नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्ज राँझाबाट विप्लबका सैन्य कमाण्डर चित्र बहादुर बिकलाई पक्राउ गरेकोछ ।
प्रतिबन्धित विप्लव नेतृत्व नेकपाका भेरी कर्णाली न्याय प्रमुख एवं पूर्व सैन्य कमाण्डर विक सहित उनका सहयोग सुरेश राउतलाई पक्राउ गरिएको हो ।
नेपालगन्ज स्थित राँझा एरपोर्टबाट चन्दा असुली गर्दै आएको आरोपमा विप्लवका पूर्व सैन्य कमाण्डर विक र कार्यकर्ता राउतलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता एवम डिएसपी सुभाष खड्काले सेतोखरीलाई जानकारी दिए ।
उनले भने –‘पक्राउ पर्नेमा प्रतिबन्धित नेकपा पार्टीको भेरी कर्णाली न्याय प्रमुख एवम पूर्व सैन्य कमाण्डर चित्र बहादुर बिक र उनका सहयोगी सुरेश राउतलाई विशेष सुराकीको आधारमा नियन्त्रणमा लिइएको हो । ’ प्रवक्ता खड्काका अनुसार चन्दा असुली गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
‘भेरी कर्णाली न्याय प्रमुख एवम पूर्व सैन्य कमाण्डर समेत रहेका चित्र बहादुर बिक र उनका सहयोगी सुरेश राउतलाई राँझामा चन्दा असुली गर्दै गर्दा पक्राउ गरिएको हो ।’ प्रवक्ता डिएसपी खड्काले भने–‘चन्दा असुली गरिरहेको अवस्थामा राझाँबाट पक्राउ गरेका हौं । उनले को कोसंग कति चन्दा असुली गरे त्यो अनुसन्धानबाट खुल्छ ।’
यद्यपी उनले को सगं कति चन्दा असुली गरिरहेका थिए भन्ने बारेमा बताएनन् । उनले भने ‘पक्राउ गरिएका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइकोछ ।’