बाँकेका तीन पालिकामा कोरोना संक्रमित शून्य


बाँकेका तीन पालिकामा कोरोना संक्रमित शून्य

File Photo

नेपालगन्ज : कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला बाँकेका तीन पालिकाका क्वारेन्टिन र आइसोलेसनमा रहेका सबै कोरोना संक्रमित निको भएकाछन् । योसगैं जिल्लाका तीन पालिकामा संक्रमित सबै कोरोना मुक्त भएकाछन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिका कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताँउछन् ।

श्रेष्ठका अनुसार आज बुधबार बिहानसम्म बाँकेका नेपालगन्ज, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोना संक्रमित केस शून्य रहेका छन् । अब जिल्लामा १८ जना मात्र कोरोना संक्रमितले स्वास्थ्य उपचार लिइरहेकाछन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन श्रेष्ठले दिएको जानकारी अनुसार बुधबार (आज) सम्म कोहलपुर नगरपालिकाकामा १०, खजुरा गाउँपालिकामा ४, राप्तीसोनारीमा २, जानकी र बैजनाथ गाउँपालिकामा १–१ जना संक्रमित उपचारारत रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट– ७ र कोहलपुरको पिपरीबाट– २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घरफर्केका छन् ।

उनका अनुसार बाँकेमा कोरोना भाइरस संक्रमित उपचाररत ४ वटा आईशोलेशन मात्र सञ्चालनमा रहेकाछन् । अन्य ८ वटा आईशोलेशन सेन्टर कोरोना संक्रमित नभएसगैं खाली रहेका छन् । बाँकेमा अझै पनि २ सय १५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको फोकल पर्शन श्रेष्ठ बताउँछन् ।

बाँकेमा हालसम्म ३ सय ६८ संक्रमित रहेकोमा ३ सय ४८ संक्रमण मुक्त भएर घर फर्केका छन् भने दुईजनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।