नेपालगन्ज : बाँकेको नेपालगन्जमा प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । जुमा स्पोर्टस् क्लवको आयोजनामा हुन लागेको अन्तरव्यवसायी फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।
खेलकुदको माध्यमबाट व्यक्ति शारीरिक रुपले स्वस्थ रहने र स्वस्थ नागरिकले जीवनका हरेक क्रियाकलापमा विकास गर्न सक्ने भएको हुनाले हरेक नागरिक खेलकुद प्रति लाग्न पर्ने जरुरी रहेको आयोजक समितिका संयोजक भीम बहादुर रानाभाटले जानकारी दिए । उद्योगी व्यवसायीहरुको खेलप्रतिको अभिरुचीलाई निरन्तरता दिदै यसलाई अझै संस्थागत रुपमा विकास, विस्तार र व्यवसायीकरण गर्दै जाने उद्देश्यका साथ जुमाले हरेक बर्ष यस्तै खेल आयोजना गरिने उनले बताए ।
खेलमा तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खदु्रा व्यवसायी संघ, अटो मोवाईल व्यवसायी, नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन, कस्मेटिक तथा चुरा व्यवसायी संघ, नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, मदिरा व्यवसायी संघ र होटल व्यवसायी संघको सहभागिता रहने भएको छ ।
रानाभाटका अनुसार प्रथम हुने टिमलाई नगद १ लाख १ हजार १ सय ११ र द्वितीय हुने टिमलाई नगद ५१ ह्जार १ सय ११ रुपैया प्रदान गरिने जनाएको छ । प्रतियोगिता यही फागुन ४ गतेदेखि ११ गतेसम्म हुनेछ ।