२४ क्रसर उद्योग बन्द गर्ने जिससको निर्णय

सेतोखरी समाचार प्रभाव


२४ क्रसर उद्योग बन्द गर्ने जिससको निर्णय

File Photo

नेपालगन्ज : बाँके जिल्लामा अबैधरुपमा सञ्चालित २४ वटा क्रसर उद्योग बन्द गरिएकोछ । जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग आज (आईतबार)बाट लागु हुने गरी बन्द गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिका रामबहादुर कुरुम्वाङका अनुसार ती क्रसर उद्योग बन्द गर्ने निर्णय भएको हो । क्रसर उद्योग यसअघि नै बन्द गराउनुपर्ने आवाज उठ्दै आएको थियो ।

सेतोखरीले शनिबार(हिजो) मात्रै ‘अर्बौका अवैध क्रसर उद्योग बन्द गर्दै बाँके सिडिओ’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । सेतोखरीले समाचार सम्प्रेषण गरेको एक दिन नवित्न पाउँदै बाँके प्रशासनले अबैद्यरुपमा सञ्चालित ती क्रसर उद्योग सदाका लागि बन्द गरेकोछ ।
बाँकेमा सञ्चालित अबैध तथा मापदण्ड विपरित क्रसर र बालुवा प्रसोधन उद्योगहरुका विषयमा सेतोखरीले यसअघि समाचार सम्प्रेषण गर्दै आएको थियो ।

यसअघि क्रसर उद्योगको अनुगमनका लागि बाँकेका सहायक सिडिओ दीर्घराज उपाध्यायको टोली खटिएको थियो । सो टोलीले सिडिओ कुरुम्वाङ्ग समक्ष रिपोर्ट बुझाउँदा बाँके जिल्लामा सञ्चालित २७ वटा क्रसर उद्योग मध्ये २४ वटा अवैध ठहरिएका थिए । सोही रिपोर्टका आधारमा बन्द गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लामा अबैद्यरुपमा सञ्चालित क्रसर उद्योगमाथि कडा एक्सन लिदैं बाँकेका सिडिओ कुरुम्वाङ्गले जिल्लामा भइरहेका कानून विपरितका हरेक कार्यहरुमाथि कानूनको दायरामा ल्याउन क्रमबद्ध अगाडि बढीरहेका छन् ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुर्नसंरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम् दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व वा लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ । तर, यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र पर्नु परको कुरा दर्तासमेत भएका छैनन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँके जिल्लामा मात्रै १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् । जिल्लामा हालसम्म अबैद्य रुपमा सञ्चालित क्रसर उद्योगहरुले विगतका सिडिओ, प्रहरी प्रमुखहरुलाई ठूलो रकम बुझाउँदै अबैद्य क्रसर उद्योग चलाउनुका साथै राप्ती नदीममा एस्काभेटर, जेसिभी हालेर नदी दोहन गर्दै आइरहेका थिए । तर, अब सिडिओ कुरुम्वाङ्गले त्यस्तो पैसा कमाउने परिपाटीलाई तोड्दै अबैद्य क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याएका हुन् ।

यो पनि पढ्नुहोस्

अर्बौका अवैध क्रसर उद्योग बन्द गर्दै बाँके सिडिओ