सप्तकोशीको बहाव वर्षकै उच्च, कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिए

सुनसरी र सप्तरीबासीलाई सुरक्षित स्थानमा जान आग्रह


सप्तकोशीको बहाव वर्षकै उच्च, कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिए

File Photo

नेपालगन्ज : सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेण्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ ।

अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको हो । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सीमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । जलस्तर बढेर बाँध भत्काउने र वस्तीमा पस्ने खतरा भएसँगै ढोका क्रमशः खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

पानीको बहाव र त्यसको चापले नहरमा क्षति पुग्न सक्ने देखिएपछि पूर्व र पश्चिम नहरका ढोका भने बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहरका ढोका बन्द गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । नदीमा जलस्तर बढेसगैं स्थानीय प्रशासनले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ ।