बाँडेको छ । पहिलो कुरा त, सरकारले देशमा भएका विश्वविद्यालयको हालत रर अवस्था बुझन जरूरी देखिन्छ ।

त्यसपछि नयाँ विश्वविद्यालय किन, केका लागि र कसतो यस बारे गुरूयोजना निर्माणको खाँचो छ । त्यो पनि काठमाडौं बसेर होइन जहाँ विश्वविद्यालय स्थापना गर्ने हो त्यहाँको अवस्था बुझेरम ात्र । यसमा पनि बाँकेको खजुरामा विश्वविदालय कसका लागिब ाँके बर्दियाका जनातका लागि मात्र । राज्यले गर्ने अबौंकोलगानीबाट भोलीका दिनमा आउने प्रतिफल के ? खजुरामा स्थापना हुने विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी कहाँबाट ? जबकी दाङमा भएको एउटा विश्वविद्यालयको हालत त्यसतो छ । भर्खरै सुर्खेतमा स्थापनाभएको विश्वविद्यालयको अवस्था दयनिय छ । अब प्रदेश सरकराले ‘ललिपप’का रूपमा प्रदान गर्ने खजुराको विश्वविद्यालयको हात भोली के हुने । यसतर्फ एक चोटी सोच्न आबश्यक देखिन्छ ।

स्थानीय तहको निर्वाचनपछि निर्माण भएका खजुराका थुप्रै योजना असफल भइसकेका छन् । चारले सडक अलपत्र छ । ग्रिनसिटी पत्तासाप भैसक्यो । सभाहल निर्माणमै चलखेल बढेको छ । अन्य योजना त्यस्तै छन् । यहाँका नेताहरूलाई आफनै प्रचारबाजी गर्न र कमाउँ धन्दामै फुर्सद छैन् । यस्तो कुसंग्राममा प्रदेश सरकारले बाँडेको ‘ललिपप’को अहिलेको मिठास स्वाद कायम गरिराख्न गाह्रो देखिएको छ ।

यसरी लेख्दा विश्वविद्यालय र विकास विरोधीको संज्ञा पनि कसैले दिनसक्छ । खैर, मलाई त्यसको कुनै प्रवाह छैन् । कि मैले भोली हुने र देखिने जटिलतालाई मात्रै अहिले औल्याईदिएको हो । एउटा विश्वविद्यालय स्थापना गर्न त्यसको भौतिक संरचनादेखि सबै पुर्वाधार विकास गर्न अबौं बजेट चाहिन्छ । यो हामीले सुर्खेतको विश्वविद्यालय स्थापनाको क्रममा पनि भोगेको र देखेको तथा लेखेकै हो । तर, प्रदेशस्तरको विश्वविद्यालय स्थापना गर्दा ७ करोड बजेट विनियोजन गर्नुले नै यो योजना कर्णाली प्रदेशमा बाँके बर्दियालाई जान नदिने षड्यन्त्रसहितको ललिपप भन्दा अरू केही हुनै सक्दैन् । अर्को कुरा प्रदेश तहको विश्वविद्यालयमा भोली गैडाकोटदेखि गुल्मी हूँदै रूकुम र राजापुरका विद्यार्थी अध्ययनका लागि आउने की नआउने ?

सरकारले करोडौ लगानी गरी खजुरामै देशकै ठूलो पशुपक्षी केन्द्र स्थापना ग¥यो । अहिले त्यो योजना कहाँ छ थाहा छैन । भएका भौतिक संरचना जीर्ण छन् । जमिन गौचरणका रूपमा परिणत भएको छ । राज्यको करोडौं लगानी खेर गयो । भोली ‘ललिपप’ विश्वविद्यलायको हालत पनि यहि नहोस भन्ने कामना मात्रै हो ।

खजुरा नेकपाको ‘गड’ भएरपनि होला प्रदेश तथा संघीय सरकार पनि नेकपाकै भएरै होला । ललिपप बाँड्दा आज भागपरेको केही टुक्रामै रमाएका हामी भोली यथार्थमा परिणत हुँदा पछुताउनु नपरोस् । बाँके,बर्दियालाई वुटवल राजधानी स्वीकार्न बाध्य बनाउँनकै लागि मुख्यमन्त्री सहितको नेकपाकै एक तप्काको निर्णयका आधारमा खजुरामा विश्वविद्यालयको ‘ललिपप’ छरिएको कुरामा दुईमत छैन् । अन्योल भविष्यसहित आएको उक्त योजना सफल हुने सम्भावना पनि देखिदैन् । यसैले प्रदेश सरकराले बाँडेको ललिपपको स्वाद अहिले मिठो भएपनि भोलीका दिन सत्प्रतिशत तितो नै हुने निश्चित छ । ‘जयहोस’