अर्बौका अवैध क्रसर उद्योग बन्द गर्दै बाँके सिडिओ


दामोदर भण्डारी दामोदर भण्डारी   शनिबार, असार १३, २०७७
अर्बौका अवैध क्रसर उद्योग बन्द गर्दै बाँके सिडिओ

file photo

 

नेपालगन्ज : अवैध रुपमा बाँके जिल्लामा संचालित क्रसर उद्योगहरु सदाका लागि बन्द हुने भएका छन् । बन्द मात्र होइन ती क्रसर उद्योगहरुले कार्वाही भोग्नु पर्ने छ र ठुलो रकम जरिवाना पनि तीर्नु पर्ने छ ।

यस्ता अवैध रुपमा संचालित क्रसर उद्योगमाथि एक्सन लिदैं छन् बाँकेका सिडिओ राम वहादुर कुरुम्वाङ्गले । बाँकेमा जिल्लामा भइरहेका कानुन विपरितका हरेक कार्यहरुमाथि कानुनको दायरामा ल्याउन क्रमवद्ध अगाडि बढीरहेका सिडिओ कुरुम्वाङ्ग यस पटक अवैध क्रसर उद्योगहरु वन्द गराउन एक्सनमा उत्रिएका छन् ।

‘हेर्दै जाँदा त ठुला ठुला मान्छेका अवैध क्रसर उद्योग रहेछन् । वैध रहेका क्रसरलाई राम्रो गर्छु अवैधलाई वन्द गराउँछु । जस्तोसुकै पावर आवस कानुन भन्दा बाहिर रहेकालाई कानुनको दायरामा ल्याउछु सबै ढुक्क भए हुन्छ ।’ सिडिओ कुरुम्वाङ्ग सेतोखरीसँग कुरा गर्दै भने ‘म काम गर्न आएको हुँ बाँकेमा केही राम्रो काम गरेर जाने छु । जुनसुकै सेक्टर होस् जहाँ जहाँ अवैध, कानुन भन्दा बाहिर छ त्यसलाई कानुनको दायरामा ल्याउँछु ।’

Kids Festival 2022
kanti aarogya hospital
add

क्रसर उद्योगको अनुगमनका लागि बाँकेका सहायक सिडिओ दिर्घराज उपाध्यायको टोली खटिएको थियो । सो टोलीले सिडिओ कुरुम्वाङ्ग समक्ष रिपोर्ट बुझाइ सकेको छ । जसमा बाँके जिल्लामा संचालित २७ वटा क्रसर उद्योग मध्ये २४ वटा अवैध ठहरिएका छन् ।

‘अवैध क्रसर उद्योग हामीले बन्द गर्छौं र तिनीहरुमाथि कार्वाही हुन्छ र जरिवाना पनि तीनु पर्छ ।’ सिडिओ कुरुम्वाङ्गले भने । अवैध ठहरिएका ती २४ वट क्रसर उद्योग बाँके राष्ट्रिय निकुञ्ज भित्र, राप्ती नदी किनार, जंगल भित्र, वस्ती, विद्यालय छेउमा रहेका छन् । जुन सरकारले तोकेको मापदण्ड विपरित छन् ।

दिपक खड्काको दिपक क्रसर उद्योग बाँके निकुञ्ज भित्र ढकेरीमा रहेको छ । उनी काँग्रेस निकट हुन् । त्यस्तै मनोज केसीको क्रसर उद्योग बाँकेको मटैया स्थित राप्ती नदी किनार र जंगल छेउमा रहेको छ । उनी राप्ती सोनारी गाउँपालिका नेकपा सचिव हुन् । कम्दि नजिकै डुडुवा गाउँपालिकामा संचालित जय नेपाल क्रसर विद्यालयकको छेउमा छ । फेत्तेपुरमा राप्ती नदी र जंगल छेउमा नविन श्रेष्ठले संचालन गरेको क्रसर झन कहिँपनि दर्ता नै छैन ।यस्तै काँग्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रेस र नेकपाको पावरमा रहेकाहरुले नै अवैध रुपमा क्रसर उद्योग संचालन गरिरहेका छन् । 

अहिसम्म अवैध रुपमा संचालित क्रसर उद्योगहरुले विगतका सिडिओ, प्रहरी प्रमुखहरुलाई ठुलो रकम बुझाउँदै अवैध क्रसर उद्योग चलाउनुका साथै राप्ती नदीममा एस्काभेटर, जेसिभी हालेर नदी दोहन गर्दै आइरहेका थिए ।
तर अब सिडिओ कुरुम्वाङ्गले त्यस्तो पैसा कमाउने परिपाटीलाई तोड्दै अवैध क्रसर उद्योगलाई कार्वाहीको दायरामा ल्याउने भएका छन् । ‘अवैध पैसा कमाउने र पैसा बुझाउने दिन गए । इलिगल गतिविधी गर्ने सबै अब कानुनको फन्दामा पर्छन् ।’ सिडिओ कुरुम्वाङ्गलले भने । अवैध क्रसर उद्योग बन्द भएपछि अर्बौ लगानी डुब्ने छ ।

सिडिओ कुरुम्वाङ्गलाई ती क्रसर उद्योग बन्द गराउन त्यति सजिलो भने हुने छैन् । नेकपाको सरकार भएकाले नेकपाको केन्द्रीय पहुँच तहसम्म पहुँच रहेकाहरुको र काँग्रेसको पनि केन्द्रिय तहसम्म पहुँच भएकाहरुको क्रसर उद्योग छन् । पहुँच भएकाहरुको नै अवैध क्रसर उद्योग अवैध छन् । तर सिडिओ कुरुम्वाङ्गले जस्तोसुकै दवाव आएपनि अवैध क्रसर उद्योग बन्द गराएरै छाड्ने बताए ।