त्रिभुवन चोकबाट १३० जना मजदूरको स्वाब संकलन


त्रिभुवन चोकबाट १३० जना मजदूरको स्वाब संकलन

नेपालगन्ज: नेपालगन्जको त्रिभुवना चोकबाट १३० जना मजदूरको स्वाब संकलन गरिएको छ । मजदूरीका लागि आएका महिला तथा पुरुष श्रमिकहरुको स्वाब संकलन गरिएको छ ।

१२० दिने बन्दाबन्दी खोलिएको दोस्रो दिन बाँकेको नेपालगन्ज स्थित त्रिभुवन चोकबाट ज्याला मजदूरीका लागि आएका उनीहरुको स्वाब संकलन गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अति जोखिम क्षेत्रको रुपमा परिचित त्रिभुवन चोकमा जम्मा हुने श्रम क्षेत्रका मजदूरहरुकोस्वाब संकलन गरिएको जनाएकोछ ।

जिल्ला जनस्वास्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश बाबु श्रेष्ठका अनुसार विहीबार विहानैदेखि त्रिभुवन चोकको श्रम बजारमा आएका बाँके सहित छिमेकी जिल्लाबाट आएका श्रमिकको स्वाब संकलन गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

लकडाउनको सुरुवाती दिन देखि बन्द रहेको त्रिभुवन चोकको श्रम बजार सरकारले लकडाउनलाई खुकुलो गरे संगै पुनः सकृय भएको बेला उनीहरुमा कोरोना भाइरस रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गरिएको उनले बताए ।

ज्यालामजदूरी गरि जिविको पार्जन गर्ने मजदूरहरुको नेपालगन्ज स्थित त्रिभुवन चोकमा नियमित भेला हुने गरेकाछन् ।

त्रिभुवन चोकबाट संकलित स्वाबलाई सुरक्षित रुपमा नेपालगन्ज स्थित भेरी अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशाला लगिएकोछ । संकलित स्वाबको आजबाटै परीक्षण थालनि गरिने फोकल पर्शन श्रेष्ठले बताए । 

उक्त स्वाब संकलन कार्यको अनुगमनमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग लगायतको उपस्थिती रहेको थियो ।