नेपालगन्ज : कोरोना कहरका कारण बाँकेमा होटल व्यवसायी धरासायी बनेको छ । कोरोनाको शुरूवातदेखि अहिलेसम्मको अवधीमा बाँकेमा अबौं रूपैयाँ धरासायी भएको हो । तीस अर्ब जति लगानी रहेका यहाँको होटल व्यवसायमा अहिले उक्त लगानी धरापमा छ ।
यहाँको होटल व्यवसाय धरापमा परेको भन्दै आईतबार व्यवसायीले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले सरकारसँग राहत प्याकेज ल्याउन माग समेत गरेका छन् ।
२०७६ सालको चैत्र ११ गते देखि नेपाल भर भएको लकडाउनका कारण यहाँको होटल, रेष्टुरेण्ट तथा पर्यटन व्यवसाय पूर्ण रूपमा बन्द भएको छ । यसले बाँकेको पर्यटन व्यवसाय र पर्यटकिय क्षेत्रमा ३ देखि ४ अर्व बार्षिक रूपमा राजस्व गिरावट आएको छ ।
बाँकेमा चार हजार होटल तथा रेष्टुरेण्ट व्यसाय बन्द भएका छन् । जसले २० देखी २५ हजार कर्मचारी बेरोजगार भएको होटल व्यवसायी महासंघ नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल बताउँछन् ।
बैंक तथा वित्तिय संस्थाहरु बाट २० अर्ब र व्यक्तिगत क्षेत्रबाट १० अर्ब भन्दा बढि लगानी रहेको बाँकेको होटल तथा रेष्टरेन्ट व्यवसायको सम्पूर्ण लगानी धरासायी हुने खतरा बढेको उनले बताए ।
दिनरात मेहनत गरेर व्यवसाय सञ्चालन गर्दै त्यसैबाट कमाएको पैसाले घरबहाल, मजदुर ज्याला तथा राज्यलाई तिर्नूपर्ने सम्पूर्ण कर तथा महसुलहरु तिर्ने गरेका व्यवसाय पुर्ण बन्द हुँदा धेरै व्यवसाय यस क्षेत्रबाट पलायन हुन थालिसकेका होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष एकनारायण चापागाई बताउँछन् ।
होटल व्यवसायीलाई घरभाडाको छुट दिनुपर्ने, बिजुली पानीको महसुल कम्तिमा १ बर्षका लागी छुट र टेलिफोन इन्टरनेट लगायत करमा पनि बिषेश सहुलियतका व्यवस्था मिलाउनुपर्ने, व्यवसायीलाई राहत स्वरुप १ बर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिने व्यवस्था मिलाउनुपर्ने, चालु व्यवसायीलाई नै धितोको रुपमा मूल्याकन गरी न्यून व्यादरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने लगायतका ११ बुँदे माग समेत राखिएको उक्त बिज्ञप्तीमा उल्लेख छ ।