अवधी भाषा ईण्डो आर्यन सँरचनाको एक बिशिष्ठ शाखा हो । नेपालको पश्चिम तराई तथा निकटवर्ती ईण्डियाको लखनउ लगायतका क्षेत्रसम्म यस भाषाको बोलीचलीमा प्रयोगगरिन्छ । यो एक प्राचिन भाषा हो भने यसको सम्बन्ध प्राचिन अयोध्या राज्यसँग पनि थियो भनेर भनिन्छ । यसै पनि अयोध्या र अवध शब्द एक अर्का सित मिलेको जस्तो भान पनि हुन्छ ।
नेपालको बाँके, बर्दिया, दाङ्ग्, कपिलवस्तुका साथै ईण्डियाको सुल्तानपुर, अमेठी, बाराबंकी, प्रतापगढ़, ईलाहाबाद, कौशांबी, फतेहपुर, रायबरेली, उन्नाव, लखनऊ, हरदोई, सीतापुर, लखीमपुरखीरी, बहराइच, श्रावस्ती, बलरामपुर, गोंडा, जौनपुर, मिर्जापुर, कानपुर, शाहजहांपुर, आजमगढ़, सिद्धार्थनगर, बस्ती, बांदा अनि सात समुद्रपारका देशहरुमा ‘रिशस, त्रिनिदाद एवं टुबैगो, फिजी, गयाना, सूरीनामसहित स्ट्रेलिया, न्यूजीलैंड (नीदरलैंड) मा पनि यस भाषाभाषीहरुको बाहुल्य रहेकोछ ।
अवधीलाई कहिलेकाँहि बैसवाडी भनेर पनि बोलाईन्छ तर बैसवाडी केहि सिमित क्षेत्रमा मात्र प्रयोग हुने उपशाखा हो भनेर पनि बिश्लेषण गरेको पाईन्छ । अवधी भाषामा खडी बोलीको रुपमा दुईवटा बिभक्ती पाईन्छ, बिकारी र अबिकारी । अविकारी विभक्तिमा संज्ञाको मूल रूप (राम, लरिका, बिटिया, मेहरारू) हुन्छ । भने विकारीमा बहुवचनको लागि ‘न’ प्रत्यय जोडिन्छ ( रामन, लरिकन, बिटियन, मेहरारुन) । नदी लाई नदिया , घोड़ा घोड़वा, नाऊनउआ, कुत्ता कुतवा ईत्यादि सँज्ञाको ह्रस्व र दीर्घ रुपहरु हुन भने, बिरालोलाई बेलइया, डिब्बालाई डेयिबा जस्ता शब्दहरुको प्रयोग पनि पाईन्छ । सम्भवत कतिपय शब्दहरु नेपाली, हिन्दी, ब्रज,पाली, भोजपुरी, कन्नौजी सँग मेल खाने पनि हुन्छन् । अवधी भाषालाई साहित्यिक दृष्टीकोणले हेर्दा यसले प्राचिनतम देखि वर्तमानसम्म एउटा बिशिष्ट र एक गहकिलो भाषाको परिचय पनि दिनसकेकोछ भनेर लाग्दछ ।
अवधी साहित्यको दुईवटा प्रमुख शाखाहरुको बर्णन भेटिन्छ, एउटा भक्तीकाब्य भने अर्को प्रेमकाब्य । भक्तीकाब्यका प्रमुख रचनाकार गोस्वामी तुलसीदास र उनको काब्य राम चरित मानस अवधी भाषामा हो भने प्रेमकाब्यको प्रमुख रचनाहरु मद्धेमलिक मुहम्मद जायसीरचित सर्वप्रसिद्ध ग्रंथ ‘पद्मावत’ हो । रामचरित मानस १६ औँ शताब्दीमा रचित एक ऐतिहासिक घटनाको काब्यात्मक बिश्लेषण हो भने, पद्मावत सुफी परम्परा अन्तर्गतको एक प्रशिद्ध महाकाब्य हो । दोहार चौपाईमा लिखित यी महाकाब्यहरुको भाषा अवधी हो । भक्तीकाब्यमा कतिपय बिद्वानहरुले सयौँ ग्रन्थ लेखेका छन् । यीनमा लालदासको ‘अवधबिलास’ द्वारिका प्रसाद मिश्रको ‘कृष्णायन’ प्रशिद्ध छन् । भने, प्रेम काब्यमा पनि मंझनको ‘मधुमालती’, उस्मानको ‘चित्रावली’, आलमको ‘माधवानलकामकंदला’, नूर मुहम्मदको ‘इंद्रावती’ और शेख निसारको ‘यूसुफजुलेखा’ ईत्यादी प्रमुख रचना रहेकाछन् ।
अवधी लोक गायनको पनि प्राचिन परम्परा रहेकोछ, बिरहा, नौटंकी नाच, अहिरवा नृत्य, कंहरवा नृत्य, चमरवा नृत्य, कजरी आदि नाट्य विधा अवधको नै उपज हो । बिवाह उत्सबमा गाईने गारी त पुरै क्षेत्रमा प्रसिद्ध छ । ‘अरे मुह जैसे टेढवाँ भाँटा दुलहा नाटाबा ’ जस्लाई स्वर दिवाकर द्विवेदीले दिएका छन् जस्ता गारीको माध्यमले दुलहा लगायत उनको परिवारको खिल्ली उडाईन्छ । यो बिवाहको समयमा गरिने हँसी मजाकको एक रुप र परम्परा पनि हो ।
शताब्दिऔँ पहिलेका रचनाकार अमीर खुसरोले पनि अवधी भाषामा प्रशस्त रचनाहरु लेखेर गएकाछन् ।
आघिर आई दईमारी घटाकारी । बन बोलन लागे मोर
दैयारी बन बोलन लागे मोर ।
रिम–झिम–रिम–झिम बरसनलागी छाईरी चहुँ ओर ।
आज बन बोलन लागे मोर ।
कोयल बोले डार–डार पर पपीहा मचाए शोर ।
आज बन बोलन मोर.........
ऐसे समय साजन पर देस गए बिरहन छोर ।
आज बन बोलन मोर.........
उनको एक उत्कृष्ट रचना हो ।
क्यारेबियन मुलुकहरुमा अवधी भाषाको प्रचार प्रसार र प्रयोगको पछाडी एउटा अर्कै कथा छ । १८ औँ शताब्द्धीको अन्ततिर अङ्ग्रेजहरुले ईण्डियाको बिहार, लगायत अहिलेको उत्तर प्रदेस लगायत सीमावर्ती नेपालका (सम्भावना) पनि नागरिकहरुलाई एउटा एग्रीमेण्टको माध्यमले, ब्रिटिस शासित क्यारेबियन मुलुकहरु गुयाना, सुरीनाम, ट्रीनिडा द एण्ड टौबेगो ईत्यादीमा प्रमुख रुपमा उखुको खेतमा काम गर्न लगेका थिए, जस्लाई आजभोली प्रवासीहरुको भाषामा गिरमिटिया मजदूर भनिन्छ । तिनै गिरमिटिया मजदूरहरुको माध्यमबाट त्यहाँ पुगेको भाषा मध्ये अवधी पनि एक प्रमुख भाषा हो, जुन आजभोली पनि चौथो पाँचौ पुस्ताले राम्रैसँग बोल्ने गर्दछन् ।
रमईका काका नामले प्रशिद्ध अवधी भाषाका रचनाकारले पनि अवधी साहित्यको बिकासमा प्रमुख मध्य एक भूमिका निर्वाह गरेकाछन् ।
हम गयन एक दिन लखनउवै ,
कक्कू संजोग अइस परिगा ।
पहिले हेपहिल हम सहरु दीख,
सोकहूँ – कहूँ ध्वाखा होइगा —
जब गएँनु माइ सद्याखै हम,
जंह कक्कू भारी रहै भीर ।
दुई तोला चारि रुपइयाकै,
हम बेसहासोने कैजंजीर ।।
लखि भईं घरै तिन गलगलबहु,
मुलचारि दिन नमारंग बदला ।
उन कहाकि पीतरिलै आयौ,
हम कहा बड़ा ध्वाखा होइगा ।।
भाषाको कुनै भरछेक हुँदैन, भाषा जुनै होस् त्यसको उचित कदर र बिकासमा टेवा पुर्याउन सक्नु नागरिक र देशको पनि कर्तब्य हो । भाषाले देशको सीमा रेखा पनि नाघ्न सक्दछ, यसलाई यसको बिश्ष्टता नै हो भन्नुपर्दछ । आज नेपाली भाषालाई पनि बिदेशमा मान्यता मिल्नु यस्तै एक सुखद प्रसँग हो ।
यसरी आफ्नै देश नेपाल भित्र र बिदेशमा पनि बोलिने एक मिठासयुक्त पारम्परिक भाषा अवधीको संक्षिप्त बिश्लेषण गर्न पाउँदा लेखक पनि आफुलाई गौरवान्तित महशुस गर्दछ ।