प्रविधि र फेसनको सम्मिश्रण भिभो भी- १९


प्रविधि र फेसनको सम्मिश्रण भिभो भी- १९

नेपालगन्ज : भिभोले बुधबार नेपाली बजारमा आफ्नो नयाँ उत्पादन भी –१९ सार्वजनिक गरेको छ । जसमा ३२ प्लस आठ मेगापिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रीन डिजाइन रहेको छ ।

एक्ट्राअडिनरी सेल्फीक्यामेरा, कटिङ एज प्रविधियुक्त आएको भिभो भी –१९ ले प्रयोगकर्तालाई मोबाइल प्रयोगको नवीनतम् अनुभव प्रदान गर्नेछ । ‘भिभो सधैं प्रयोगकर्ताको नया आकांक्षा अनुसार नयाँ–नयाँ आविष्कारलाई बजारमा ल्याउँदै आएको छ । भी–१९ पनि त्यसैको एउटा उपज हो । यसले नेपाली ग्राहकको चाहनालाई पुरा गर्नेछ । सेल्फीमा उद्योगकै नेतृत्वदायी प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट कार्य क्षमता भएका कारण यो फोन क्यामेरा र रमाइलो फिचर खोज्ने युवा पुस्ताका लागि एउटा उत्कृष्ट विकल्प हो । भी–१९ ले युवा पुस्तामा एउटा नयाँ ट्रेन्ड सेट गर्न सफलहुनेछ’, भिभो मोबाइल नेपालले भनेको छ, ‘यसमा प्रयोग भएको क्यामेरा सेटिङले रातको समयमा लिइने फोटोग्राफीमा नयाँ आयाम दिनेछ ।’

भिभो भी–१९ को अग्र भागमा प्रयोग भएको ३२ मेगा पिक्सेलको मूख्य क्यामेरा र आठ मेगापिक्सेलको सुपर वाइड क्यामेराले प्रयोगकर्तालाई जस्तोसुकै समय र स्थानमा उत्कृष्ट सेल्फी लिन मद्दत गर्नेछ । अग्रभागमा प्रयोग भएको वाइड एंगल क्यामेराले १०५ डिग्रीसम्म सपोर्ट गर्छ । यसमा प्रयोग भएको एआई प्रविधिले स्वचालित रुपमा वाइड एंगलको फोर ग्राउण्ड तथा ब्याक ग्राउण्डलाई मिलाएर उत्कृष्ट फोटो निकाल्छ । यसका साथै फोनको अगाडि पट्टी राखिएको क्यामेरामार्फत अल्ट्रा स्टेवल सेल्फी भिडियो समेत लिन सकिन्छ ।

भिभो भी–१९ को पछाडिपट्टी चार वटा क्यामेरा (क्वाड क्यामेरा) रहेको छ । जसमा ४८ मेगा पिक्सेलको मूख्य क्यामेरा, आठ मेगापिक्सेलको सुपर वाइड–एंगलक्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै बुके क्यामेरा रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

फ्रन्ट क्यामेरामा जस्तै यसमापनि अल्ट्रा स्टेवल भिडियो सिस्टम छ । एआई ईमेज र भिडियो फिचर रहेको फोनमाएआई भिडियो फिल्टर, एआई भिडियो एडिटर र व्यावसायिकता सहजफोटो एडिटिङका लागिएआई ईमेज म्याटिङ प्रविधि रहेको छ ।

फोनको अगाडि र पछाडि दुवै तर्फको क्यामेरामा नाइट फोटोग्राफीका लागि स्पेसल मोड उपलब्ध छ । अगाडिको क्यामेरामा लेयरमा आधारित ब्युटिफिकेशन, स्पेसल मार्जिन डी–न्वाइज र मल्टिपल एक्स्पोजर सहतिको सुपर नाइट सेल्फीमोड रहेको छ । जसले प्रयोगकर्तालाई आफैल चाहे अनुसार ब्याकग्राउण्ड परिवर्तन नगरी स्पष्ट र सुन्दर सेल्फीलिन सकिनेछ । त्यस्तै पछाडिपट्टी मल्टिफ्रेम स्क्रिनिङ, टेम्पोरल अलाइनमेन्ट र स्पेसल मार्जिन डी–न्वाइजयुक्त सुपर नाइट प्रोट्रेट मोडमार्फत रातको समयमा प्रयोगकर्ताले उच्च गुणस्तरीय फोटो खिच्न सक्नेछन् ।

भी- १९ फोनमा ६.४४ इञ्चको सुपर एमोलेड एफएचडी प्लस अल्ट्रा ओ स्क्रीन राखिएको छ । यो स्क्रीन सुपेरियर ई थ्रीओएलईडी स्क्रीनबाट बनाइएको हो । यसले डीसीआई–पीथ्रीकलर ग्यामुटलाई सपोर्ट गर्दछ । जसकारण यसको रंग एकदमै भाइब्रेन्ट छ । यसको डिस्प्लेमाभएको ब्राइटनेस अटो एडजस्टले ई थ्रीओएलईडीको तुलनामा ब्ल्यू लाइटलाई ४२ प्रतिशतभन्दा धेरै फिल्टर गर्नुका साथै परिवेशको प्रकाशको स्तर मिलाउने काम गर्दछ ।

भी- १९ फोनमा सहजता र स्टाइल दुवैको समायोजन ग्राहकले पाउन सक्छन् । यो फोन थ्रीडी कभ्र्ड डिजाइनमा रहेको छ । यो प्रयोगकर्ताको हत्केलामा सहजै अटाउन सक्छ । यसको स्क्रीनमा राखिएको कर्निङ गोरिल्ला ग्लास सिक्सले फोनलाई अत्याधुनिक र राम्रो लुक्स दिएको छ ।
स्मार्टफोन उद्योगकै नेतृत्वदायी सेल्फी क्यामेरा क्षमता, स्लिक डिजाइन सहितको भी–१९ मा एकदमै उत्कृष्ट पर्फमेन्स तथा ब्याट्री पाउन सकिन्छ । यसमा ४५ सय एमएएच क्षमताको ब्याट्री छ । जुन लामो समयसम्म टिक्नसक्छ । यसमा भएको ३३ वाटको फ्ल्यास चार्ज २.० प्रविधिले आधा घण्टाभित्रै मोबाइललाई शून्यबाट ३० प्रतिशतसम्म चार्ज गरिदिन सक्छ । जुन व्यस्त उपभोक्ताहरुका लागि यो एकदमै प्रभावकारी छ ।

यो फोनमा क्वालकम स्नापड्रागन अक्टा कोर ७१२ प्रोसेसर रहेको छ । यसमा फास्ट इन्टरफेस र टप कम्प्युटिङ पर्फमेन्स पाउन सकिन्छ । फोनमा रहेको एआईमा आधारित उच्च क्षमताको क्यामेराको ऊर्जा खपतलाई धान्न यसमा कपर ट्युव लिक्विड कूलिङ पनि छ । जसले सीपीयूलाई दीर्घ जीवन दिनुका साथै विश्वसनीय पर्फमेन्स र स्मूथ मल्टि टास्किङको प्रत्याभूति दिलाउँछ । भी–१९ मा आठ जीबी ¥याम प्लस १२८ जीबीर २५६ जीबी रोम रहेको छ । जसले प्रयोगकर्तालाई काम गर्दा, आराम गर्दा वा खेल्दा नै किन नहोस्, सबै समयमा स्टोरका लागि सहज बनाउँछ ।

भी- १९ फोनमा एड्भान्स गेमिङ अनुभव पनि पाउन सकिन्छ । यसमा मल्टी टर्बो ३.० राखिएको छ । जसले टच कन्ट्रोल र एफपीएस स्टेबिलिटीलाई अप्टिमाइज गर्ने काम गर्दछ । साथै यसमा भएको अल्ट्रा गेम मोडमा फास्ट स्क्रीन क्याप्चर, स्क्रीन रेकर्डिङ र गेम भाइब्रेसन जस्ता फंसनहरु छन् ।

ग्लिम ब्ल्याक र स्लिक सिल्भर रंगहरुमा उपलब्ध भी–१९ को मूल्य नेपाली बजारमा ४९,९९९ रुपैयाँमा रहेको छ । जुलाई १ देखि यो फोन नेपाल भर उपलब्ध हुनेछ ।

भिभो विश्वको नेतृत्वदायी प्रविधि कम्पनी हो । उत्साहजनक र ट्रेण्ड सेटिङ स्मार्टफोन तथा सेवाहरु तयार गरेर भिभो आफ्ना ग्राहकहरुलाई डिजिटल विश्वमा जोड्न प्रतिबद्ध छ । ‘जिम्मेवारी’, ‘अन्वेषण’ र ‘ग्राहकप्रतिको झुकाव’, यी तीन प्रमुख मान्यतामा आधारित रहेर भिभोले नेतृत्वदायी, दीर्घकालिन र विश्वस्तरको कम्पनीको रुपमा आफ्नो दीगो विकास रणनीतिलाई कार्यान्वयन गरिरहेको छ ।