आज राष्ट्रिय धान दिवस : बाँकेमा ३५ प्रतिशत रोपाई


आज राष्ट्रिय धान दिवस :  बाँकेमा ३५ प्रतिशत रोपाई

File Photo

नेपालगन्ज : आज राष्ट्रिय धान दिवस । बाँके सहित देशभर विविध कार्यक्रम गरि मनाइदैछ । किसानका लागि विशेष दिनका रुपमा लिइएको असार १५ मानो रोपी मुरी फलाउनेको संज्ञा दिइन्छ । कोरोना महामारीकाबीच सामाजिक दूरी कायम गर्दै धान दिवस मनाइदैछ ।

त्यसो त जिल्लाका केही स्थानमा असरा १५ अगावै कतिपयको रोपाई सक्कि सकेको छ । यद्यपी अधिकांसको भने आजबाटनै रोपाई हुनेगर्दछ । आकाशे पानीको भरमा खेतीकिसानी गर्ने किसानका लागि भने सिचाइको व्यवस्था भएकाले समयमै रोपाई सकाएकाछन् ।

बाँकेमा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाईका कारण आम किसानले वषौंदेखि सास्ती भोग्दै आएका छन् । आयोजनाले समयमै पूर्णता नपाउँदा किसानले दुःख पाएका हुन् ।

सिचाईको अभावमा हरेक वर्ष वर्षायाममा यहाँका किसानहरु आकाशे पानी हेर्न बाध्य छन् । सिक्टाले २०७३ र गत वर्ष असारमा पानी छोड्ने प्रयास गरेपनि अहिलेसम्म बाँके बर्दियामा पानी छोड्न सकेको छैन् । यसले सबैभन्दा बढी किसानहरू मर्कामा परेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सिक्टा सिँचाईले पूर्णता पाएमा बाँकेको खेतीपातीको रूपरेखा नै बदलिनेमा दुईमत छैन । बाँकेको ४३ हजार हेक्टरमा यसले सिँचाई सुविधा पु¥याउने देखिन्छ । तर, कहिले योजना पुरा नहुँदा किसानले सास्ती पाउनुको विकल्प छैन् ।

समयमा रोपाँई नहुँदा बर्सेनी यहाँको उत्पादन घट्दै गएको छ । बाँकेका किसानले यसबर्ष असार महिना लागेसँगै रोपाई गर्न शुरू गरेका छन् ।
असार १४ धान दिवसको अघिल्लो दिन साँझसम्म बाँकेमा ३५ प्रतिशत क्षेत्रमा रोपाई भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल बताउँछन् । उनकाअनुसार बर्दियामा ५५ प्रतिशत धान रोपाई भएको छ ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान रोपाँई हुने गरेको छ । आकाशे पानीको भरमा रहने किसानले पानी नपर्दा रोप्न पाएका छैनन् । पानीको अभावले ६५ प्रतिशत खेतीयोग्य जमिनमा अझै रोपाई हुन सकेको छैन् ।

फत्तेपुर, बिनौना, महादेबपुरी, गंगापुर, राधापुर, चिसापानी, नौवस्तामा सिँचाई सुविधा भएका कारण धान खेती भएको छ । सिँचाई सुविधाको अभावमा बाँकेका किसानहरूले आकाशे बर्षाको भरमा खेती गर्दै आएका छन् ।