गोर्खालीहरुको राज्य फिर्ती


गोर्खालीहरुको राज्य फिर्ती

मि अठकिन्सन (गजेटियर पृष्ठ ६७९)

उनले आफ्नो पुस्तकमा यहाँसम्म लेखेका छन् की एशिया महादेशमा गोर्खाली जस्ता वीर अरु कसैलाई पाएनन् । अङ्ग्रेजहरु राज्य सञ्चालन सम्बन्धी शासन पद्धती, कुटनिती र छल गर्नमा निपुण थिए ।

कुमाउ र गढवालमा २५ वर्षको गोर्खाली शासनको दौरानमा गोर्खाली शाशकहरुबाट राज्य सञ्चालन कार्य कौशलमा केही कमी पनि भएको हुनसक्छ । तर, पनि धेरै कुरो सह्रानीय पनि छन् । त्यस्तै एउटा राम्रो तथ्यमा, त्यस बेलाको त्यस क्षेत्रको गोर्खाली फौजमा कुमाउनी र गढवाली सैनिकहरु पनि रहेको देखिन्छ ।

कुमाउ र गढवालमा अङ्ग्रेज र गोर्खाली बिचको भिडन्तको अन्तिम वर्षहरुमा शत्रुपक्षको वीरता भन्दा कुटनितीले बढि काम गरेको देखिन्छ । कुमाउ र गढवालका तत्कालिन शासकहरु जो गोर्खालीहरुको बिरोधी थिए, गोराहरुको छलकपटमा परि उनलाई आफ्नो शैनिक सहायता दिन थाले । त्यस क्षेत्रका प्रख्यात कुटनितिज्ञ हर्शदेव जोशी पनि दिलो ज्यानले बिदेशीहरुको साथमा लागे । गोरखा शैनिक सख्या घट्न थाल्यो । बिभिन्न स्थानमा भिडन्तको दोसाँधमा पुगेको गोर्खाली सेना कटारमलसम्म आईपुग्दा १००० को हाराहारीमा मात्रै थियो । तर, पनि ईतिहासकारहरुका अनुसार ई.स. १८१५ नभेम्बरमा ब्रम्हदेव मण्डीनिर भएको युद्धमा दुश्मनको तर्फ ठुलो नोक्सान भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कप्तान हेरसी आफ्नो सेनाका साथ पछाडी फर्केका थिए । अलिपछि सेनापती हस्तिदल शाहको बहादुर फौजले दिगाली चौडमा नराम्ररी हराई घायल हेरसीलाई बन्दी पनि बनाए ।

सेनापती हस्तिदल शाहको बहादुरीको चर्चा भारतीय ईतिहाकारहरुले पनि गरेको पाईन्छ । पछि ईनै हस्तिदल शाहलाई मार्न अङ्ग्रेजले अल्मोडामा चार तर्फबाट घेरा हाली अनेकौ षडयन्त्र गर्नु परेको थियो । यसरी यी वीर शहिद हस्तिदल लगायतको सहादत युद्धमा भयो, अनि बिस्तारै गोर्खाली सेना पछि हटदै महाकाली वारीसम्म मात्रै समेटिनु प¥यो । सेनापती हस्तिदल शाहको अन्तेष्ठी बैतडीको देवलहाटमा भएको थियो भनेर पढ्न पाईन्छ । यिनी लगायत सम्पुर्ण शहिदहरुमा सतसत नमन । ।